logo

महानगरको सभापति भएभने एक कार्यकाल पार्टीलाई पहिलो शक्ति बनाउने काममा लाग्छुः चौहान

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २१ गते ०५: ३६ मा प्रकाशित     1700   पटक पढिएको

पत्रकार दीपेन्द्र चौहानले नेपाली कांग्रेसको बीरगंज महानगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन ।  महाधिवेशनको पूर्व सन्ध्यामा संगठनको अधिवेशन हुने नेपाली कांग्रेसको प्रचलन रहेको छ ।

 

१४ राष्ट्रीय महाधिवेशनकोलागि नेपाली कांग्रेस, संगठनको आन्तरिक अधिवेशन मार्फत नेतृत्व निर्माणको चरणमा छ । दुईवटा संसदीय निर्वाचन क्षेत्र पर्ने बीरगज महानगरपालिकाको सभापति पदलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

 

यो भन्दा अगाडि महानगरभित्र नेपाली कांग्रेसको महानगर समिति गतिबिधि शून्यमा रहेको थियो । समिति थियो, गतिबिधि थिएन । महानगरभित्र नेपाली कांग्रेसको राजनीतिक उपस्थिति शून्यमा रहेको थियो । पत्रकार चौहानको उम्मेदवारीले नेपाली कांग्रेस भित्र गती पैदा भएको छ भने महानगरले सक्रियतापूर्वक काम गर्ने बिश्वास समेत जागृत भएको पाइएको छ । 


नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव समेत रहेका चौहानले पार्टीको संगठन निर्माण र नेपाली कांग्रेसलाई महानगरमा एक नम्बरको शक्तिमा स्थापित गर्न आफूले पार्टीमा रहेर काम गर्ने निर्णय गरेको बताए । एउटा राम्रो पोष्टमा छु तर पार्टीको सेवा गर्ने र पार्टीलाई स्थापित गर्न महानगरको सभापतिमा लडने निर्णय गरेको छु पत्रकार चौहानले भने पार्टीका नेता तथा कार्यकर्ता सबैको साथ र सर्मथन मलाई मिल्छ । 


नेपाल पत्रकार महासंघको पर्सा जिल्ला, प्रदेश नं २ ,नेपाल प्रेस युनियनको केन्द्रीय नतेृत्वमा रहेर काम गरेका पत्रकार चौहानको उम्मेदवारीले पर्सेली पत्रकारितामा उमंग संचार भएको छ ।

 

नेकपा एमालेको बीरगंज महानगर कमिटीको उपाध्यक्षमा पत्रकार महेश दासको सर्वसम्मत चयन भएको छ । पर्सेली पत्रकारहरुले नेपाली कांग्रेसको नगर सभापतिमा पत्रकार दीपेन्द्र चौहानलाई सर्वसम्मत रुपमा स्थापित भएको हेर्न चाहेका छन । नेपाली पत्रकारहरुको छाता संस्थामा रहेर आफनो नेतृत्व कौशल देखाई सकेका ब्यक्तिहरु आफनो ठाउँको पार्टीकाममा जोडिन खोज्दा नेतृत्वले त्यसलाई हार्दिकता पूर्वक लिनु पर्ने धारणा राख्नुहुन्छ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने ।

 

पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानको नेपाली कांग्रेसको बीरगंज महानगरको सभापतिमा भएको उम्मेदवारीलाई पार्टी  नेतृत्वले सर्वसम्मत बनाउन सक्दा पत्रकारिताको माध्यमबाट देश र जनताकालागि गरेको सेवा र त्यहा रहेर प्रजातान्त्रिक बिचारलाई संस्थागत गर्न लडेको सघर्षको सम्मान हुने लामिछानेको टिप्पणी  छ । 


पत्रकार चौहानले आफनो उम्मेदवारीसंगै केही प्रतिवद्धता सार्वजनीक गरेका छन । उनले महानगर सभापतिको एक कार्यकाल आफू अन्य कुनै पदमा दावी नगर्ने र नजाने बताएका छन । एक कार्यकाल सम्म महानगर स्तरमा प्राप्त हुने अवसर र जिम्मेवारीहरुमा अरु साथीहरुलाई अवसर दिने जनप्रतिनिधिमुलक निकायमा आफू नजाने प्रष्ट पारेका छन । 


पछिल्लो समयमा पार्टी भित्र र बाहिर जनप्रतिनिधिमुलक निकायमा राजनीतिक कार्यकर्ता भन्दा पनि ठेक्दार, अनधिकृत कारोवारमा संलग्न तस्कर,जग्गाको ब्यसायमा लागेका दलाल , टोले गुण्डा बनेर हप्ता असुली करेर पैसा कमाउनेहरुले पद र अवसर पाउदै आएको परिवेशमा पत्रकार चौहानको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

राजनीतिक आन्दोलनमा लागेका ,पार्टी भनेर  लाग्दा सबै सकिएका गरिब तथा मध्यम वर्गले पैसाका कारण अवसर र जिम्मेवारी नपाउने परम्परालाई निरुत्साहन गर्न पनि चौहानलाई सभापतिमा जिताउनु पर्ने बिश्लेषण छ पत्रकार अनिल तिवारीको  ।

 

आन्दोलन प्रतिको सर्मपण र योगदानमा आधारित राजनीतिलाई जीवीत राख्ने हो भने पैसा र शक्तिको आड र आधारमा नेतृत्व छान्ने प्रवृतिको अन्त्य गर्न जरुरी छ नेपाली कांग्रेसका बीरगंज महानगरका अधिवेशन प्रतिनिधिहरुले यो सन्देश दिने कुरामा आफू बिश्वस्त रहेको पत्रकार तिवारीले बताए । 


पत्रकार चौहानले आफूले चुनाव जितेपछि नेपाली कांग्रेसलाई बीरगंजमा प्रमुख राजनीति शक्तिको रुपमा स्थापित गरेर कांग्रेसलाई आम जनताको नजरमा देखिने , संकट र सुखमा महशुस गर्न सकिने बनाउने दृढता ब्यक्त गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.