logo

प्रदेश २ का सात जिल्लामा १ सय ५१ जना क्वारेन्टाइनमा

      3/26/2020 गते 00 00 मा प्रकाशित     1158   पटक पढिएको

बीरगंज १४ चैत । विश्वभर त्राहिमाम मचाएको कोरोना भाइरस (कोभिड १९)  संक्रमणको आशंकामा प्रदेश २ मा झण्डै डेढसय व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।
 
प्रदेश २ का आठ मध्ये विभिन्न सात जिल्लामा एकसय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, सप्तरीमा ९५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ मै सप्तरीमा सबैभन्दा बढी क्वारेन्टाइनमा छन् । 

यस्तै, यसपछि सबैभन्दा बढी रौतहटमा क्वारेन्टाइनमा राखिएको छ । रौतहटका २८ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले बताउनु
 भयो । उहाँका अनुसार सिरहामा १९ जनालाई, पर्सामा ५ जनालाई तथा सर्लाही र बारामा २र२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
धनुषामा यसअघि एक जनालाई क्वारेन्टाइनमा राखिएपनि उनलाई घरकै क्वारेन्टाइनमा पठाइएको छ । सहनिर्देशक झाले ती व्यक्तिमा त्यस्तो कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा पठाइएको बताउनु भयो  ।
खासगरी भारतसहित अन्य देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको झाले बताउनु भयो  । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । महोत्तरीमा भने हालसम्म एकजना पनि शंकास्पद नदेखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.