logo

अखाद्य चिनी आयात गर्ने र भन्सार पास गर्नेलाई कारवाहीको माग 

      3/13/2020 गते 00 00 मा प्रकाशित     1869   पटक पढिएको

वीरगन्ज, ३० फागुन । खान अयोग्य चिनी आयात गर्ने र भन्सार पास गर्नेलाई कारवाही गर्न उपभोत्ता हित संरक्षण मञ्च बाराले माग गरेको छ ।


फागुन ११ गते अनुष्का मल्टिप्रपोज कम्पनी प्रालि कागेश्वरी मनोहरा काठमाडौंको नाममा जलेश्वर भन्सार कार्यालयबाट तीनवटा ट्रकमा आयात गरिएका ७२ हजार केजी चिनीको उपभोग्य मिति समाप्त भएको चिनी भन्सार कर्मचारीको मिलेमतोमा जाँच पास गरिएको र मानवीय स्वास्थ्यमा खेलवाड गर्ने काम गरेको भन्दै आयातकर्ता र भन्सार जाँचपास गर्ने दुवैलाई कारवाही गर्न माग गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च बाराका अध्यक्ष नरेश कुमार मोदकले आज लिखित रुपमा जिल्ला प्रशासन कार्यालय बारामा कारवाहीका लागि माग गर्नुभएको हो । जलेश्वर भन्सार कार्यालयबाट जाँचपास भई फागुन २५ गते नै चिनी लोड भएको ट्रक हिडेको जानकारी उपभोत्ता हित संरक्षण मञ्चले जानकारी पाएर पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयमा मौखिक जानकारी गराएपछि  सोही दिन राति १ बजे दुईवटा र हिजो एउटा ट्रक नियन्त्रणमा लिएको थियो ।

खाद्य गुणस्तर आयात निर्यात प्रमाणीकरण कार्यालयले आयातका लागि अयोग्य प्रमाणित गरेर पठाउँदा पठाउँदै पनि जलेश्वर भन्सार कार्यालयले जाँच पास गरेर नेपालको संविधानले मौलिक हकको रुपमा व्यावस्था गरेको उपभोत्ता हित विपरीत काम गरी उपभोक्ता संरक्षणको उल्लंघन गरेको भन्दै कडा कारवाहीको माग गरेको छ ।

त्यस्तै अनुष्का मल्टिप्रपोज कम्पनी प्रालिलाई पनि उपभोत्ता हित संरक्षण ऐन २०७५ बमोजिम कडा कारवाही गर्न साथै तीन ट्रक चिनी राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट न्यून विजकीकरणको मुद्दाको फैसलापछि चिनी नियन्त्रणमा लिएर नष्ट गर्न समेत माग गरेको छ ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.