logo

जोखिम नबढाउन नागरिकलाई चिकित्सकको चेतावनी ,आपूर्ती ब्यवस्था सहज बनाइने  

      3/25/2020 गते 00 00 मा प्रकाशित     899   पटक पढिएको

बीरगंज १२ चैत । आपूर्ती ब्यवस्थालाई मिलाउनकालागि आज बीरगंज महानगरपालिकाले सहकजीकरण बैठक सम्पन्न गरेको छ ।

 

बैठकमा  खाद्य सामाग्रीको आपूर्ती ब्यवस्था मिलाउनकालागि आवश्यक छलफल भएको थियो । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि ब्यक्ति ब्यक्ति बीचको सम्र्पकलाई रोक्नु पर्छ ।

 

सरकारले ब्यक्ति वीचको सम्र्पक नहोस भन्नकालागि नै लकडाउनको घोषणा गरेको हो । धेरै ब्यक्तिवीचको सम्र्पक नहोस भनेर सरकारले लकडाउन गरेकोमा आपूर्ती ब्यवस्थाको नाममा शहरमा भिडभाड हुन सक्ने प्रति स्थानीय प्रशासन, स्थानीय सरकार चिन्तित छ ।

 

चिकित्सकले दुई चार दिन खान नपाएर कोही नमर्ने भन्दै लकडाउन पालना हुनु पर्नमा जोड दिएका छन । बीरगंजमा नागरिकको सडकमा निस्कने रुचीबाट आजीत भएका चिकित्सकहरु रुष्ट छन भाइरसले प्रशासक जनप्रतिनिधि पत्रकार किसान उधोगी चिकित्सक कोही नभन्ने कुराको ख्याल राख्न समेत उनीहरुले आग्ह गरेका छन ।  उनीहरुले  लकडाउनको अपिललाई उल्लघंन गरेर जोखिम बढाउने काममा नागरिक नै अग्रसर भएको भन्दै स्थानीय सरकारलाई प्रभावकारी काम गर्न अनुरोध गरेका छन । 

 


स्वास्थ्य सेवालाई सहज बनाइराख्ने स्थानीय प्रशासनको तयारी त्यतीबेला समस्यामा प¥यो जव ३ हजार भन्दा बढीले पास मागे । पाँच सयको हाराहारीमा पत्रकारहरुले पास मागेका छन ।

 

तरकारीको दोकानहरु ब्यवस्थित छैन । किराना पसलहरु महानगरभित्र सैयो रहेका छन । यस्तोमा आपूर्ती ब्यवस्थालाई सहज र प्रणालीबद्ध बनाउन स्थानीय सरकार र प्रशासनकालागि निकै चुनौतीपूर्ण रहेको छ ।

 

आजको सहजीकरण बैठकले भोली देखी खाद्यबस्तुको पसलहरु खुल्ने बवतावरण बनाउने निर्णय भएको छ । सम्बन्धीत वार्डका वडाध्यक्षहरुले वडा भित्र रहेको पसलहरुलाई प्रणालीवद्ध रुपमा छनौट गरेर खोल्ने वतावरण बनाउने निर्णय भएको छ ।

 

बीरगंज महानगर प्रमुख बिजय सरावगीले तीन दिन अगाडि नै वडाध्यक्षहरुलाई किराना पसलहरुको सूची तयार गरि खाद्यबस्तुको आपूर्ती ब्यवस्था मिलाउने वतावरण बनाउन निर्देशन दिनु भएको थियो । 

 


आजको बैठकले  समाचार संकलनकालागि पत्रकारहरुको समेत बाक्लो संख्या देखिएको भन्दै पत्रकारहरुलाई पनि घरबाटै आफनो काम गर्न अपिल गरेको छ ।  त्यस्तै जनप्रतिनिधिहरुलाई लकडाउनलाई  सहयोग पु¥याउन जिम्मेवार भएर लाग्नु पर्ने बैठकले निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेले बताउनु भयो ।  


बीरगंजका बिभिन्न ट स्थानबाट तरकारी बेच्ने ब्यवस्था मिलाउने बिषयमा पछि छलफल भएको थियो । औषधी उतपदन गर्ने उधोगहरु खाद्य उधोगहरुको संचालन गर्न सरकारले आग्रह गरेको छ ।

 

तर सरकारी आग्रहलाई मान्दा कोरोना संक्रमणको जोखिम झनै बढेर जाने अवस्था रहेको छ । चामल उधोग चलाउदा भूस र ब्रान्ड समेत उधोगबाट निकाल्नु पर्छ ।

 

त्यसरी निकालिएको भूस सिमेन्ट उधोगमा पुग्छ । सिमेन्ट उधोग नचल्ने हो भने उधोगले भूस लिदैन । यसरी एक अर्कासंगको अन्तरनिर्भरताका कारण २५ जना भन्दा बढी जम्मा हुन नदिने सरकारी निर्णय कार्यान्वयनमा पनि चुनौती देखिएको छ । 


दुई दिन सम्म पूर्ण लकडाउनमा बसेपछि कुन बस्तुको आपूर्ती कसरी गर्ने र त्यसको ब्यवस्थित आपूर्ती प्रणाली बनाउन सहज हुने उधोग वाणिज्य संघका बरिष्ठा उपाध्यक्ष सुवोध गुप्ता बताउनु हुन्छ ।

 

उहाँले अहिलेको अवस्था रमाईलो हेर्ने अवस्था नभएकोले बिभिन्न बाहानमा साइकल र मोटरसाइकलमा बजारमा निस्कने प्रवृतिमा पनि स्वयं नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । सम्पूर्ण कुरा ठप्प भएपछि पो  अनि काहाबाट कसरी ब्यवस्था मिलाउने भन्ने कुरा गर्न सजिलो हुने उहाँको तर्क छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.