logo

सांसद यादवलाई सात सवाल, तीन दिन भित्र जवाफ दिन पार्टीको निर्देश

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १३ गते ००: ०० मा प्रकाशित     958   पटक पढिएको

जनता समाजवादी पार्टीले आफ्ना सांसद प्रदीप यादवलाई तीन दिने स्पष्टीकरण सोधेको छ । यादवलाई पार्टीले ७ वटा प्रश्न लेखेर तीन दिन भित्र त्यसको जवाफ दिन निर्देश गरेको छ ।

 

गठबन्धन सरकारको मंत्रीमण्डल बिस्तारमा जसपाबाट मंत्रीमा आफनो नाम समावेश नगरिए पछि यादवले बिभिन्न संचार माध्यम मार्फत पार्टी नेतृत्व बिरुद्ध अभिब्यक्ति दिएका थिए ।

 

उनका सर्मथकहरुले पार्टीको पर्सा जिल्ला कार्यालय र काठमाण्डौको वालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा तालाबन्दी तोडफोड पार्टीको झण्डा जलाउने,पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाउने प्रर्दशन गर्ने क्रियाकलापहरु गरेका थिए । पार्टीले यि सबै काम सांसद यादवको निर्देशनमा भएको ठहर गर्दै उनलाई सात बुंदे स्पष्टीकरण सोधेको पार्टीका उपमहासचिव प्रकाश अधिकारीले जारी गरेको पत्रमा उल्लेख छ । 

 


मंत्री परिषदमा सामेल हुन नपाएको अवस्थामा संचार माध्यमबाट बाट किन अर्मादित अभिब्यक्ति दिनु भयो ?पार्टी निर्णयमा चित्र नबुझे पार्टी भित्र प्रक्रिया अनसार कुरा राख्न छाडेर अनुशासनहीन तथा उच्छृखंल काम किन गरेको ?पार्टीको झण्डा ,पार्टी बोर्ड जलाउने  र पार्टी कार्यालय किन तोडफोड गरेको गर्न लगाएको ?पार्टी मूर्दावाद जस्ता नारालाई के भन्ने ? पार्टी अध्यक्षको पुतला जलाउने र मूर्दावाद जस्ता अशोभनिय काम किन गरेको गर्न लगाएको ?तपाईले गराएको काम र अभिब्यक्ति पार्टी पद्धती बिरुद्ध छ की  छैन  ? र अन्त्यमा तपाईलाई पार्टीले कारवाही किन नगर्ने ? भनेर सात सवाल पार्टीले सांसद यादवलाई सोधेको छ । 


कार्तिक ११ गते लेखिएको पत्रमा  तीन दिन भित्र स्पष्टीकरणको जवाफ लेख्न पार्टीले सांसद यादवलाई निर्देश गरेको छ । पार्टीले सोधेको सात सवाल निकै अर्थपूर्ण रहेका छन । 


सासद यादवलाई यो भन्दा अगाडि २०७६ असोजमा  पनि पार्टीले पार्टीको नीति बिपरित काम गरेको भन्दै पार्टी सदस्यता समेतबाट निलम्बन गरेको थियो । 


पूर्वी युरापेली मुलुक लाटभियाको राजधानी रिगामा ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टरियन अन फ्रि तिब्बत’को सम्मेलन ०७६ बैशाख २४ देखि २७ सम्म भएको थियो । सो सम्मेलनमा सासँद यादव सहभागी भएका थिए  ।

नेपालले एक चीन नीति अवलम्बन गर्दै आइरहेको छ र तिब्बतलाई स्वतन्त्र देश मान्दैन । सांसद यादवले पार्टीलाई समेत थाहै नदिई लाटभिया सम्मेलनमा भाग लिएका थिए । 

सांसद यादव सो सम्मेलनमा सहभागी भएको खुलेपछि समाजवादी पार्टीले एक विज्ञप्ति दिँदै पार्टीको सहमति बेगर उनी लाटभिया सम्मेलनमा सहभागी भएको बताएको थियो । लगत्तै प्रदीपलाई स्पष्टिकरण सोधिएको थियो । उनको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीले निलम्बन ६ महिनाकालागि सदस्यता समेतबाट निलम्वन गरेको थियो । यादव त्यतिवेला पार्टीको पर्सा जिल्लाको अध्यक्ष समेत रहेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.