logo

रौतहट उधोग बाणिज्य संघको शान्दार काम, घर घरमै नागरवासीले पाए समान

      3/29/2020 गते 00 00 मा प्रकाशित     1121   पटक पढिएको


गौर १७ चैत । रौतहट  उधोग वाणिज्य संघले गौर नगरवासीलाई खाद्य सामाग्री घर घरमै पुर्याउने ब्यवस्था मिलाएको छ । गौर भरिमा ११ वटा  खाद्य पसल मार्फत नगरवासीलाई घर घरमै खाद्य सामाग्री पुर्याउने ब्यवस्था मिलाएको रौतहट  उधोग बाणिज्य संघका अध्यक्ष पंण्डित जयसवालले बताउनु भयो । 


लकडाउन प्रभावकारी हुन नसके पछि रातहट प्रशासनले २ दिनकालागि सट डाउनको घोषणा गरेको थियो ।

लकडाउनको प्रभावकारिताकालागि संघले आफनो तर्फबाट होम डेलिभरीको ब्यवस्था गरेर ठुलो सहयोग गरेको छ । 
लकडाउनलाई प्रभावकारी बनाउन रौतहट प्रशासनले खाद्यान्न पसल समेत बन्द गराएपछि गौरमा होम डेलिभरी अर्थात् घरमै सामान पुर्‍याउने सेवा सुरु भएको हो ।

 

 कोभिड (१९) को जोखिम कम गर्न होम डेलिभरी सेवा सुरु गरेको उहाँले बताउनु भयो  । गौर नगरपालिका क्षेत्रभित्र खाद्यान्न पुर्‍याएबापत बिल अनुसार भुक्तानी गर्न समेत उहााले सर्वसाधरणलाइृ आग्रह गर्नु भएको छ ।

 खाद्यान्न आवश्यक पर्ने उपभोक्ताहरुका लागि पसलको नाम र मोबाइल नम्बर सार्वजनिक गरिएको छ ।


 स्थानीय प्रशासनले १६ चैत्रदेखि अर्को आदेश नभएसम्मको लागि ‘सट डाउन’ गरेको छ । जसका कारण अन्य दिन जसरी बिहान र बेलुका हुने मानिसको भिड बन्द भएको छ ।

खाद्यान्न पसलहरु सञ्चालन गर्न दिँदा बजारमा स्थानीयको भिड बढ्न थालेपछि प्रशासनले ‘सट डाउन’ गरेको हो ।

अत्यावश्यक औषधि खरिदका लागि भने रोक नलगाएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनु भयो ।

।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.