logo

कोरोना संक्रमण प्रभावः बीरगंजका धेरै पत्रिकाको प्रकाशन बन्द

      3/26/2020 गते 00 00 मा प्रकाशित     1142   पटक पढिएको

बीरगंज १४ चैत ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणकालागि घोषणा गरिएको लकडाउनको प्रभाव संचार क्षेत्रमा देखा परेको छ । संक्रमण नियनत्रणकालागि सरकारले लकडाउन घोषित गरेकोमा समाचार सङ्कलन, सम्प्रेषण र प्रकाशनमा खटिने कर्मचारीहरू प्रभावित भएका छन । समाचार संकलन गर्ने पत्रकार सम्पादनमा लाग्ने तथा प्रेसमा प्रकाशनमा संलग्न जनशक्ति घरमै रहने भएपछि पत्रिका प्रकाशन अप्ठयारो भएको हो ।


महामारीको बेलामा भौतीक रुपमा मैदानमा उत्रिएर सूचना दिने सेवा गर्न कठिन भएपछि पत्रिकाको प्रकाश बन्द गर्नु परेको नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले बताउनु भयो । 

पर्सामा साप्ताहिक पत्रिकाहरूको सञ्जालको निर्णय अनुसार तीन महीनाको लागि साप्ताहिक पत्रिकाको प्रकाशन बन्द भइसकेको छ  । 
    नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले प्रतीक दैनिकबाहेक सबै पत्रिकाको प्रकाशन बन्द भइसकेको बताउनु भयो  ।

उहाँले दैनिक पत्रिकाहरू प्रकाशनमा समाचार सङ्कलन, सम्प्रेषण र मुद्रणको समस्या भएको कारण बन्द भएको बताउनु भयो  । असहज परिस्थितिमा प्रकाशन सहज नभएको कारण बन्द गरिएको बताउँदै उहाँले परिस्थिति अनुकूल भएपछि पत्रिकाहरू प्रकाशित हुने बताउनु भयो ।


    अध्यक्ष बन्जाराले वीरगंजबाट करीब दुई दर्जनभन्दा बढी दैनिक पत्रिका प्रकाशन हुने गरेका र सबै पत्रिकाको प्रकाशन बिहीवारदेखि बन्द रहेको बताउनु भयो । त्यसअघि केही पत्रिकाहरू सञ्चालनमा रहेका तर बिहीवारदेखि प्रतीकबाहेक दैनिक पत्रिकाको प्रकाशन बन्द भएको बताए ।


बीरगंजबाट अंकुश दैनीक,जनसृष्टि दैनीक, नारायणी टुडे,जनभण्डाफोर दैनीक,न्यूज २४ दैनीक,जनप्रतिविम्ब दैनीक,बाइपास दैनीक,प्रतिफल दैनीक,सर्व राष्ट्रीय दैनीक,बीरगंज समाचारपत्र दैनीक,भोजपुरी टाइम्स लगायतका दैनीक पत्रिकाहरु प्रकाशीत हुदै आएका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।

खयर लोड गरिएको ट्रक नियन्त्रणमा, निकुञ्जले चेकजाँच गर्दै, रक्षकहरु नै भक्षक भएको आरोप

वीरगंज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.