logo

महामारी नियन्त्रण तथा ब्यवस्थापनमा संचार माध्यमको भूमिका महत्वपूर्ण रहयोः महानगरप्रमुख सरावगी

 इसीमाना सम्बाददाता      २०७८ असोज २० गते ०४: ०६ मा प्रकाशित     763   पटक पढिएको


वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले कोरोना संक्रमण जस्तो महामारीमा सामुदायिक रेडियो सहितका संचार जगतले उल्लेखनीय भुमिका खेलेको स्मरण गरेका छन । बीरगंजको होटेल भिषूवामा आयोजीत सामुदायिक रेडियोमा कोभिड महामारीको प्रभाव बिषयक कार्यशाला गोष्ठी महानगरप्रमुख सरावगीले यस्तो बताएका हुन । 

 


 वीरगन्जको होटेल भिस्वामा सामुदायिक रेडियो नारायणी एफएमको आयोजनामा र अर्माक एशिया प्रशान्त कार्यालयको सहयोगमा सामुदायिक रेडियोमा कोभिड महामारीको प्रभाव बिषयक कार्यशाला गोष्ठी बोद्यै महानगर प्रमुख सरावगीले  महामारी नियन्त्रण र ब्यवसपनमा  संचारमाध्यमको भुमिका र सहयोग महत्वपूर्ण रहेको बताए ।

 

उनले बीरगंज महानगरले कोराना भाइरसको संक्रमणको चेन रोकथामकालागि बिकास गरेको बीरगंज मोडेलमा संचार माध्यमले गरेको सहयोगको खुलेर प्रश.सा गरे । सरावगीको नेतृत्वमा बीरगंज महानगरले आइसोलेशन निर्माण गरेर नागरिको जीवन रक्षाको महान काम गरेको थियो ।

 

महानगरप्रमुख सरावगीले कोरोना संक्रमणको महामारीमा स्थानीय सरकारलाई प्रदेश र संघ सरकारले केहि सहयोग नगरेको गुनासो गर्दै त्यो बिषयलाइृ उजागर गर्नेमा पत्रकारको महत्वपुर्ण भुमिका रहेको जिकिर गरे ।

 

कार्यशालामा सहभागी प्रदेश २ को महोतरी देखि पर्सा सम्मका सामुदायिक रेडियोका संचालक र पत्रकाहरुले कोरोना महामारीमा भोग्नु परेका समस्या र अनुुभवलाई सुनाएका थिए ।

 

कार्यशालामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने ,सामुदायिक रेडियो प्रशारक संघका प्रदेश २ उपाध्यक्ष उपासना तिवारी ,नेपाल पत्रकार महासंघका प्रदेश २ का महासचिव श्याम बन्जारा ,पर्सा शाखाका अध्यक्ष अनुप तिवारी ,लगायतकाले आफ्ना अनुभव सुनाएका थिए । कार्यशालाको सहजीकरण सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.