logo

सीमावर्ती क्षेत्रमा कोरोनाको त्रास, अधिकांश सीमा नाका बन्द  

      3/22/2020 गते 00 00 मा प्रकाशित     1084   पटक पढिएको

वीरगन्ज, ९ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको सीमावर्ती सहरमा त्रास फैलिएको छ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा पनि कोरोनाको संक्रमित व्यक्तिको मृत्युपछि नेपालको सीमाक्षेत्रका जनता पनि त्रसित भएका हुन् । भारततर्फ पनि २२ मार्च अर्थात चैत ९ गते नै एकदिन ‘जनता कफर््यु’ घोषणापछि सीमावर्ती सहर रक्सोल पनि सुनसान भएको छ ।

दैनिक लाखौं संख्यामा रेल मार्फत यात्रा गर्ने यात्रुहरु आईतबार रेलवे स्टेशनमा एकजना पनि देखिनन् । सधैं भीड हुने गरेको रेल स्टेशन आईबार भने सुनसान देखिन्थ्यो । यहीबीचमा भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । दुबै मिर्गौला काम नलाग्ने भएर बिहारको राजधानी सहर पटानाको एक्स अस्पतालमा उपचार गराईरहेको ३८ वर्षीय सैफ अली नाम गरेका पुरुषको ज्यान गएको हो ।

कतारबाट फर्किएका उनको दुबै मिर्गौला काम नलाग्ने भएर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनको शनिबार विहान मृत्यु भएको थियो । उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । विहारमा पनि कोरोनाको काराणले मृत्यु भएको खबरपछि विहारसँग सीमा जोडिएका प्रदेश नम्बर २ कोरोनाको उच्च जोखिममा रहेको छ ।

कोरोना संक्रमण फैलिन नदिन प्रदेश २ का सीमानाकाहरु बन्द गरिएको छ । केहीलाई मात्र खुल्ला राख्दै अधिकांश सीमा नाकाहरु आइतबार बिहानैदेखि बन्द गरिएको हो । सप्तरीका कुल आठमध्ये ७ वटा सीमानाका बन्द गरिएको छ । सिरहामा दुईबाहेक सबै सीमा नाका बन्द गरिएको छ । माडर र ठाडीबाहेक सबै सीमानाका बन्द गरिएको छ ।

धनुषामा ३७ बाहेक ३५ वटा सीमा नाका बन्द गरिएको छ । महोत्तरीमा एकनाका बाहेक सबै सीमानाका बन्द गरिएको छ । जिल्लाको भिठामोड बाहेकका नाका बन्द गरिएको प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णहरि पुष्करले जानकारी दिए । उनका अनुसार सर्लाहीमा पनि दुई वटा सीमानाका मात्रै खोलिएको छ । रौतहटमा एक वटा नाका मात्रै खोलिएको छ । बाराका ५ वटा सीमा र पर्सामा एक बाहेक सबै सीमा बन्द गरिएको छ ।

रक्सौलबाहेकका सबै सीमानाका बन्द गरिएको हो । कोरोना भाइरस छिमेकी देश भारतमा समेत आइसकेका कारण उच्च सतर्कता अपनाउन सबै जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकले यस्तो निर्णय गरिएको हो । नाका बन्द गरिएपनि सीमावर्ती सहरका स्थानीय र अस्पतालहरुमा भने कोरोनाको त्रास झन बढेको छ । सीमानाकामा स्वास्थ्य परिक्षण गराएर भित्रिएकाहरुलाई पनि केही दिनपछि बिरामी हुने र उपचारका लागि अस्पतालमा जाँदा अस्पतालका स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु नै कोरोनाको त्रासले उपचार गर्न डराउने गर्दा झन त्रास बढेको हो । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.