logo

तिलावे पुल बनाउन माँग गर्दै पर्सा प्रशासनमा धर्ना, निर्माण नहुदा सम्म आन्दोलन निरन्तर

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २२ गते ०३: ५८ मा प्रकाशित     1077   पटक पढिएको

तिलावे पुल बनाउन माग गर्दै  जिल्ला प्रशासन कार्यालय पर्सामा युवाको समहुले धर्ना दिएको छ । पुल निर्माणकालागि बनाइएको दवाव समुहले धर्ना दिएको हो ।

 

तिलावे पुल निर्माणकालागि २०७३ साल असारमा सम्झौता भएको थियो । पर्साको क्षेत्र नं ३ बाट निर्वाचित सासद हरिनारायण रौनीयारले स्थापना गरेको पप्पु कन्ट्रकशन र लुम्बिनी बिल्डर्सको संयुक्त परियोजना अन्र्तगत निर्माणको ठेक्का सकार गरेका थिए । तर सम्झौता भएको यत्रोलामो अवधी हुदा समेत पुल बनेको छ ।

 

 हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुरा अहिले सम्म ६७ प्रतिशत मात्र काम भएको छ । पप्पुले काम नगरेर फरार भएपनि अर्को साधmेदार ठेकेदार लुम्बिनीलाई पुल निर्माण्को जिम्मा दिइएको थियो । तिलावे पुल निर्माणकालागि ३ वर्ष पप्पु र २ वर्ष लुम्बिनीले ब्यतित गरेका छन ।

यति लामो समयमा पुल बन्न नसकेकोले युवाहरु आन्दोलीत भएका हुन । युवा अगुवा राकेश यादवले सम्झौता अनुसार काम नहुदा कुनै दण्ड नदिइने कस्तो ब्यवस्था हो भन्दै प्रश्न गरेका छन ।

 

दैनीक हजारौ नागरिकले सास्ती खेप्नु परेको छ यादवले प्रश्न गरे राज्यका संयन्त्रहरुले यो कहिले देख्ने ? । यादवले राज्यको पैसा लिएर ठेकेदारहरुले आफनो स्वार्थपूर्ती गर्ने जनताले दुःख पाउने अवस्थाको अन्त्यकालागि आन्दोलनमा उत्रिनु परेको बताए । त्यही भएर सोमवार ( आज ) पर्साका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा धर्ना दिएका हौ यादवले भने । 

पुल बनाउन दवाव दिने उद्देश्यले गठित दवाव समुहले सोमबार प्रशासनमा धर्ना दिएको हो । 


निर्माणको ठेक्का पाएको पप्पुरलुम्बिनी जेभि(जोइन्ट भेन्चर) ले ६ वर्षमा पनि पुल नबनाउँदा सर्वसाधारण मर्कामा छन् । धर्नामा सहभागीले तिलावे पुल कहिले बन्छ ? जबले तिलावे पुल बन्नीना तबले आन्दोलन रुकीना । लेखिएको प्लेकार्ड बोकेका थिए ।

तिलावे पुल नबन्दासम्म दवावको कार्यक्रम जारी राख्ने दवाव समुहका अगुवा राकेश यादवले बताए ।उनीहरूले यसअघि पुल बनाउन माग राख्दै स्थानीय प्रशासन, हुलाकी राजमार्ग आयोजना कार्यालय, पर्साका प्रमुख राजनीतिक दल मुलुकका शिर्ष नेतालाई एसएमएस पठाएर ध्याकर्षण गराएका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.