logo

तिलावे पुल बनाउन माँग गर्दै पर्सा प्रशासनमा धर्ना, निर्माण नहुदा सम्म आन्दोलन निरन्तर

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २२ गते ०३: ५८ मा प्रकाशित     931   पटक पढिएको

तिलावे पुल बनाउन माग गर्दै  जिल्ला प्रशासन कार्यालय पर्सामा युवाको समहुले धर्ना दिएको छ । पुल निर्माणकालागि बनाइएको दवाव समुहले धर्ना दिएको हो ।

 

तिलावे पुल निर्माणकालागि २०७३ साल असारमा सम्झौता भएको थियो । पर्साको क्षेत्र नं ३ बाट निर्वाचित सासद हरिनारायण रौनीयारले स्थापना गरेको पप्पु कन्ट्रकशन र लुम्बिनी बिल्डर्सको संयुक्त परियोजना अन्र्तगत निर्माणको ठेक्का सकार गरेका थिए । तर सम्झौता भएको यत्रोलामो अवधी हुदा समेत पुल बनेको छ ।

 

 हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुरा अहिले सम्म ६७ प्रतिशत मात्र काम भएको छ । पप्पुले काम नगरेर फरार भएपनि अर्को साधmेदार ठेकेदार लुम्बिनीलाई पुल निर्माण्को जिम्मा दिइएको थियो । तिलावे पुल निर्माणकालागि ३ वर्ष पप्पु र २ वर्ष लुम्बिनीले ब्यतित गरेका छन ।

यति लामो समयमा पुल बन्न नसकेकोले युवाहरु आन्दोलीत भएका हुन । युवा अगुवा राकेश यादवले सम्झौता अनुसार काम नहुदा कुनै दण्ड नदिइने कस्तो ब्यवस्था हो भन्दै प्रश्न गरेका छन ।

 

दैनीक हजारौ नागरिकले सास्ती खेप्नु परेको छ यादवले प्रश्न गरे राज्यका संयन्त्रहरुले यो कहिले देख्ने ? । यादवले राज्यको पैसा लिएर ठेकेदारहरुले आफनो स्वार्थपूर्ती गर्ने जनताले दुःख पाउने अवस्थाको अन्त्यकालागि आन्दोलनमा उत्रिनु परेको बताए । त्यही भएर सोमवार ( आज ) पर्साका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा धर्ना दिएका हौ यादवले भने । 

पुल बनाउन दवाव दिने उद्देश्यले गठित दवाव समुहले सोमबार प्रशासनमा धर्ना दिएको हो । 


निर्माणको ठेक्का पाएको पप्पुरलुम्बिनी जेभि(जोइन्ट भेन्चर) ले ६ वर्षमा पनि पुल नबनाउँदा सर्वसाधारण मर्कामा छन् । धर्नामा सहभागीले तिलावे पुल कहिले बन्छ ? जबले तिलावे पुल बन्नीना तबले आन्दोलन रुकीना । लेखिएको प्लेकार्ड बोकेका थिए ।

तिलावे पुल नबन्दासम्म दवावको कार्यक्रम जारी राख्ने दवाव समुहका अगुवा राकेश यादवले बताए ।उनीहरूले यसअघि पुल बनाउन माग राख्दै स्थानीय प्रशासन, हुलाकी राजमार्ग आयोजना कार्यालय, पर्साका प्रमुख राजनीतिक दल मुलुकका शिर्ष नेतालाई एसएमएस पठाएर ध्याकर्षण गराएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.