logo

कोरोना अवसर र चुनौतीका बिषयमा बहस, भाइरसको संक्रमण हुन नदिन आफै सर्तक हुनु उत्तम उपाय

      3/21/2020 गते 00 00 मा प्रकाशित     1208   पटक पढिएको


बीरगंज ८ चैत । 
बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले कोभीड १९ को संत्रास नेपालीकोलागि अवसरको रुपमा समेत आएको बताउनु भएको छ ।

 

लिभिङ विथ इन्भारमेन्ट भोलन्टीयर र बीरगंज उधोग बाणिज्य संघले संघको सभाकक्षमा आज आयोजना गरेको कोरोना भाइरस अवसर चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम उहाँले यस्तो बताउनु यएको हो ।

 

उहाँले भाइरसका कारण हाम्रो जीवनको आनीबानीमा परिर्वतन आएको चर्चा गर्दै उहाँले अप्रेशन थिएटरमा जादा स्यानीटाइजर चिकित्सकले लगाउथे अव आम मान्छेले लगाउनु पर्ने रहेछ भन्ने बुझ्न थालेको बताउनु भयो । 
उहाँले कोरोना भाइरसको उच्च जोखिममा बीरगंज रहेको चर्चा गर्दै भाइरसको संक्रमणबाट जोगिन आफै सर्तक हुनु पर्नेमा जोड दिनु भयो । संक्रमण देखियो भने त्यसलाई नियन्त्रण गर्न र संक्रमीतहरुकालागि उपचारको ब्यवस्था गर्न बीरगंजमा करिव १ सय बेडको आइसोलेशन वार्ड निर्माण गरिएको उहाँले जानकारी दिनु भयो । बीरगंजको केडिया डेन्टल अस्पताललाई आइसोलेशन वार्डको रुपमा प्रयोग गर्ने तयारी भएको जानकारी दिदै उहाँले आवश्यक परे बीरगंजका अन्य स्थानमा पनि आइसोलेशन वार्ड बनाउन सकिने  बताउनु भयो । उहाँले स्रोत र साधनको अभावको चर्चा गर्दै सबै भन्दा उत्तम उपाय भाइरसको संक्रमण हुन नदिन आफै सर्तक हुने र हातको सरसफाईमा ध्यान दिन आम नगरवासीलाई अपिल गर्नु भयो । 


कार्यक्रममा नारयाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय, डा. निरज सिंह , डा.लक्ष्मी थापाले कोभीड १९ नाम रहेको कोरोना भाइरसले अहिले संसारमा पारेको प्रभाव,त्यसको सर्ने प्रवृति लक्षण त्यसबाट बच्ने उपायहरुको सन्दर्भमा बिस्तृत चर्चा गर्दु भएको थियो । 


कार्यक्रममा सहभागीहरुले आफना जिज्ञासाहरु पनि राख्नु भएको थियो । सहभागीको जिज्ञासाको जवाफ दिदै मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले संक्रमीत ब्यक्तिको बारेमा टेष्ट गर्नकालागि नारयाणी अस्पतालमा किट उपलब्ध रहेको जानकारी दिनु भयो । 


डा.निरज सिंहले कोरोना भाइरसको संक्रमण र त्यसका कारण ज्यान गुमाउनेहरुको तथ्याकको बिश्लेषण गर्दै पाका उमेरका र दीर्घरोगका बिरामीहरुले बढी ज्यान गुमाउने परेको बताउनु भयो । उहाँले हातका माध्यमले भाइरसको संक्रमण फैलिने चर्चा गर्दै हातको सफाईमा ध्यान दिने र मुख,नाक आखाको सम्पर्कमा हातलाई जान नदिनेमा ख्याल राख्नु पर्ने बताउनु भयो ।

उहाँले कपडामा ९ घण्टा,मेटलमा १२ घन्टा सीसामा त्यो भन्द बढी समय सम्म भाइरस जीवीत रहने चर्चा गर्दै चीनमा सबैभन्द बढी लिफ्ट,एस्कालेटरको प्रयोग गर्दा हातको असवाधानीका कारण संक्रमण फैलिएको बताउनु भयो ।

 

उहाँले संक्रमणबाट जोगिन जीवनशैलीमा परिर्वतन ल्याउनु पर्ने कुरा मा जोड दिनु भयो । डा.लक्ष्मी थापाले खानपानमा पनि ध्यान दिन आवश्यक रहेको चर्चा गर्नु भयो ।

 

उहाँले राम्रो र स्वास्थ तरिकाले हात धुने कुरा त घरपरिवारबाटै शुरु गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले कोरोना भाइरसको संक्रमण हुने बित्तिकै तवाही मचिन्छ भनेर सोच्नु र त्यो खालको प्रचार हुनु बेठीक रहेको बताउदै भाइरसको संक्रमण हुदैमा मान्छे नमर्नै त्यो निको हुने गरेको तथ्याक रहेको बताउनु भयो । 

 


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका बीरगंज महानगर अध्यक्ष रहवर अन्सारीले यो संकटबाट पार पाउनकालागि सबै जना एक हुन आवश्यक रहेको चर्चा गनुृ भयो । उहाँले भन्नु भयो एक अर्का प्रति सहयोगी बनौ संकटको सामना गर्न आफै पहलकदमी लिने काम गरौ । 


नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले कोरोना भाइरसले अवसर पनि ल्याएको चर्चा गर्नु भयो ।

 

उहाँले निष्क्रिय  रहेको सार्क कोरोना भाइरसको कारण सक्रिय हुन खोजेको चर्चा गर्दै लक डाउनको अवस्था आएमा आफनो आवश्यकताको आपूर्ती आफैले उत्पादन गर्नु पर्ने अवस्थाको सृजना नेपालीकालागि अवसरको रुपमा रहने बताउनु भयो ।

सामुदायीक एकता जीवनको आनीबानीमा परिर्वतन कोरोनाले नेपालीकालागि जन्माएको अवसर भन्दै अव त्यसलाई जीवनपद्धती बनाउनु पर्नेमा जोड दिनु भयो ।

रोहीत वरनवालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राजन श्रीवासतवले गर्नु भएको थियो । कार्यक्रममा सीमीत सहभागिहरु थिए । उनीहरु ३ फिटको दुरीमा राखिएको कुर्सीमा बसेका थिए ।

कार्यक्रम स्थलमा प्रवेश गर्ने बित्तिकै स्वयसेवकहरुले स्यानीटाइजर दिएर हात सफा गर्न लगाएका थिए भने आयोजकले सबैलाई मास्क बितरण गरेको थियो ।

 

कार्यक्रमका माध्यमले कोरोना भाइरसको डर पैदा गर्ने भन्दा पनि त्यसको बारेमा सहि र सत्य कुरा आम जनताको बव्चमा पु¥याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको लिभिङ विथ इन्भारन्मेन्टका केन्द्रीय अध्यक्ष आकाश चौहानले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.