logo

रोजगारी बन्दका कारण समस्यामा परेका श्रमजीवीहरुलाई बसपार्कमा भोजनको ब्यवस्था

      3/29/2020 गते 00 00 मा प्रकाशित     1436   पटक पढिएको

बीरगंज १६ चैत । लकडाउनका कारण रोजगारी बन्द भएर दुई छाकको जोहो गर्न नसक्ने श्रमजीवी नागरिकलाई बीरगंजमा बिभिन्न संघ संस्थाले भोजन तथा खाजाको ब्यवस्था गरेका छन । 

 


बीरगंज युवा समाजले शुरु गरेको यो अभियानमा पछिल्लो पटक बीरगंज महानगरले नै जिम्मेवारी लिएको छ । बीरगंज महानगर प्रमुख बिजय सरावगी आफै नागरिकको घर दैलोमा पुगेर खाद्य सामाग्री हस्तानतरण गर्नु भएको थियो ।

 

महानगरकै सहजीकरणमा  वीरगंज बसपार्कमा अलपत्र परेका चालक, सहचालकसमेत केही यात्रुलाई तीन दिन देखी दुबै छाक भोजनको ब्यवस्था गरिएको छ ।   बसपार्क सञ्चालक कम्पनी एनके इन्टरनेशनलले दिवा तथा रात्रि भोजनको व्यवस्थापन शुरू गरेको छ।

 


    शुक्रवारदेखि बसपार्कमा अलपत्र परेका चालक, सहचालक र यात्रीहरू गरी प्रति छाक करिव १ सय बढी लाई दिवा र रात्रि भोजनको व्यवस्था गरिएको एनके इन्टरनेशनलका प्रबन्ध निर्देशक केशव नेपालले बताउनु भयो।


    लकडाउनपछि वीरगंज बसपार्कमा थन्किएका चालक, सहचालकहरूसँग मालिकको सम्पर्क विच्छेद भएको, बारम्बार सम्पर्क गर्दा मालिकहरूको मोबाइल स्वीच अफ रहेको र वीरगंज बसपार्कमा बस्नुपर्दा उनीहरूसँग खर्च नभएको र होटलहरू पनि बन्द भएको बेलामा महानगरले भोजन ब्यवस्थापनको जिम्मा दिएकोले आफूहरुले त्यो ब्यवस्था मिलाएको नेपालले बताउनु भयो ।


भोजनको ब्यवस्थापन गर्दा सुरक्षाको प्रवन्ध मिलाईको टर्मिनल संचालक संस्थाका निर्देशक केशव गुप्ताले जानकारी दिनु भयो । सामाजिक दुरी कायम गरिएको छ उहाँले भन्नु भयो ब्यक्ति ब्यक्ति वीचको सम्पर्क निरुत्साहित गरिएको छ ।
    
    यसैगरी, नारायणी अस्पतालमा वडाध्यक्ष जगत साह कानूले कुरुवाहरूलाई बिहान–बेलुकीको भोजन व्यवस्थापन गर्नु भएको छ ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.