logo

महामारी नियन्त्रण तथा ब्यवस्थापनमा संचार माध्यमको भूमिका महत्वपूर्ण रहयोः महानगरप्रमुख सरावगी

 इसीमाना सम्बाददाता      २०७८ असोज २० गते ०४: ०६ मा प्रकाशित     694   पटक पढिएको


वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले कोरोना संक्रमण जस्तो महामारीमा सामुदायिक रेडियो सहितका संचार जगतले उल्लेखनीय भुमिका खेलेको स्मरण गरेका छन । बीरगंजको होटेल भिषूवामा आयोजीत सामुदायिक रेडियोमा कोभिड महामारीको प्रभाव बिषयक कार्यशाला गोष्ठी महानगरप्रमुख सरावगीले यस्तो बताएका हुन । 

 


 वीरगन्जको होटेल भिस्वामा सामुदायिक रेडियो नारायणी एफएमको आयोजनामा र अर्माक एशिया प्रशान्त कार्यालयको सहयोगमा सामुदायिक रेडियोमा कोभिड महामारीको प्रभाव बिषयक कार्यशाला गोष्ठी बोद्यै महानगर प्रमुख सरावगीले  महामारी नियन्त्रण र ब्यवसपनमा  संचारमाध्यमको भुमिका र सहयोग महत्वपूर्ण रहेको बताए ।

 

उनले बीरगंज महानगरले कोराना भाइरसको संक्रमणको चेन रोकथामकालागि बिकास गरेको बीरगंज मोडेलमा संचार माध्यमले गरेको सहयोगको खुलेर प्रश.सा गरे । सरावगीको नेतृत्वमा बीरगंज महानगरले आइसोलेशन निर्माण गरेर नागरिको जीवन रक्षाको महान काम गरेको थियो ।

 

महानगरप्रमुख सरावगीले कोरोना संक्रमणको महामारीमा स्थानीय सरकारलाई प्रदेश र संघ सरकारले केहि सहयोग नगरेको गुनासो गर्दै त्यो बिषयलाइृ उजागर गर्नेमा पत्रकारको महत्वपुर्ण भुमिका रहेको जिकिर गरे ।

 

कार्यशालामा सहभागी प्रदेश २ को महोतरी देखि पर्सा सम्मका सामुदायिक रेडियोका संचालक र पत्रकाहरुले कोरोना महामारीमा भोग्नु परेका समस्या र अनुुभवलाई सुनाएका थिए ।

 

कार्यशालामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने ,सामुदायिक रेडियो प्रशारक संघका प्रदेश २ उपाध्यक्ष उपासना तिवारी ,नेपाल पत्रकार महासंघका प्रदेश २ का महासचिव श्याम बन्जारा ,पर्सा शाखाका अध्यक्ष अनुप तिवारी ,लगायतकाले आफ्ना अनुभव सुनाएका थिए । कार्यशालाको सहजीकरण सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.