logo

नेपाली प्रहरीमाथि आक्रमण गर्ने एक भारतीय पक्राउ

      3/27/2020 गते 00 00 मा प्रकाशित     901   पटक पढिएको

वीरगंज १४ चैत। नेपाल प्रवेश गर्न नदिएको भन्दै नेपाली प्रहरी माथि आक्रमण गर्ने एक जना भारतीयलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

 

भारत बिहार पुर्वि चम्पारण कुकुहिया १३ निवासी ३५ वर्षका अवधेश महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले बताउनु भयो ।

 


बिन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाठा स्थित मधुवाको खेतबारी नजिकको खुल्ला सीमामा रहेको बाटोको प्रयोगग गरेर केही भारतीय नेपाल तर्फ प्रवेश गर्न खोज्दै थिए ।

 

नेपाल आउन खोजने  भारतीयहरुलाई लकडाउनका कारण नेपाल प्रवेश गर्न नपाइने भन्दै प्रहरीले रोक्ने प्रयास गरेका थिए । डिउटीमा २ जना मात्र प्रहरी थिए ।

 

प्रहरीको शक्ति कम देखेका र करिव ७ जनाको संख्यामा रहेका भारतीयहरुले प्रहरी माथि हातपात गरे ।    छ  सात जनाको समुहमा रहेका भारतीयहरुले दुई जना प्रहरीलाई नेपाल प्रवेश गर्न नदिएको भन्दै  हातपात गरेका थिए । 


नजिकै इटियाहीमा  रहेका सशस्त्र प्रहरी बल र प्रसौनी भाठा चौकी बाट थप प्रहरी घटनास्थलमा पुगेपछि भारतीयहरु भागेका थिए । उनीहरु मध्य एक जना भारतीयलाई पक्राउ गरिएको प्रहरी निरक्षक सिंहले जानकारी दिनु भयो ।

 

 भारतको बिहार राज्यमा मदिरा प्रतिवन्धीत रहेको छ । सीमा जोडिएका भारतीय बस्तीका नागरिकहरु मदिरा सेवनकालागि नेपाल तर्फ आउने प्रचलन रहि आएको छ । लकडाउनको ४ दिन सम्म मदिरा सेवन गर्न नपाएका भारतीयहरु मादिरा पिउन उद्धेश्यले नेपाल प्रवेश गर्न खोजेको अनुमान गरिएको छ ।

 

यद्धपी प्रहरीले फक्राउ परेका भारतीय नागरिक संग नेपाल प्रवेश गर्न चाहेको कारण बारे सोधखोज गरि नसकेको प्रहरी निरिक्ष सिंहले बताउनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.