logo

एउटा युवा सबैकोलागि आशाको झिल्को बनेर निस्कन्छ

      3/27/2020 गते 00 00 मा प्रकाशित     1237   पटक पढिएको

इसीमाना टिप्पणी 
बीरगंजको रक्त संचार केन्द्रमा रगतको अभाव हुन्छ । युवाहरुको एउटा समुह सार्वजनीक हुन्छ अनी खुला रक्तदानको अपिल गर्छ । ३ सय भन्दा बढीले रक्तदान गर्छन ।

रक्तदान कार्यक्रमको सन्देश टाढा टाढा पुग्छ स्वयसेवी युवाहरु जुरुक्क ढठछन अनी रक्तदानको अभियान नै चल्छ । भूकम्पको त्रासदीले अत्यास लगाउछ अनी एउटा युवा सबैको आशाको झिल्को बनेर निस्कन्छ । हरेक आन्दोलनका कैयो हिउद र वर्षा बिते । समाजमा रहेका कुरीती र कुप्रथाले कैयौ मान्छे प्रताडित भए ।

 

उपचार नपाएर अस्पतालको बरण्डामा कैयौ दिन मान्छेहरु छटपटिए । ति सबैको आँखामा एउटा आशा देखिन्थ्यो जव एउटा नौजवान आफना सबै इच्छा र आकांक्षाहरुलाई दवाएर उनीहरुलाई राहत र हासो दिन अग्रसर हुन्थ्यो अनी मान्छेमा एउटा भावना तंरंगीत हुन्थ्यो “मानवता भएका यस्तै युवाहरुका कारण त समाज अडिएको छ” ।

 

हो समाजलाई समाजको रुपमा टिकाई राख्ने मानवातको शिक्षा प्रवाह गर्ने त्यस्तो युवाको नाम हो कमल चौगाई । अहिले बिश्वब्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिएको छ । नेपाल संसारकै गरिव देश हो । कोराना बिरुद्धको संक्रमणसंग नेपाल संग पर्याप्त भौतीक सुविधा छैन ।

 

यस्तोमा एक मान्छे अर्को मान्छेको सम्र्पकमा नगएर भाइरसलाई फैलिन नदिनु नै उक्त बिकल्प हो । यही बुझेर सरकारले लकडाउन घोषणा गरेको छ । एक त गरिब देश त्यसमाथि नागरिकको आवश्यकताको आपूर्ती गर्न नसक्ने मुलुकको आर्थिक अवस्थामा । अनी राज्यका बिभिन्न अङहरुको काम गर्ने काम गर्ने ढंगं छैन ।

 

यस्तो श्रमजीवी मान्छेहरु समस्यामा पर्नु स्वभाविक हो । त्यस्ता मान्छेहरु जो भोक संग जुध्ने अवस्थाका छन त्यस्ता श्रमजीवीहरुको पीडा पनि पहिला तिनै युवा कमल चौगाइले बुझ्छन र सीमित स्रोत साधान बोकेर उनीहरुको भोक मेटाउन कुद्धछन । बीरगंज युवा समाज नाममा एउटा गैर सरकारी संस्थाका अध्यक्ष हुन चौगाई ।

 

संस्थामा रहेका सबैको सामाजिक भावनाले गर्दा आपत र बिपतमा बीरगंजमा युवा समाज सबै भन्दा पहिला राहत बोकेर पुग्छ । यस पटकको महामारीमा पनि त्यही भयो । जुन बीरगंजकालागि अपेक्षीत थियो । चौगाई नेतृत्वमा आपतमा परेकाहरुले जव राहत पाउछन त्यो कदम समाजका अन्य सरोकार समुहकालागि अनुकरणीय बन्दछ ।

 

यस पटक पनि त्यही भयो । युवा संघ नेपालले पनि भोकभाकै रहन बाध्य श्रमजीवीहरुकालागि राहतको ब्यवस्था गरेर बितरण गरेको छ । यातायात मजदुरहरु तीन दिन  देखी भोकै रहेको कुरा सामाजिक संजाल मार्फत सार्वजनीक भएपछि युवा संघका नेताहरु अरुण यादव निजाम लगायतका युवाहरुको अग्रसरतामा राहत बितरण हुदैछ ।


यद्धपी कोरोना भाइरसको संक्रमण कसैकालागि हुने र नहुने भन्ने हुदैन । राहतमा छुटेका सामाजिक मनहरु,उपचारमा खटेका चिकित्सक स्वास्थ्यकर्मीहरु सुरक्षामा खटेका सरक्षाकर्मीहरु ब्यवस्थापनमा खटेका सरकारका अन्य निकायका अधिकारीहरु सबै सुरक्षीत हनु जरुरी छ ।

 

उहाँहरुको सुरक्षाकोलागि पनि अन्य नागरिक घरमै बसौ कोरोनाको संक्रमण बाट बचौ । कमल चौगाइृले आफनो फेसबुक पेजमा मर्मस्पर्शी स्टाटस लेश्ख्नु भएको छ “सुरक्षित हुन घरभित्रै बसिरहँदा दैनिक ज्यालादारीमा निर्भर रहने वर्ग भोकभोकै हुन थालेका छन् । हुनेले त यो बेला खान्छन् नै नहुनेका लागि सरकारकै मुख ताक्नु पर्ने अवस्था छ ।

 

तत्काल आवश्यक पहल नभए कुनै समूह भोकमरीको सिकार बन्न सक्छ । बेलैमा सोचौँ है ।दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई भोकमरीबाट बचाउन तत्काल विशेष राहत प्याकेज घोषणा गर सरकार । सरकारलाई अपिल गरेर चौगाई चुप बस्नु भएन । आफनो नजिक रहेको सीमित साधन र स्रोतको परिचालनमा लाग्नु भयो ।

 

भोकै भएका मजदुरहरुले केही राहत पाए । अव केही सहयोगी हातहरु जुटदै छन । संकटको बेलामा देखिने मानवताले नै हाम्रो समाज र समाजका मनलाई जोडने गर्छ । चौगाईको सामाजिक क्रियाशिलताले त्यही गरेको छ । उहाँको क्रियाशिलता बीरगंजेली समाजको पूजी हो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.