logo

नगरसभागृहमा अध्यक्ष यादवको “कुकुर र रथको कथा” झण्डालाई कपडा होइन संघर्षको बिम्वमान्न निर्देश

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १४ गते ०८: २६ मा प्रकाशित     771   पटक पढिएको

जनता समाजवादी पार्टीका नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आन्दोलनको जगमा प्राप्त अधिकार र अवसरको रक्षा गर्ने पार्टीको अहिलेको धर्म रहेको बताएका छन ।


पार्टीको पर्सा जिल्ला कमिटीले  बीरगंज नगरसभागृहमा दीपावली र छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन ।

अध्यक्ष यादवले प्राप्त उपलबधीको जगमा उभिएर परिर्वतनका बाँकी काम पुरा गर्नु पर्ने अभिभारा पार्टीको काँधमा रहेको बताए ।

अध्यक्ष यादवले  संबिधानको संशोधन र  परिमार्जनको लागि अगाडी बढनुपर्ने कुरामा जोड दिए । अध्यक्ष यादवले अहिलेको समबेधानिक ब्यवस्थाका कारण  मुलुकमा राजनीतिक स्थिरता कायम नहुने भन्दै बिकल्पमा ध्यान दिन आवश्यक भएको बताए ।


अध्यक्ष यादवले जनताबाट निर्वाचित राष्ट्रपतीय प्रणालीलाई बिकल्पको रुपमा अगाडि सार्दै आफनो पार्टी यही दिशामा अगाडि बढने जानकारी दिए ।

 

अध्यक्ष यादवले आफनो पार्टीलाई तोडफोड गर्न कोशीस गर्नेहरु आफै समस्यामा परेको चर्चा गर्दै जसपा फोर्न केपी ओलीले ल्याएको अध्यादेशले  आफनै दुई तिहाईको सरकार ढलेको चर्चा गरे । जति पार्टी फोर्ने प्रयास भयो त्यती पार्टी मजवुत भएको छ अध्यक्ष यादवले भने बरु पार्टी फोर्न लाग्नेहरु आफै कमजोर पाखा लाग्दै गएका छन ।


अध्यक्ष यादवको पुतला दहन भएको पार्टी कार्यालयमा तालाबन्दी गरिएको झण्डा जलाइएको बीरगंजमा पार्टी अध्यक्षको अभिब्यक्ति सबैकालागि चासोको बिषय थियो नै । पार्टी बिरोधी काम गर्नेहरु प्रति अध्यक्ष यादवले आक्रोश ब्यक्त गरे ।

 

अध्यक्ष यादवले झण्डा कपडा मात्र नभएको भन्दै त्यो सघर्ष र बलिदानीको बिम्व भएको प्रष्ट पारे । अध्यक्ष यादवले यस्तो भनेर अनुशासनहिन काम गर्ने नेतृत्वको पुतला र झण्डा जलाउनेहरु प्रति पार्टीले कन्शेसन नदिने संकेत समेत गरे ।


एक ठाउमा सैयो मान्छे मिलेर रथ तान्दै थिए । रथ तान्ने क्रममा रथको चक्कामा कुकुर पनि फस्यो तर संयौ मान्छेको जोडबलमा रथ गुडिरह्यो ।  रथको चक्कामा फसेको कुकुर भने रथ आफनै कारणले गुडिरहेको ठान्दथ्यो तर त्यो कुकुर त्यही रथको चक्काले किचिएर मरेको कथा भन्दै अध्यक्ष यादवले पार्टी भित्र यस्तै कुकुर प्रवृति देखिएको तर त्यो आफै सकिने बताए ।

अध्यक्ष यादवले कुकुर र रथको प्रतिकात्मक कथा भनेर पार्टीको हित  बिकास र अग्रगती आफना कारणले भएको सोच्ने कुकुर प्रवृतिले उभो नलागिने प्रष्ट भएको सन्देश दिए ।

पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमंत्री लालबाबु राउत लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन जिल्ला सचिव तवरेज अहमदे गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.