logo

खाद्यन्न बोकेर बीरगंज महानगर प्रमुख नागरिकको घरदैलोमा

      3/28/2020 गते 00 00 मा प्रकाशित     2161   पटक पढिएको

बीरगंज  १५ चैत। 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगर भित्र गरिव  असाय नागरिकलाई उनीहरुकै घर दैलोमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नु भएको छ ।

 

महानगर प्रमुख सरावगीले पूर्व प्रतिवद्धता अनुरुप नै आज शनिवार सीमान्तकृत नागरिकको दैलोमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नुृ भएको हो । 

बीरगंज महानगरपालिकाको वडा नं ३ का १ सय १७ परिवारलाई र वडा नं १२ का ७३ परिवारलाई खाद्य सामाग्री बितरण गर्नु भएको बीरगंज महानगरपालिकाले जनाएको छ । खाद्य समाग्रीमा प्रति परिवार साढे २ किलो चामल,आलु दाल,नून ,तेल र चाउचाउको प्याकेट रहेको छ ।


महानगरप्रमुख सरावगीले हिजो शुक्रवार एक सन्देश जारी गरि महानगरवासीलाई घरमै बस्न अपिल गर्दै आवश्यकता भएका सीमान्तकृत नागरिकको घरमै खाद्य समाग्री पठाइने घोषणा गर्नु भएको थयो । 


“खाद्य आवश्यकता भएका सीमान्तकृत नागरिकले सम्बन्धीत वडाध्यक्षलाई आफनो नाम दर्ता गराउनु पर्ने छ । दर्ता अनुसार प्राप्त भएको बिवरणको आधारमा बीरगंज महानगरपालिकाले  सम्बन्धीत ब्यक्तिको घरदैलोमा खाद्य सामाग्री पु¥याउने  छ ” हिजो प्रमुख सरावगीले जारी गर्नु भएको सन्देशमा उल्लेख थियो । 


कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि महानगरले यस्तो कदम उठाएको हो । ब्यक्ति ब्यक्ति वीचको सम्पर्कका कारण  भाइरसको संक्रमण सर्ने भएकोले नागरिकलाई एक अर्काको सम्पर्कमा  जाने अवस्था अन्त्यकालागि महानगरले खाद्य आवश्यकता भएका श्रमजीवी नागरिकलाई घरमै खाद्यन्न पठाउन थालेको हो । 


प्रमुख सरवागीले संक्रमण फैलिन नदिनकालागि महानगरवासीलाई घरमै बस्न आग्रह गर्नु भएको छ । यो बिषम परिस्थितिको बेला हो उहाँले भन्नु भयो दुःख झेलेरै भएपनि कष्ट सहेर भएपनि महामारी बिरुद्धको लडाईमा सबैलाई सचेतता पूर्वक लाग्न समेत उहाँले अपिल गर्दछु ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.