logo

जगरनाथपुरमा ओली गर्जिने, पचास हजार नागरिक सहभागि गराउने एमाले तयारी, चौध लाखमा मंच निर्माण हुने

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २३ गते ०९: ०१ मा प्रकाशित     904   पटक पढिएको

नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीको पुष ८ मा पर्सामा आउने कार्यक्रमलाई ब्यवस्थित र भब्य बनाउन पर्सा एमाले तयारीमा जुटेको छ ।

 

पर्साको जगरनाथपुरमा आयोजना गरिने १० औ महाधिवेशनको सन्देश सभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष के।पी.ओलीको सहभागिता रहने एमाले पर्साका अध्यक्ष प्रभू हजराले जानकारी दिनु भयो ।

 

एमालले जगरनाथपुरको सभामा ५० हजार नागरिकको सहभागिता गराउने तयारी गरेको छ । त्यसकोलागि ठोरी, जगरनाथपुर, पटेर्वा सुगौली, कालीकामाई ,धोविनी र छिपहरमाई तथा पोखरिया नगरपालिकामा बिशेष तयारी गरिएको छ । 


जगरनाथपुर गाउँपालिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार जालीम मिया सहित दर्जन भन्दा बढी जनप्रतिनिधि र अन्य राजनीतिक नेता तथा कार्यकर्ता सोही कार्यक्रमबाट नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य समेत रहेका हजराले जानकारी दिनु भयो ।

 

पुष ८ गतेको आमसभाको तयारीकाबारेमा जानकारी गराउन हजराले बिहिवार बीरगंजमा सम्पादक प्रकाशक संग छलफल गर्नु भएको छ । छलफलका क्रममा उहाँले कार्यक्रमको सफलताको निम्ति संचार क्षेत्रलाई सहयोग गर्न आग्रह गनुृ भएको छ ।

 

सम्पादक प्रकाशकहरुले कार्यक्रममा बिषयमा बिभिन्न जिज्ञासाहरु राखेका थिए । जगरनाथपुरमा रहेको खेल मैदानमा कार्यक्रमको आयोजना गरिने र करिब १४ लाखको लागतमा मंचको निर्माण हुने उहाँले जानकारी दिनु भयो ।

 

सवारी साधनको पार्किङ सुरक्षा प्रवन्ध पिउने पानी र शौचालयको समेत प्रवन्ध गरिने उहाँले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.