logo

सीमामा रोकिएकालागि अन्तिम पटक प्रवेश दिइने ,लकडाउनलाई सहयोग गरेकोमा जनतालाई धन्यवाद

      3/24/2020 गते 00 00 मा प्रकाशित     869   पटक पढिएको

बीरगंज ११ चैत । कोरोना भाइरसको संक्रमण फैलीन नदिन सरकारले लक डाउनको निर्णय गरेपनि भारतसंग सीमा जोडिएका नाकाहरुमा स्वदेश आउने नेपालीहरु रोकिएकोमा सरकारले आज अन्तिम पटककालागि नेपाल प्रवेशको अनुमती दिने निर्णय गरेको छ । कोरोना रोकथाम उच्च स्तरीय समितिको आज अपरान्ह बसेको बैठकले यस्तो निर्णय गरेको हो । 
सीमामा जम्मा भएका नागरिकलाई प्रदेश सरकार र स्थानीय सरकारको संयोजनमा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने बयवस्था गरि नेपाली भएको प्रमाण हेरेर अन्तिम पटककालागि नेपाल प्रवेश दिने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा प्रविधी मंत्री डा.युवराज खतिवडाले बताउनु भयो । 
समितिले लकडाउन गर्ने सरकारी निर्णयलाई आम नेपाली नागरिकले मानेर सहयोग गरेकामा सरकारले धन्यवाद दिने निर्णय गरेको छ । आफूपनि सुरक्षीत हाऔ र अरु पनि सुरक्षीत हुने अवस्था बनाउने उद्धेश्यले सरकारले आव्हान गरेको लकडाउनलाई समर्थन गरेर सहयोग गर्नु भएकोमा नेपाली जनतालाई सरकारले धन्यवाद दिएको हो । 

बजारमा स्वास्थय समाग्रीको आपूर्ती नभएकोले निजी क्षेत्रलाई छिटो छरितो त्यस्ता सामाग्रीको आयातकालागि ल्याउन चाहनेलाई सरकारले सबै प्रकारको सहयोग गर्ने भएको छ । सरकार नजिी क्षेत्रका ब्यवसायीसंग समन्वय गरेर स्वास्थ्य समाग्रीको आपूर्ती ब्यवस्था मिलाउन सरकारले सबै सहयोग गर्ने र सामाग्रीको आपूर्ती मिलाउने डा. खतिवडाले बताउनु भयो ।  उहाँले छिटो र छरितो रुपमा बिदेश बाट सामाग्री ल्याउकालागि हवाई यातायातको आवश्यकता परेपनि  सरकार त्यो समेत ब्यवस्था गर्न तयार रहेको बताउदै ब्यवासायीहरुलाई आगाडि आउन उहाँले आग्रह गर्नु भयो । 
कोरोना भाइरसको नियन्त्रणकालागि सरकारले केन्द्रीय कोषको स्थापना गरेकोमा अव त्यही कोषमा रकम जम्मा गर्न सरकारले निर्देश गरेको छ । यस कुनै संघ संस्थाले कोष निर्माण गरेको भएपनि कोष निर्माण गरेको संस्था र आफना मातहताका कर्मचारीबाट मात्र रकम जम्मा गर्नु र त्यो रकम एक हप्ता भित्र केन्द्रीय कोषमा जम्मा गर्नु पर्ने ब्यवस्था गरिएको डा. खतिवडाले जानकारी दिनु भयो ।उहाँले बीरगं अस्पताल काठमाण्डौ र बि.पी. कोइराला मेमोरीयल बिज्ञान प्रतिष्ठान धरानमा  यन्त्र उपकरणको तत्काल जडान गर्ने र त्यो संचालनमा नआउदा सम्म केन्द्रीय प्रयोगशाला टेकुमै  परिक्षण गराउने निर्णय गरेको छ । सरकारले कोरोना भाइरसको परिक्षणकोलागि प्रदेश स्तरमा समेत प्रयोगशाला निर्माणको नीति लिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.