logo

यातायात ब्यवस्था कार्यालय बीरगंजमा अनलाईन अफलाईनमा हजारौको चलखेल,पैसा दिनेले छिटै अवसर पाउने, सेवाग्राही मर्कामा

 इसीमाना सम्वाददाता     २०७८ भदौ २९ गते ०६: ४५ मा प्रकाशित     1106   पटक पढिएको

यातायात कार्यालय बीरगंजमा ( सवारी चालक अनुमतीपत्र) घुस नदिई काम गर्न गा¥हो भएको सेवाग्राहीले गुनासो गरेका छन ।

 

घुस दिएपछि कानूनले गर्न नमिल्ने काम पनि हुने तर घुस नदिने हो भने काम नगरिदिने प्रवृति बढेको भन्दै सेवाग्राहीले रोष प्रकट गर्न थालेका छन ।

 

सवारी चालक अनुमती पत्र लिनकालागि बिभागले अनलाईन फारम भर्ने ब्यवस्था मिलाएको छ । सवारी चालक अनुमतीपत्र लिन, पुरा गर्नु पर्ने लिखित परिक्षा, ट्रायल जस्ता काम आजको मितिमा अनलाईन फारम भर्दा करिब २ वर्षपछि मात्र पालो आउने गरि सर्भरले नै तोक्छ ।

 

यातायात ब्यवस्था कार्यालयमा नाजायज रुपमा आर्थिक अपचलन गर्न खप्पीस केही अधिकृत कर्मचारी र बिचौलीयाले अनलाईन फर्म दर्ता गर्नेहरुलाई सर्भरले तोकेको म्याद भन्दा अगाडि नै परिक्षामा सभागि हुन मिल्ने गरि बायोमेट्रिक तान्ने गरेका छन ।

 

यो गर्दा उनीहरुले प्रति फारम ५ हजार रुपैया लिने गरेका छन । यसरी असुल गरिएको ५ हजार मध्य १ हजार ५ सय भने बिचौलीयाले लिने गरेका छन । यो काममा भर्खर सरुवा भएर आएका तर यातायात ब्यवस्था कार्यालयका खग्गु अधिकृत कमलराज गौतमले नेतृत्व लिएका छन ।

 

गौतमले यो कामकालागि सन्तोष र रुस्तम नाम गरेका बिचौलीया परिचालन गरेका छन । कार्यालय प्रमुख सुशिल साहले पनि फिरोज नामका बिचौलीया मार्फत यो काम गर्दै आएको स्रोतको दावी छ । 


गौतम तिनै अधिकृत हुन जो २०७४ पुष २६ गते भ्रष्टाचारको आरोपमा निलीम्वत भएका थिए । त्यतीबेला गैर कानूनी रुपमा भारतीय सवारी चालक अनुमतीपत्र नेपाली करण गरेको र त्यसको अभिलेख समेत नराखी बदनीयतका साथ नेपााल सरकारलाई हानी नोक्सानी पु¥याउने काममा संलग्न भएको बन्दै गौतमबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा उजुरी दर्ता गरेको थियो ।

 

उनलाई त्यतीबेलै “भ्रष्टाचारको जननीको” उपमा दिने गरिएको थियो । उनी त्यही दिनबाट निलम्वित भएका थिए । निलम्वनबाट फूकुवा पाउन गौतम एक्लैले ८ करोड रुपैया खर्चिएको स्रोतको दावी छ ।  फूकुवा पछि गौतम फेरी बीरगंज आइपुगेका छन ।

 

सवारी चालक अनुमती पत्रको फारम भर्दा  २९ मार्च २०२२ मा परिक्षाको मिति तोकिएका परिक्षार्थीलाई प्रति परिक्षार्थी ५ हजार लिएर अगाडिको मितिमा तान्ने कम अहिले भरमार रुपमा चलेको छ । आइतवार सोमवार मंगलवार गरि तीन दिनमा त्यसरी मिति सारिएका ६ वटा परिक्षार्थीको प्रमाण इसीमाना डटकमको कार्यालयमा आइपुगेको छ ।

 

कार्यालय प्रमुख सुशिल साहले बिभागले यस्तो कुरामा कडा निगरानी राखेको दावी गरे । तर उनले अनलाईन सर्भरको पासवर्ड सबै अधिकृतहरुमा बितरण गरिएकोले कसैले त्यस्तो गरेको भए आफूलाई थाहा नभएको भन्दै त्यस्तो भएको हुन सक्ने संकेत गरे ।

 

प्रदेश सरकारको मातहतमा रहेको  बीरगंजको यातायात ब्यवस्था कार्यालयमा मंत्रालय र बिभागका हाकीमहरुलाई रिजाउन सक्नेहरु लामो समयदेखी  कार्यरत रही आएका छन । अनलाईन भरिएको फारममा मात्र रकमी चलखेल भएको छैन ।

 

अफलाईन फारम भर्दा समेत ५ हजार रुपैया लिने गरिएको स्रोतको दावी छ । अफलाईन फारम भर्दा अहिले नियमित रुमा शुरु भइरहेको परिक्षामा सामेल हुने गरि फारम भर्ने गरिएको छ । साह र गौतमको जोडीले नाजायज रुपमा आर्थिक दोहन गर्दै बिचौलीयाको समेत सिण्डिगेट खडा गरेर काम गरेको भन्दै अन्य बिचौलीया समेत रिसाउन थालेको स्रोतको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.