logo

रौतहट उधोग बाणिज्य संघको शान्दार काम, घर घरमै नागरवासीले पाए समान

      3/29/2020 गते 00 00 मा प्रकाशित     909   पटक पढिएको


गौर १७ चैत । रौतहट  उधोग वाणिज्य संघले गौर नगरवासीलाई खाद्य सामाग्री घर घरमै पुर्याउने ब्यवस्था मिलाएको छ । गौर भरिमा ११ वटा  खाद्य पसल मार्फत नगरवासीलाई घर घरमै खाद्य सामाग्री पुर्याउने ब्यवस्था मिलाएको रौतहट  उधोग बाणिज्य संघका अध्यक्ष पंण्डित जयसवालले बताउनु भयो । 


लकडाउन प्रभावकारी हुन नसके पछि रातहट प्रशासनले २ दिनकालागि सट डाउनको घोषणा गरेको थियो ।

लकडाउनको प्रभावकारिताकालागि संघले आफनो तर्फबाट होम डेलिभरीको ब्यवस्था गरेर ठुलो सहयोग गरेको छ । 
लकडाउनलाई प्रभावकारी बनाउन रौतहट प्रशासनले खाद्यान्न पसल समेत बन्द गराएपछि गौरमा होम डेलिभरी अर्थात् घरमै सामान पुर्‍याउने सेवा सुरु भएको हो ।

 

 कोभिड (१९) को जोखिम कम गर्न होम डेलिभरी सेवा सुरु गरेको उहाँले बताउनु भयो  । गौर नगरपालिका क्षेत्रभित्र खाद्यान्न पुर्‍याएबापत बिल अनुसार भुक्तानी गर्न समेत उहााले सर्वसाधरणलाइृ आग्रह गर्नु भएको छ ।

 खाद्यान्न आवश्यक पर्ने उपभोक्ताहरुका लागि पसलको नाम र मोबाइल नम्बर सार्वजनिक गरिएको छ ।


 स्थानीय प्रशासनले १६ चैत्रदेखि अर्को आदेश नभएसम्मको लागि ‘सट डाउन’ गरेको छ । जसका कारण अन्य दिन जसरी बिहान र बेलुका हुने मानिसको भिड बन्द भएको छ ।

खाद्यान्न पसलहरु सञ्चालन गर्न दिँदा बजारमा स्थानीयको भिड बढ्न थालेपछि प्रशासनले ‘सट डाउन’ गरेको हो ।

अत्यावश्यक औषधि खरिदका लागि भने रोक नलगाएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.