logo

एउटा युवा सबैकोलागि आशाको झिल्को बनेर निस्कन्छ

      3/27/2020 गते 00 00 मा प्रकाशित     1022   पटक पढिएको

इसीमाना टिप्पणी 
बीरगंजको रक्त संचार केन्द्रमा रगतको अभाव हुन्छ । युवाहरुको एउटा समुह सार्वजनीक हुन्छ अनी खुला रक्तदानको अपिल गर्छ । ३ सय भन्दा बढीले रक्तदान गर्छन ।

रक्तदान कार्यक्रमको सन्देश टाढा टाढा पुग्छ स्वयसेवी युवाहरु जुरुक्क ढठछन अनी रक्तदानको अभियान नै चल्छ । भूकम्पको त्रासदीले अत्यास लगाउछ अनी एउटा युवा सबैको आशाको झिल्को बनेर निस्कन्छ । हरेक आन्दोलनका कैयो हिउद र वर्षा बिते । समाजमा रहेका कुरीती र कुप्रथाले कैयौ मान्छे प्रताडित भए ।

 

उपचार नपाएर अस्पतालको बरण्डामा कैयौ दिन मान्छेहरु छटपटिए । ति सबैको आँखामा एउटा आशा देखिन्थ्यो जव एउटा नौजवान आफना सबै इच्छा र आकांक्षाहरुलाई दवाएर उनीहरुलाई राहत र हासो दिन अग्रसर हुन्थ्यो अनी मान्छेमा एउटा भावना तंरंगीत हुन्थ्यो “मानवता भएका यस्तै युवाहरुका कारण त समाज अडिएको छ” ।

 

हो समाजलाई समाजको रुपमा टिकाई राख्ने मानवातको शिक्षा प्रवाह गर्ने त्यस्तो युवाको नाम हो कमल चौगाई । अहिले बिश्वब्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिएको छ । नेपाल संसारकै गरिव देश हो । कोराना बिरुद्धको संक्रमणसंग नेपाल संग पर्याप्त भौतीक सुविधा छैन ।

 

यस्तोमा एक मान्छे अर्को मान्छेको सम्र्पकमा नगएर भाइरसलाई फैलिन नदिनु नै उक्त बिकल्प हो । यही बुझेर सरकारले लकडाउन घोषणा गरेको छ । एक त गरिब देश त्यसमाथि नागरिकको आवश्यकताको आपूर्ती गर्न नसक्ने मुलुकको आर्थिक अवस्थामा । अनी राज्यका बिभिन्न अङहरुको काम गर्ने काम गर्ने ढंगं छैन ।

 

यस्तो श्रमजीवी मान्छेहरु समस्यामा पर्नु स्वभाविक हो । त्यस्ता मान्छेहरु जो भोक संग जुध्ने अवस्थाका छन त्यस्ता श्रमजीवीहरुको पीडा पनि पहिला तिनै युवा कमल चौगाइले बुझ्छन र सीमित स्रोत साधान बोकेर उनीहरुको भोक मेटाउन कुद्धछन । बीरगंज युवा समाज नाममा एउटा गैर सरकारी संस्थाका अध्यक्ष हुन चौगाई ।

 

संस्थामा रहेका सबैको सामाजिक भावनाले गर्दा आपत र बिपतमा बीरगंजमा युवा समाज सबै भन्दा पहिला राहत बोकेर पुग्छ । यस पटकको महामारीमा पनि त्यही भयो । जुन बीरगंजकालागि अपेक्षीत थियो । चौगाई नेतृत्वमा आपतमा परेकाहरुले जव राहत पाउछन त्यो कदम समाजका अन्य सरोकार समुहकालागि अनुकरणीय बन्दछ ।

 

यस पटक पनि त्यही भयो । युवा संघ नेपालले पनि भोकभाकै रहन बाध्य श्रमजीवीहरुकालागि राहतको ब्यवस्था गरेर बितरण गरेको छ । यातायात मजदुरहरु तीन दिन  देखी भोकै रहेको कुरा सामाजिक संजाल मार्फत सार्वजनीक भएपछि युवा संघका नेताहरु अरुण यादव निजाम लगायतका युवाहरुको अग्रसरतामा राहत बितरण हुदैछ ।


यद्धपी कोरोना भाइरसको संक्रमण कसैकालागि हुने र नहुने भन्ने हुदैन । राहतमा छुटेका सामाजिक मनहरु,उपचारमा खटेका चिकित्सक स्वास्थ्यकर्मीहरु सुरक्षामा खटेका सरक्षाकर्मीहरु ब्यवस्थापनमा खटेका सरकारका अन्य निकायका अधिकारीहरु सबै सुरक्षीत हनु जरुरी छ ।

 

उहाँहरुको सुरक्षाकोलागि पनि अन्य नागरिक घरमै बसौ कोरोनाको संक्रमण बाट बचौ । कमल चौगाइृले आफनो फेसबुक पेजमा मर्मस्पर्शी स्टाटस लेश्ख्नु भएको छ “सुरक्षित हुन घरभित्रै बसिरहँदा दैनिक ज्यालादारीमा निर्भर रहने वर्ग भोकभोकै हुन थालेका छन् । हुनेले त यो बेला खान्छन् नै नहुनेका लागि सरकारकै मुख ताक्नु पर्ने अवस्था छ ।

 

तत्काल आवश्यक पहल नभए कुनै समूह भोकमरीको सिकार बन्न सक्छ । बेलैमा सोचौँ है ।दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई भोकमरीबाट बचाउन तत्काल विशेष राहत प्याकेज घोषणा गर सरकार । सरकारलाई अपिल गरेर चौगाई चुप बस्नु भएन । आफनो नजिक रहेको सीमित साधन र स्रोतको परिचालनमा लाग्नु भयो ।

 

भोकै भएका मजदुरहरुले केही राहत पाए । अव केही सहयोगी हातहरु जुटदै छन । संकटको बेलामा देखिने मानवताले नै हाम्रो समाज र समाजका मनलाई जोडने गर्छ । चौगाईको सामाजिक क्रियाशिलताले त्यही गरेको छ । उहाँको क्रियाशिलता बीरगंजेली समाजको पूजी हो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.