logo

होलीमा मासु व्यावसायीको मनपरीले सीमा नाघ्यो, उपभोक्ता भन्छन् राज्यविहिनताको महशुस भयो

      3/11/2020 गते 00 00 मा प्रकाशित     1376   पटक पढिएको

वीरगन्ज, २८ फागुन । मंगलबार होली परेपनि अधिकांशले माछामासु नखाने भएपछि बुधबार (आज) एकदिनपछि होली मनाएका तराईवासीले मासु पनि महंगोमा किन्नु परेको गुनासो गरेका छन् । बुधबार (आज) होली मनाउने भएपछि मासु किन्नेहरुको बिहानैदेखि मासु पसलहरुमा भीड लागेको थियो ।

माछामासु व्यवसायीहरुले भने चाडवाडको मौका छोपेर तोकिएको मूल्यभन्दा बढी मूल्यमा मासु विक्री वितरण गरिरहेको उपभोत्ताहरुले गुनासो गरेका छन् । यसअघि पनि  आपूmखुशी मूल्य निर्धारण गरेर खसीको मासु नौसय रुपैंया प्रतिकिलो विक्री गरेका मासु व्यवसायीहरुले आज होलीको मौका छोपेर एकसयदेखि दुईसय रुपैया बढी (एकहजारदेखि एघारसय सम्म) मा मासु विक्री गरिरहेको उपभोत्ताहरुले गुनासो गरेका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा बसेको उपभोक्तावादी संघसंस्था तथा सरोकारवालाहरुको बैठकले होलीमा माछामासुको मूल्य वृद्धि नगर्ने निर्णय गरेपनि स्थानीय प्रशासनको निर्देशन र निर्णयलाई समेत अटेर गर्दै माछामासु व्यवसायीहरुले मनलाग्दी मूल्यमा माछामासु विक्री गरिरहेका छन् । माछामासु व्यवसायीहरुले मनपरी ढंगले बढी मूल्यमा माछामासु विक्री वितरण गरिरहँदा पनि नियामक निकायले कारवाही गर्न नसकेकोमा उपभोत्ताहरुले भने व्यापक गुनासाहरु गरेका छन् ।

माछामासु व्यावसायीहरुले भने बजारमा अहिले मासुको माग बढेको र उपभोक्ताहरुको भीडबढी भएकोले आपूmखुशी उपभोक्ताले राम्रो मासु माग्दै सय पचास बढी दिएको बताएका छन् । आपूmखुशी मूल्य बढाएका माछामासु व्यवसायीहरुलाई होलीमा नौसय भन्दा बढीमा विक्री वितरण गर्न नपाउने निर्णय गरेपनि उनीहरुले आफैले लिखित सहमति जनाएको निर्णयको बर्खिलापमा उपभोत्तासँग बढी मूल्य लिएका छन् ।

उपभोत्तले महंगोमा मासु किन्न पर्दा समेत बजार अनुगमनमा भने सरोकारवाला निकाय मौन बसेका छन् । मुल्यबृदि गरेको जनगुनासो आएपछि यस सम्बन्धमा मासु व्यवसायी सघका सचिब ग्याँसु मिया देवानसङ्ग कुरा गर्दा उहाँले  मासु व्यवसायीलाई बढी मुल्य नलिई बिक्री गर्न भन्दा नमानेकोले प्रहरीलाई खबर गरि कार्वाही गर्न माग गरेको जवाफ दिएको उपभोक्ता हित संरक्षण मञ्च वीरगन्ज महानगरका अध्यक्ष अजित भुजेलले बताउनुभयो ।

उहाँले उपभोक्ता हित संरक्षण मञ्च बिरगंजले सबै नियमनकारी निकायसङ्ग सम्पर्क गर्दा कोही पनि जवाफदेही नदेखिएको बताउनुभयो । प्रशासनलाई जानकारी गराई सकेकोले अब उपभोक्ताले मासु खरिद गर्दा नौसय भन्दा बढी व्यावसायीले मागे नजिकको प्रहरीलाई उजुरी गर्न सक्ने भुजेलले बताउनुभयो ।

बजार अनुगमनमा स्थानीय तहको मात्रै दायित्व देखाएर संघीय सरकारको प्रतिनिधित्व गर्ने जिल्ला प्रशासन कार्यालय तथा जिल्लामा रहेका वाणिज्य तथा उभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायतका नियामक निकायहरुको पनि अनुगमनमा तदारुकता देखिएको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले भने चाडवाडको समयमा अनुगमनका लागि कर्मचारीहरु पनि नहुँदा बजारको अनुगमनमा प्रभाव परेको बताउनुभयो ।

उहाँले होलीमा कार्यालयमा कर्मचारी अभाव हुँदा अनुगमनमा पठाउन नसकिएको प्रतिक्रिया दिदै यसलाई नियमन गर्ने बताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्चले भने स्थानीय प्रशासनको उदासिनता र मासु व्यवसायीहरुको मनपरीतन्त्रको घोर विरोध गरेको छ । मञ्चका प्रदेश अध्यक्ष केसी लामिछानेले दिनदहाडै माछामासु व्यवसायीहरुले उपभोक्ता ठग्ने काम गर्दा पनि स्थानीय प्रशासनले कारवाही गर्न नसक्नु दुखद भएको बताउदै चाडवाडको नाममा उपभोक्ता ठग्ने व्यवसायीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरेका छन् । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.