logo

सीमावर्ती नेपालका अस्पतालहरुमा कोरोनाको त्रास बढी

      3/20/2020 गते 00 00 मा प्रकाशित     1044   पटक पढिएको

वीरगन्ज, ७ चैत । विश्वभर फैलिएको कारोना भाईरस (कोभिड–१९) को त्रास नेपालका सीमावर्ती सहरका अस्पतालहरुमा देखिाएको छ ।  

नेपालको वीरगन्ज नाकाहुदै भारतबाट आउने व्यक्तिहरुको सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा थर्मल स्क्यानिङ गरेर तापक्रम मापन गरेपनि त्यस्ता व्यत्तिहरुमा कोरोना भाईरसको संक्रमण छ कि छैन भन्ने जानकारी नहुने र बिरामी भए अस्पतालमा भर्ना हुने हुँदा सीमावर्ती वीरगन्जका अस्पतालहरुमा यसको संक्रमण फैलन सक्ने संभावना बढी रहेकोले पनि जोखिम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सीमा नाकामा परिक्षण नगराई भारतबाट आएका व्यक्तिहरु बिरामी भए अस्पताल भर्ना हुने र उनीहरुमा कोरोनाको लक्षण जस्तै मिल्दोजुल्दो लक्षणहरु देखा पर्ने गरेकोले त्यस्ता बिरामीहरुको उपचारमा चिकित्सकहरु समेत पन्छिने गरेको अस्पताल स्रोतले जनाएको छ ।

वीरगन्ज हेल्थ केयर अस्पतालमा एकजना चिकित्सककै आफन्त बिरामी भर्ना भएकोमा भर्ना भएका बिरामीलाई उपचार गर्न चिकित्सक नै डराएपछि अन्यत्र रिफर गरेको अस्पतालमा कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा जानकारी दिए । केहीदिन पहिले वीरगन्जभन्दा बाहिर बस्दै आएका एक युवकले आफै नारायणी अस्पतालमा आएर स्वास्थ्य परिक्षण गराएपछि कोरोनाको आशंका रहेको भन्दै अफवाह फैलिएको थियो ।

यसले आम सर्वसाधारणलाई भने निकै भयभीत बनाएको थियो । अहिले भारतमा अध्ययनका शिलशिलामा गएका र कामको शिलशिलामा गएका अधिकांश नेपालीहरु फर्किएका र कतिपय भारतीय नागरिकहरु पनि झुक्याएर नेपालका अस्पतालहरुमा भर्ना हुने गरेका कारणले पनि वीरगन्जका अस्पतालहरुमा कोरोनाको त्रास छाएको हो ।

सामान्य रुघाखोकी र ज्वरो आउँदा नआत्तिन चिकित्सकहरुले आग्रह गरेपनि अस्पतालमा भर्ना हुने व्यक्तिहरुले रोग लुकाउन सक्ने सम्भावना रहने हुँदा बढी जोखिम रहेको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बताएका छन् । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.