logo

नगरसभागृहमा अध्यक्ष यादवको “कुकुर र रथको कथा” झण्डालाई कपडा होइन संघर्षको बिम्वमान्न निर्देश

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १४ गते ०८: २६ मा प्रकाशित     920   पटक पढिएको

जनता समाजवादी पार्टीका नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आन्दोलनको जगमा प्राप्त अधिकार र अवसरको रक्षा गर्ने पार्टीको अहिलेको धर्म रहेको बताएका छन ।


पार्टीको पर्सा जिल्ला कमिटीले  बीरगंज नगरसभागृहमा दीपावली र छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन ।

अध्यक्ष यादवले प्राप्त उपलबधीको जगमा उभिएर परिर्वतनका बाँकी काम पुरा गर्नु पर्ने अभिभारा पार्टीको काँधमा रहेको बताए ।

अध्यक्ष यादवले  संबिधानको संशोधन र  परिमार्जनको लागि अगाडी बढनुपर्ने कुरामा जोड दिए । अध्यक्ष यादवले अहिलेको समबेधानिक ब्यवस्थाका कारण  मुलुकमा राजनीतिक स्थिरता कायम नहुने भन्दै बिकल्पमा ध्यान दिन आवश्यक भएको बताए ।


अध्यक्ष यादवले जनताबाट निर्वाचित राष्ट्रपतीय प्रणालीलाई बिकल्पको रुपमा अगाडि सार्दै आफनो पार्टी यही दिशामा अगाडि बढने जानकारी दिए ।

 

अध्यक्ष यादवले आफनो पार्टीलाई तोडफोड गर्न कोशीस गर्नेहरु आफै समस्यामा परेको चर्चा गर्दै जसपा फोर्न केपी ओलीले ल्याएको अध्यादेशले  आफनै दुई तिहाईको सरकार ढलेको चर्चा गरे । जति पार्टी फोर्ने प्रयास भयो त्यती पार्टी मजवुत भएको छ अध्यक्ष यादवले भने बरु पार्टी फोर्न लाग्नेहरु आफै कमजोर पाखा लाग्दै गएका छन ।


अध्यक्ष यादवको पुतला दहन भएको पार्टी कार्यालयमा तालाबन्दी गरिएको झण्डा जलाइएको बीरगंजमा पार्टी अध्यक्षको अभिब्यक्ति सबैकालागि चासोको बिषय थियो नै । पार्टी बिरोधी काम गर्नेहरु प्रति अध्यक्ष यादवले आक्रोश ब्यक्त गरे ।

 

अध्यक्ष यादवले झण्डा कपडा मात्र नभएको भन्दै त्यो सघर्ष र बलिदानीको बिम्व भएको प्रष्ट पारे । अध्यक्ष यादवले यस्तो भनेर अनुशासनहिन काम गर्ने नेतृत्वको पुतला र झण्डा जलाउनेहरु प्रति पार्टीले कन्शेसन नदिने संकेत समेत गरे ।


एक ठाउमा सैयो मान्छे मिलेर रथ तान्दै थिए । रथ तान्ने क्रममा रथको चक्कामा कुकुर पनि फस्यो तर संयौ मान्छेको जोडबलमा रथ गुडिरह्यो ।  रथको चक्कामा फसेको कुकुर भने रथ आफनै कारणले गुडिरहेको ठान्दथ्यो तर त्यो कुकुर त्यही रथको चक्काले किचिएर मरेको कथा भन्दै अध्यक्ष यादवले पार्टी भित्र यस्तै कुकुर प्रवृति देखिएको तर त्यो आफै सकिने बताए ।

अध्यक्ष यादवले कुकुर र रथको प्रतिकात्मक कथा भनेर पार्टीको हित  बिकास र अग्रगती आफना कारणले भएको सोच्ने कुकुर प्रवृतिले उभो नलागिने प्रष्ट भएको सन्देश दिए ।

पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमंत्री लालबाबु राउत लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन जिल्ला सचिव तवरेज अहमदे गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.