logo

रुङगटामा कोभिड १९ को संक्रमण छैन, परिवारले राहत महशुस गर्दै,त्रास फैलाउने उद्धेश्य होइनः सासद यादव

      3/22/2020 गते 00 00 मा प्रकाशित     1317   पटक पढिएको

बीरगंज ९ चैत । 
पर्साका क्षेत्र नं १ का सांसद प्रदीप यादवले आफनो फेसबुक स्टाटसमा आज दिउसो बीरगंजका खाद्य ब्यापारी शिव रुङगटामा कोमिड १९ को संक्रमण देखिएको र उहाँको पटनामा उपचार भइरहेको लेख्नु भयो ।

 

जनताबाट निर्वाचित साँसदले नै सामाजिक संजालमा स्टाटस लेखेपछि पत्रकारहरुकालागि त राम्रो सूचना हुनै नै भयो । समाचार बन्यो  । यता सामाजिक संजालमा पोष्ट गरिएको स्टाटस पाँच मिनेट पुग्दा नपुग्दै साँसद यादवले डिलिट गर्नु भयो ।

 

तर त्यही पाँच मिनेटमा अनेकौले कैयौं स्क्रिन सट गरि सकेका थिए । राती पौने १० बज्दा नबज्दै रुङटामा कोभिड १९ को संक्रमण नरहेको रिपोर्ट आयो । अनि साँसद जस्तो मान्छेले यस्तो हल्का फेसबुकबाजी किन गरे भन्ने प्रश्न उठन थाल्यो । साँसदको सूचना झूठो पनि भन्न र लेख्न समेत भ्याइयो ।

 

साँसद जो जनताको सुख दुःखको साथी हुनु पर्ने बिश्वब्यापी संकटकाल भेली रहेका आफना नागरिकमा आतंक सृजना गर्ने काम किन गरे ? यि यस्ता दअनेको प्रश्न उब्जे । हामीले साँसद यादवलाई यिनै प्रश्न राख्यौ । परिवारका सदस्यले नै मलाई त्यस्तो सूचना दिएको हुनाले भाइरसको संक्रमणबाट जोगिनकालागि सर्तकर्ता अपनाइयोस भन्ने उद्धेश्यले आफूले सामाजिक संजालमा लेखेको उहाँको भनाई छ  । बेलुका रिपोर्ट नेगेटिभ आयो नी भन्ने जिज्ञासा साँसद यादवले रिपोर्ट नेगेटीभ आकोले मलाईपनि राहत नै महशुस भएको छ उहाँले भन्नु भयो “मेरो उद्धेश्य संत्रास फैलाउने थिएन बच्ने उपायका बारेमा छलफल होस र त्यसलाई लागू गर्ने वतावरण बनेस भन्ने थियो । उहाँले नकारात्मक सहि केही न केही पूर्व तयारीकलागि सक्रिय हुने काम त्यो स्टाटसले गरेको उहाँको बुझाई छ । मैले नराखेको भएपनि हुन्थ्यो भन्ने लाग्यो र लगतै हटाए कहिले काही गरिने गल्तीले पनि ठिक परिणाम दिन्छ यसलाई त्यही रुपमा लिनु पर्छ जस्तो लाग्छ  उहाँले भन्नु भयो । 
बीरगंजका खाद्य ब्यवसायी शिव रुङटाको पटना स्थित अस्पतालमा भएको परिक्षण बाट उहाँमा कोभिड १९ को संक्रमण देखा नपरेको अर्थात नेगेटिभ रिपोर्ट आएको उहाँका भाई सुरेश रुङटाले जानकारी दिनु भएको छ । 

 


राजेन्द्र प्रसाद इन्स्टीच्यूट अफ मेडिकल साइन्स अगामकौन पटनामा आज भएको परिक्षणमा कोभिड १९ नेगेटिभ देखिएको हो । यस अघि उहाँ ७ गते पटनाको पिएमसिएच अस्पतालमा  भर्ना हुनु भएको थियो । आज दिउसो उहाँमा कोभिड १९ को संक्रमण देखा परेको भन्दै समाचार सार्वजनीक भएको थियो ।

 

रुङगटाको बिषयमा अन्तिम रिपोर्टको जाँच पूनेमा हुने र त्यसको रिपोर्ट भोली सोमवार सम्म आउने कुरा परिवारले सार्वजनीक गरेको थिए । तर आइतवार नै नेगेटीभ रिपोर्ट आएकोमा कसरी सम्भव भयो भन्ने स्वाभिक प्रश्न उठेको छ । रिपोर्टमा उल्लेख भएको उमेर नामले पनि सशय पैदा गरेको भन्दै कतिपयले संशय निरुपण हुने गरि प्रष्ट पारिनु पर्ने बिचार समेत ब्यक्त गरेका छन । 

 


समाचार प्रकाशमा आएपछि बीरगंजको जनजीवन एकाएक त्रसित भएको छ । छुटफूट रुपमा खुलेका दोकानहरु बन्द भएका थिए । बजारमा चहल पहल त कम थियो नै संक्रमण फेला परेको समाचार सार्वजनीक भएपछि मान्छेहरु आफना निवास तर्फ लागेका थिए । 

 


रुङटा आफन्तको बिवाहमा भाग लिन केही दिन अगाडि भारतको कोलकोता जानु भएको थियो । कोलकोता बाट दिल्ली हुदै एक हप्ता अगाडि बीरगंज आउनु भएका रुङटालाई बीरगंज बसाई छ दिन पछि ज्वरो आएको थियो । त्यही ज्वारोको उपचारकालागि पटना जानु भएका रुङगटामा अस्पतालले नै पचास प्रतिशत कोरोना संक्रमण भएको तर अन्तिम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने भन्दै आशंका गरेको परिवारका सदस्यले जनाएका छन ।

 

तर पछिल्लो रिपोर्ट आएपछि परिवारका सदस्य ढुक्क भएका छन । शिव रुङगटाका भाई सुरेश रुङगटाले रिपोर्ट नेगेटिभ आयो परिवारले राहत महशुस गरेका छौ भन्नु भयो । रुङगटामा कोरोना संक्रमणको हल्ला हुनासाथ स्थनीय प्रशासनले आफनो सक्रियता बढाएको थियो ।

 

परिवपारका सदस्यलाई सेल्फ क्वारेन्टाइनमा राख्ने उनीहरुलाई चिकित्सक सहितको टोलीद्वारा काउन्सेलीङ गर्ने काममा स्थानीय प्रशासनले तदारुकता देखाएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की नेतृत्वको स्थानीय प्रशासनको टोली अहिले रातको समयमा पनि सीमामा आवश्यक ब्यवस्थापनमा खटेको छ ।

 

स्थानीय प्रशासनले बीरगंज रक्सौल सीमा समेत बन्द गर्ने सम्मको तयारी गरेको बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिनु भयो । उहाँले सक्रमण देखा परेको  बिषयले निकै तनाव भएकोमा अव राहत मिलेको बताउनु भयो । रिपोर्ट नेगेटिभ आएपछि राहत भएको छ  उहाँले भन्नु भयो “निकै बेचैनी भएको थियो सम्पूर्ण लक डाउनमा जाने तयारीमा हामी छौ लकडाउनमा गएपनि जुन चिन्ता रुङटामा संक्रमण देखिएको बिषयले 
सृजना भएको थियो त्यो नेगेटिभ देखिनाले निकै राहत भएको उहाँको भनाई छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.