logo

जोखिम नबढाउन नागरिकलाई चिकित्सकको चेतावनी ,आपूर्ती ब्यवस्था सहज बनाइने  

      3/25/2020 गते 00 00 मा प्रकाशित     1093   पटक पढिएको

बीरगंज १२ चैत । आपूर्ती ब्यवस्थालाई मिलाउनकालागि आज बीरगंज महानगरपालिकाले सहकजीकरण बैठक सम्पन्न गरेको छ ।

 

बैठकमा  खाद्य सामाग्रीको आपूर्ती ब्यवस्था मिलाउनकालागि आवश्यक छलफल भएको थियो । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि ब्यक्ति ब्यक्ति बीचको सम्र्पकलाई रोक्नु पर्छ ।

 

सरकारले ब्यक्ति वीचको सम्र्पक नहोस भन्नकालागि नै लकडाउनको घोषणा गरेको हो । धेरै ब्यक्तिवीचको सम्र्पक नहोस भनेर सरकारले लकडाउन गरेकोमा आपूर्ती ब्यवस्थाको नाममा शहरमा भिडभाड हुन सक्ने प्रति स्थानीय प्रशासन, स्थानीय सरकार चिन्तित छ ।

 

चिकित्सकले दुई चार दिन खान नपाएर कोही नमर्ने भन्दै लकडाउन पालना हुनु पर्नमा जोड दिएका छन । बीरगंजमा नागरिकको सडकमा निस्कने रुचीबाट आजीत भएका चिकित्सकहरु रुष्ट छन भाइरसले प्रशासक जनप्रतिनिधि पत्रकार किसान उधोगी चिकित्सक कोही नभन्ने कुराको ख्याल राख्न समेत उनीहरुले आग्ह गरेका छन ।  उनीहरुले  लकडाउनको अपिललाई उल्लघंन गरेर जोखिम बढाउने काममा नागरिक नै अग्रसर भएको भन्दै स्थानीय सरकारलाई प्रभावकारी काम गर्न अनुरोध गरेका छन । 

 


स्वास्थ्य सेवालाई सहज बनाइराख्ने स्थानीय प्रशासनको तयारी त्यतीबेला समस्यामा प¥यो जव ३ हजार भन्दा बढीले पास मागे । पाँच सयको हाराहारीमा पत्रकारहरुले पास मागेका छन ।

 

तरकारीको दोकानहरु ब्यवस्थित छैन । किराना पसलहरु महानगरभित्र सैयो रहेका छन । यस्तोमा आपूर्ती ब्यवस्थालाई सहज र प्रणालीबद्ध बनाउन स्थानीय सरकार र प्रशासनकालागि निकै चुनौतीपूर्ण रहेको छ ।

 

आजको सहजीकरण बैठकले भोली देखी खाद्यबस्तुको पसलहरु खुल्ने बवतावरण बनाउने निर्णय भएको छ । सम्बन्धीत वार्डका वडाध्यक्षहरुले वडा भित्र रहेको पसलहरुलाई प्रणालीवद्ध रुपमा छनौट गरेर खोल्ने वतावरण बनाउने निर्णय भएको छ ।

 

बीरगंज महानगर प्रमुख बिजय सरावगीले तीन दिन अगाडि नै वडाध्यक्षहरुलाई किराना पसलहरुको सूची तयार गरि खाद्यबस्तुको आपूर्ती ब्यवस्था मिलाउने वतावरण बनाउन निर्देशन दिनु भएको थियो । 

 


आजको बैठकले  समाचार संकलनकालागि पत्रकारहरुको समेत बाक्लो संख्या देखिएको भन्दै पत्रकारहरुलाई पनि घरबाटै आफनो काम गर्न अपिल गरेको छ ।  त्यस्तै जनप्रतिनिधिहरुलाई लकडाउनलाई  सहयोग पु¥याउन जिम्मेवार भएर लाग्नु पर्ने बैठकले निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेले बताउनु भयो ।  


बीरगंजका बिभिन्न ट स्थानबाट तरकारी बेच्ने ब्यवस्था मिलाउने बिषयमा पछि छलफल भएको थियो । औषधी उतपदन गर्ने उधोगहरु खाद्य उधोगहरुको संचालन गर्न सरकारले आग्रह गरेको छ ।

 

तर सरकारी आग्रहलाई मान्दा कोरोना संक्रमणको जोखिम झनै बढेर जाने अवस्था रहेको छ । चामल उधोग चलाउदा भूस र ब्रान्ड समेत उधोगबाट निकाल्नु पर्छ ।

 

त्यसरी निकालिएको भूस सिमेन्ट उधोगमा पुग्छ । सिमेन्ट उधोग नचल्ने हो भने उधोगले भूस लिदैन । यसरी एक अर्कासंगको अन्तरनिर्भरताका कारण २५ जना भन्दा बढी जम्मा हुन नदिने सरकारी निर्णय कार्यान्वयनमा पनि चुनौती देखिएको छ । 


दुई दिन सम्म पूर्ण लकडाउनमा बसेपछि कुन बस्तुको आपूर्ती कसरी गर्ने र त्यसको ब्यवस्थित आपूर्ती प्रणाली बनाउन सहज हुने उधोग वाणिज्य संघका बरिष्ठा उपाध्यक्ष सुवोध गुप्ता बताउनु हुन्छ ।

 

उहाँले अहिलेको अवस्था रमाईलो हेर्ने अवस्था नभएकोले बिभिन्न बाहानमा साइकल र मोटरसाइकलमा बजारमा निस्कने प्रवृतिमा पनि स्वयं नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । सम्पूर्ण कुरा ठप्प भएपछि पो  अनि काहाबाट कसरी ब्यवस्था मिलाउने भन्ने कुरा गर्न सजिलो हुने उहाँको तर्क छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.