logo

नक्कली नागरिकता दिने अड्डै चलाएका साह कानूनको फन्दामा

      3/8/2020 गते 00 00 मा प्रकाशित     1163   पटक पढिएको

बीरगंज २५ फाल्गुण ।
 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारी ठहर गरि जेल सजाय भोगेर निस्केका पूर्व गाविस सचिव बिन्दा साह फेरी कानूनी फन्दामा परेका छन । उनलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । आफनै घर वीरगंज–१६ भिस्वा बाट नक्कली नागरिकता बनाएर बितरण गरेको पाइएपछि प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । 

 साहको घरबाट तीन दर्जनभन्दा बढी नक्कली नागरिकता, नागरिकतामा टाँस्ने होलोग्राम, तमसुक, विभिन्न व्यक्तिहरूको फोटो, नागरिकताको फाराम, प्रतिलिपि फारामलगायत कागजात फेला परेको प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनु भयो । 


फागुन २२ गते जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन गएका चोर्नी घर भई हाल वीरगंज–१३ बस्ने अभिषेक साहलाई प्रहरीले पक्राउ गरेपछि बिन्दा साहको बारेमा प्रहरीले जानकारी पाएको हो ।

 नक्कली नागरिकतासहित पक्राउ परेका अभिषेकको स्थायी ठेगाना भारत, पश्चिमी चम्पारण, वाल्मीकिनगर थाना, सोनवर्षा  हो ।  पूर्व गाविस सचिव साहले चोर्नी गाविस वडा नं ८ बाट नक्कली नागरिकता बनाइदिएका थिए । पक्राउ परेका साह केही वर्ष पहिले सो गाविसमा सचिवको रुपमा कार्यरत रहेका  थिए ।

 

 राहदानी बनाउन गएको बेला नागरिकताको मुख्य अभिलेखमा अभिषेकको नाम फेला नपरेपछि र नागरिकता नं.मा फरक नाम रहेपछि प्रहरीले अभिषेकलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा पूर्वसचिव साहको नाम सार्वजनिक भएपछि प्रहरीले साहलाई शनिवारदेखि नै खोजी शुरू गरेको थियो ।

 प्रहरी स्रोत अनुसार एउटा नागरिकता बनाउन साहले रु ४० हजार लिने गरेका थिए । नेपालमा बसोबास गरी विभिन्न व्यवसाय गर्दै आएका नेपाली नागरिकता लिन चाहने भारतीय नागरिकहरूलाई दलालमार्पmत् बिन्दा साहले फाराम भर्न लगाउने र सो फाराम आप्mनै घरमा राखेर नक्कली नागरिकता बनाएर दिने गरेको प्रहरीले दाबी गरेको छ ।


    स्रोतका अनुसार नागरिकता कार्डमा कम्प्युटर टाइप गर्ने व्यक्ति, होलोग्राम र नागरिकता कार्ड कसले दियो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका साहले प्रतिव्यक्ति रु ४० हजार लिने गरेको र नागरिकता कार्ड तथा होलोग्राम अन्य व्यक्तिले दिने गरेको स्वीकारेका छन् । प्रहरीले भने नागरिकता कार्ड र होलोग्राम दिने व्यक्तिको नाम गोप्य राखेको छ ।
   
    पक्राउ परेका पूर्व सचिव साहलाई अख्तियारले २०६३ सालमा भ्रष्टाचारको मुद्दा लगाइ निलम्बन गरेको थियो। २०७३ सालमा ५ महीना सजाय भुक्तान गरी घरमा बस्दै आएका साहको टीममा अन्य व्यक्तिको पनि सहभागिता रहेको बुझिएको छ । जिल्ला प्रशासन कार्यालयका केही कर्मचारीको पनि यस कार्यमा संलग्नता रहेको स्रोतले बताएको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.