logo

एउटा गाउँपालिकाले काम यसरी पनि गर्न सक्छ

कोरोना रोकथाममा गाउँपालिकाको सक्रियता, २९ जना क्वारेन्टाइनमा, नि:शुल्क एम्बुलेन्स

      3/27/2020 गते 00 00 मा प्रकाशित     1297   पटक पढिएको

 

१४ चैत, पोखरा । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शुक्रबार साँझ फेसबुकमा लेखे, ‘नमस्कार, सबै घर-घरमै बस्नु होला, नियमित खानुपर्ने औषधि सकिएमा मेरो फोन नम्बर ९८५६०८४००९ मा फोन गर्नुहोला । फोन बिजी भए एसएमएस गर्नुहोला । २४ सैं घण्टा खटिएरै हामी सेवा गर्नेछौं ।’

उनी अहिले गाउँमा कसको स्वास्थ्य अवस्था कस्तो छ, कहाँ के पूर्वाधार तयार पार्नुपर्‍यो र कहाँ के कुराको खाँचो छ भनेर लागिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास बढेसँगै कास्कीमा बेलैमा पूर्वाधार तयार पारेर लागिपरेका गाउँपालिका अध्यक्ष हुन्, ओझा ।

फागुन अन्तिम साता गाउँपालिकाले विशेष कार्यक्रम आयोजना गरेको थियो । फागुन दोस्रो हप्तामै स्थगित गरेर कोरोना कोभिड–१९ विरुद्ध लड्ने तयारी थालेको थियो, कास्कीको रुपा गाउँपालिकाले । जतिबेला नेपालमा कोरोनाविरुद्ध लड्ने पूर्व तयारीका कार्यक्रमले तीव्रता पाएकै थिएनन् ।

वडाका सबै जनप्रतिनिधिलाई परिचालन गर्दै कोराविरुद्धको लडाईं लड्न पूर्वाधार तयार पार्ने काममा गाउँपालिका जुट्न थाल्यो । सबै स्वास्थ्य चौकीका स्वास्थकर्मीलाई कोरोना संक्रमण र अपनाउनुपर्ने सावधानीबारे सचेत गराउँदै गाउँपालिकाले तयारी अवस्थामा राख्यो ।

विश्वमा कोरोना भाइरस फैलिँदै गएर छिमेकी मुलुक र नेपाल पनि उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेलगत्तै गाउँपालिकाले कोरोनाविरुद्ध लड्न पूर्वाधार तयार पार्ने काममा लाग्यो । चैतको पहिलो साता नै गाउँपालिका क्वारेन्टाइन बनाउने ठाउँको खोजीमा जुट्यो ।

गाउँकै होटल र विद्यालयमा क्वारेन्टाइन बनाउने गाउँपालिकाले निधो गर्‍यो र लकडाउन हुनुभन्दा दुई दिनअघि नै गाउँपालिकाले क्वारेन्टाइन तयार पार्‍यो । गाउँपालिकाले क्वारेन्टाइन तयार पार्दै विदेशबाट फर्किनेहरुको अभिलेख पनि तयार पार्न वडाहरुमा निर्देशन गरिसकेको थियो ।

विश्व शान्ति माविमा २४ बेडको क्वारेन्टाइन केन्द्र बनाइएको छ भने रुपाकोटको ध्रुव तारा पाहुनालाई पनि क्वारेन्टाइन स्थलका रुपमा विकसित गरेको छ । त्यस्तै, हंसपुरमा थप २० बेड तयार गर्दैछ । ६० जनासम्मलाई राख्न सक्नेगरी गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको छ ।

चैत ११ गते नेपाल लडकडाउन भएकै दिन गाउँपालिकाले विदेशबाट फर्किनेलाई क्वारेन्टाइनमा राख्न थाल्यो । १४ दिनअघि भारत, दुबै कतार, साउदीलगायतका देशबाट फर्किएकाको अभिलेख तयार पारी पहिलो दिन नै गाउँपालिकाले २१ जनालाई क्वारेन्टाइनमा राख्न थालेको थियो ।

विदेशबाट फर्किनेको अभिलेख तयार पारी क्वारेन्टाइन बनाएर राख्ने रुपा गाउँपालिका गण्डकी प्रदेशकै पहिलो स्थानीय तह हो । जतिबेला गण्डकी प्रदेश सरकारले क्वारेन्टाइन बनाउने कामको थालनी नै गरेको थिएन भने अन्य गाउँपालिकामा पनि विदेशबाट फर्किनेको अभिलेख नै तयार भएको थिएन । अहिले पनि कास्कीका अन्य स्थानीय तहले विदेशबाट फर्किनेको अभिलेख तयार पारेर क्वारेन्टाइनमा राख्न सकेका छैनन् ।

कास्कीका ३ स्थानीय तहले विदेशबाट फर्किएकाहरुको खोजी गरिरहेको छ भने पोखरा महानगरपालिकाले बिहीबारदेखि बल्ल क्वारेन्टाइनमा राख्न थालेको छ । प्रदेश सरकार तथा पोखरा महानगरले लकडाउन भएकै दिन भारतको काँकडभित्ता हुँदै पोखरासम्म आइपुगेका नेपालीलाई पनि क्वारेन्टाइनमा राखेर निगरानी नराखी होम क्वारेन्टाइनमा बस्नु भनेर पठाइयो ।

रुपा गाउँपालिकाले पनि विदेशबाट फर्किनेलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको छ । ‘नेपाल लकडाउन हुनेबित्तिकै हामीले क्वारेन्टाइन तयार पारेर विदेशबाट फर्किएकालाई राख्न थालेका थियौं,’ रुपा गाउँपालिका अध्यक्ष ओझाले भने, ‘प्रत्येक वडाका जनप्रतिनिधिलाई परिचालन गरी विदेशबाट फर्किएकालाई सम्पर्कमा ल्याएका हौं ।’

रुपा गाउँपालिकामा ३० जना विदेशबाट फर्किएकामध्ये २० जना अहिले गाउँपालिकाको क्वारेन्टाइनमा छन् भने १० जनालाई होम क्वारेन्टाइनमा राखेको छ । एक जना विदेशबाट फर्किएको १४ दिनभन्दा बढी अवधि कटेकाले घर फर्किएका छन् ।

क्वारेन्टाइनमा फलफूलसहित खाने, बस्ने, उपचार गर्ने हरेक प्रबन्ध र खर्च व्यवस्थापन गाउँपालिका आफैंले मिलाएको छ । गाउँपालिकाले आफ्नै खर्चमा तयार पारेको क्वारेन्टाइनमा नियमित स्वास्थ जाँच र औषधिको प्रबन्ध मिलाएको छ ।

होम क्वारेन्टाइनमा रहेकाहरुको प्रत्येक दिन स्वास्थ्य जाँच गर्ने, सेनिटाइटर, थर्मोमिटरलगायतको व्यवस्था गाउँपालिकाले नै मिलाएको अध्यक्ष ओझाले जानकारी दिए ।

गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा व्यक्ति राख्न थालेपछि विश्व स्वास्थ संगठनका प्रतिनिधिले निरीक्षण गरी मापदण्ड पूरा गरेकोले मान्यता दियो । गाउँपालिकाले चैत महिनाको सुरुमै ९ पिस व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ल्याएको थियो ।

‘हामीसँग आइसोलेसन वार्ड बनाउने, उपचार गर्ने ठूलो जनशक्ति छैन । तर, तत्काल रोकथाम गर्ने, विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राखेर रेखदेख गर्नेलगायतका काम गर्न त सक्छौं नि,’ अध्यक्ष ओझाले भने, ‘यो बेला राज्यका सबै शक्ति र नागरिकको विवेक र साथ लिएर कोरोनाविरुद्ध लड्न जरुरी छ ।’

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजीव लालचन रुपा गाउँपालिकाको काम र पूर्व तयारीबाट अन्य सरकारले पनि सिक्न सकिने बताउँछन् ।

गाउँपालिकाको खर्चमा नि:शुल्क एम्बुलेन्स

रुपा गाउँपालिकाको आफ्नै एम्बुलेन्स छैन । तर, कोरोना संक्रमणबाट सावधानी अपनाउन र त्यस्ता लक्षण देखिएमा उपचारका निम्ति लैजान २४ सैं घण्टा एम्बुलेन्सको व्यवस्था भने मिलाएको छ ।

रुपा गाउँपालिकाले नेपाल रेडक्रससँग समन्वय गरेर इन्धन खर्च, चालकको पारिश्रमिक र कोषमा केही रकम दाखिला गर्ने गरी एम्बुलेन्स तयारी अवस्थामा राखेको हो । ‘गाउँपालिकाभित्रका नागरिकमा जुनसुकै बेला स्वास्थ्य समस्या पर्न सक्छ । यो संकटका बेला नागरिकलाई डरमुक्त राख्नु पनि स्थानीय सरकारको दायित्व हो,’ अध्यक्ष ओझाले भने, ‘रुपावासीको स्वास्थ्यका निम्ति हामी २४ सै घण्टा तयार छौं ।’

कोरोना संक्रमणको लक्षण देखिएमा तुरुन्त पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पठाउन एम्बुलेन्स तयार अवस्थामा राखिएको अध्यक्ष ओझाले जानकारी दिए । आवश्यक परेको खण्डमा अरु एम्बुलेन्स पनि तयारी अवस्थामा राखिने अध्यक्ष ओझाले बताए ।

त्यतिमात्र होइन एसएलसी स्थगित हुँदा परीक्षा केन्द्रबाट नि:शुल्क बस सेवाको ब्यवस्था मिलाएर रुपा गाउँपालिकाले विद्यार्थीलाई घरघर पुर्‍याउने व्यवस्था मिलाएको थियो ।अनलाइनखवरबाट

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.