logo

यातायात मजदुर र अस्पतालका कुरुवालाई लकडाउन भरि खाना ख्वाइने 

      3/27/2020 गते 00 00 मा प्रकाशित     1143   पटक पढिएको

बीरगंज १४ चैत । कोरोना भाइरस अर्थात कोविड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लक डाउनका कारण वीरगंजको बसपार्कमा अलपत्र परेका सवारी चालक, सहचालक तथा यात्रुहरुलाई बिभिन्न संघ संस्थाहरुले खाजा ख्वाएका छन ।

वीरगंज युवा समाज  र राष्ट्रीय युवासंघले बसपार्कमा रहेका ६० जना चालक, सहचालक तथा यात्रुहरुलाई आज खाजा ख्वाएका हुन ।

यस्तै लकडाउनको चौथो दिन शुक्रबारदेखी अलपत्र परेका चालकहरुलाई लकडाउन सम्म वीरगन्ज महानगरपालिकाले खाना ख्वाउने जिम्मा लिएको महानगरपालिकाले जनाएको छ ।  

यस्तै बसपार्कमा लक डाउन भएदेखि भोकभोकै बस्दै आएकाहरुलाई आजदेखि भने वीरगंज महानगरपालिकाले नै खानाको व्यवस्था मिलाउने भएको छ । महानगरपालिकाको समन्वयमा स्थानीय व्यवसायी तथा समाजसेवीहरुको संयुक्त सहयोगमा बसपार्क भित्रै सामूहिक मेस सञ्चालन गरेर उनीहरुलाई खानाको व्यवस्था मिलाउन लागिएको हो ।  


लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने र विभिन्न ठाउँमा जान नपाएर बसपार्कमै  रोकिएकाहरु मर्कामा परेका छन् । 

यसअघि वीरगंजको नारायणी अस्पतालमा आउने बिरामीका कुरुवाका लागि अस्पतालमा नै खाना खाने व्यवस्था मिलाएको थियो । लक डाउनका कारण कुनै पनि होटल तथा पसलहरु नखुलेकाले अस्पतालमा उपचारका लागि आउने बिरामीका कुरुवा भोक भोकै बस्नुपर्ने बाध्यता आएपछि वीरगंज महानगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष जगत साहको पहलमा अस्पतालमा आउने बिरामीका कुरुवाहरुलाई खानाको प्रबन्ध मिलाइएको हो ।

 

विरामीलाई अस्पतालले नै खानाको प्रवन्ध गर्दै आएको भए पनि यस अघि विरामी कुरुवाले भने आफै खानाको प्रवन्ध मिलाउनु पर्ने थियो । लक डाउन अवधीभर भने अस्पतालमा आउने बिरामीका कुरुवालाई खानाको व्यवस्था रहने वडा अध्यक्ष साहले बताउनुभयो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.