logo

बिकास आयोजनाको छनौट र त्यसको प्रथामिकता निर्धारणकालागि जनताको सहभागिता सुनिश्चत गर्न आवश्यकः प्रमुख सरावगी

 इसीमाना सम्वाददाता     २०७८ असोज १ गते ०९: ४९ मा प्रकाशित     866   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले लोकतन्त्रको प्रतिफल नागरिकको घर दैलोमा पुर्याउने दायित्व जनप्रतिनिधिमा रहेको बताएका छन ।

 

टोल बिकास संस्थाको निर्माण अवधारण र अभ्यास सम्बन्धी एक दिने अभिमूखीकरण कार्यक्रमको शुक्रवार बीरगंजमा उद्धघाटन  गर्दै प्रमुख सरावगीले यस्तो बताएका हुन । 


वडाको बिकास आयोजनाको छनौट र त्यसको प्रथामिकता निर्धारणकालागि जनताको सहभागिता सुनिश्चत गर्न आवश्यक रहेको चर्चा गर्दै त्यसकालागि टोल बिकास संस्थाहरु निकै लाभदायी हुने स्पष्ट पारे । 

 


अहिले योजनाको छनौट आफनै तालमा गरिएको पाइएको छ । नागरिकका गुनासा आउने गरेका छन । आयोजना छनौटको एउटा प्रक्रिया स्थानीय तह संचालन ऐनले निर्दिष्ट  गरेको पनि छ ।

 

त्यसलाई कार्यान्वयन गर्न नागरिकको सहभागिता गर्न आवश्यक रहेको भन्दै प्रमुख सरावगीले योजना छनौटमा नागरिकको सहभागिता हुदा मात्र तल सम्म लोकतन्त्रको उपलब्धीको अभ्यास भएको ठहर हुने चर्चा गरे ।

 

बिकास निर्माणका काममा जनताको सहभागिताकोलागि टोल बिकास संस्थाको महत्वपूर्ण भूमिका हुने भन्दै सरावगीले टोल बिकास संस्था वडा कार्यालयको सहयोगी संस्थाको रुपमा रहेको बताए ।

 

उनले वडाध्यक्ष र सचिवहरुलाई टोल बिकास संस्थाको निर्माण मार्फत बिकास शान्ति र सुरक्षाको वतावरण बनाउने काममा ध्यान दिन आग्रह गरे । 


बीरगंजमा रहेका बिभिन्न टोल बिकास संस्थाले गरेको कामको उदाहरण दिदै प्रमुख सरावगीले नागरिकले लागत सहभागिताको आधारमा  ( जनताको ४० प्रतिशत र महानगरको ६० प्रतिशत) योजना माग्न आएको खण्डमा त्यही योजनालाई पहिलो प्रथामिकतामा राखेर उपलब्ध गराउन सजिलो हुने बताए ।

 

त्यसरी आउदा पहिलो प्रथामिकता त्यही योजाले पाउछ  प्रमुख सरावगीले भने “यसरी बिकासको काम गर्दा गुणात्मक र तोकिएको भन्दा बढी काम हुन्छ” । 


कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले टोलबिकास संस्थाहरु सक्रिय भएको ठाउमा आर्थिक सामाजिक तथा सास्कृति सवलता बढी हुने बताए । उनले बिकास माग्ने मात्र होइन बिकास गर्नेकाममा सहभागि हुनकालागि टोलबिकास संस्था प्रभावकारी हुने बताए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्थानीय जनताको माँग र दवावलाई ठिक रुपमा सम्बोधन गर्ने माध्यमको रुपमा टोल बिकास संस्थाको महत्व रहेको बताए । उनले समाजको बिकासकालागि त्यहीको समाज जुरुक्क उठन सक्नु पर्ने बताउदै टोल बिकास संस्थाले समस्या जस्को समाधानको पहलकदमी उस्कै भन्ने अवधारणालाई अगिंकार गर्ने बताए ।

 

जनप्रतिनिधिले बिकासको प्रवाहमा नागरिकलाई समावेश गराउन सक्ने संयन्त्र नै टोल बिकास संस्था भएको बताउदै आफनो समाजको राम्रो र प्रगती चाहने जनप्रतिनिधिले यो काममा सम्बेदशील हुन आवश्यक रहेको बताए । 


बीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा सहयोगी नेपालको प्राविधिक सहयोगमा बीरगंज महानगरपालिकाको ३२  वटै वडामा ५ सय टोल बिकास संस्थाको निर्माण गरिने सहयोगी नेपालले जनाएको छ । 
वडा कार्यालयको सहयोगीको रुपमा टोल बिकास संस्थाको संरचना खडाहुने बिषयबिज्ञ तवरेज अहमदे बताए । समाजको शान्ति निर्माण , बिभिन्न समस्याको समाधानमा समाजले अनौपचारिक रुपमा काम गरिरहेको हुन्छ त्यसलाई औपचारिकता दिदै बिकास निर्माणका गतिविधिमा पनि नागरिक सहभागिताकोलागि टोलबिकास संस्थाको अवधारणा बिकास भएको अहमदले बताए ।

 

टोल बिकास संस्थालाई नेपाल सरकार तथा बीरगंज महानगरपालिकाले समेत स्वामित्व लिएको भन्दै अहमदले टोल बिकास संस्थाको निर्माणले समाजको आधारभूत तह सम्म प्रजात्नत्रको उच्च अभ्यास र त्यसको प्रतिफलको पहुच स्थापित हुने बताए । 


पहिलो चरणमा बीरगंज महानगरको वडा नं १ देखी १५ सम्म एक एक वटा टोल बिकास संस्थाको गठन हुने र अन्य वडामा अली बढी संस्थाहरु निर्माण गरिने अर्का बिषय बिज्ञ रितेश त्रिपाठीले बताए ।

 

पहिलो दिन वडा नं १ देखी १६ का वडाध्यक्ष एवं सचिवको अभिमूखी करणमा सहभागिता रहेको थियो । वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपालको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष प्रदीप चौरसियाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन अफरोज आलमले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.