logo

नक्कली नागरिकता दिने अड्डै चलाएका साह कानूनको फन्दामा

      3/8/2020 गते 00 00 मा प्रकाशित     955   पटक पढिएको

बीरगंज २५ फाल्गुण ।
 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारी ठहर गरि जेल सजाय भोगेर निस्केका पूर्व गाविस सचिव बिन्दा साह फेरी कानूनी फन्दामा परेका छन । उनलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । आफनै घर वीरगंज–१६ भिस्वा बाट नक्कली नागरिकता बनाएर बितरण गरेको पाइएपछि प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । 

 साहको घरबाट तीन दर्जनभन्दा बढी नक्कली नागरिकता, नागरिकतामा टाँस्ने होलोग्राम, तमसुक, विभिन्न व्यक्तिहरूको फोटो, नागरिकताको फाराम, प्रतिलिपि फारामलगायत कागजात फेला परेको प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनु भयो । 


फागुन २२ गते जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन गएका चोर्नी घर भई हाल वीरगंज–१३ बस्ने अभिषेक साहलाई प्रहरीले पक्राउ गरेपछि बिन्दा साहको बारेमा प्रहरीले जानकारी पाएको हो ।

 नक्कली नागरिकतासहित पक्राउ परेका अभिषेकको स्थायी ठेगाना भारत, पश्चिमी चम्पारण, वाल्मीकिनगर थाना, सोनवर्षा  हो ।  पूर्व गाविस सचिव साहले चोर्नी गाविस वडा नं ८ बाट नक्कली नागरिकता बनाइदिएका थिए । पक्राउ परेका साह केही वर्ष पहिले सो गाविसमा सचिवको रुपमा कार्यरत रहेका  थिए ।

 

 राहदानी बनाउन गएको बेला नागरिकताको मुख्य अभिलेखमा अभिषेकको नाम फेला नपरेपछि र नागरिकता नं.मा फरक नाम रहेपछि प्रहरीले अभिषेकलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा पूर्वसचिव साहको नाम सार्वजनिक भएपछि प्रहरीले साहलाई शनिवारदेखि नै खोजी शुरू गरेको थियो ।

 प्रहरी स्रोत अनुसार एउटा नागरिकता बनाउन साहले रु ४० हजार लिने गरेका थिए । नेपालमा बसोबास गरी विभिन्न व्यवसाय गर्दै आएका नेपाली नागरिकता लिन चाहने भारतीय नागरिकहरूलाई दलालमार्पmत् बिन्दा साहले फाराम भर्न लगाउने र सो फाराम आप्mनै घरमा राखेर नक्कली नागरिकता बनाएर दिने गरेको प्रहरीले दाबी गरेको छ ।


    स्रोतका अनुसार नागरिकता कार्डमा कम्प्युटर टाइप गर्ने व्यक्ति, होलोग्राम र नागरिकता कार्ड कसले दियो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका साहले प्रतिव्यक्ति रु ४० हजार लिने गरेको र नागरिकता कार्ड तथा होलोग्राम अन्य व्यक्तिले दिने गरेको स्वीकारेका छन् । प्रहरीले भने नागरिकता कार्ड र होलोग्राम दिने व्यक्तिको नाम गोप्य राखेको छ ।
   
    पक्राउ परेका पूर्व सचिव साहलाई अख्तियारले २०६३ सालमा भ्रष्टाचारको मुद्दा लगाइ निलम्बन गरेको थियो। २०७३ सालमा ५ महीना सजाय भुक्तान गरी घरमा बस्दै आएका साहको टीममा अन्य व्यक्तिको पनि सहभागिता रहेको बुझिएको छ । जिल्ला प्रशासन कार्यालयका केही कर्मचारीको पनि यस कार्यमा संलग्नता रहेको स्रोतले बताएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.