logo

दुईपक्षीय सहकार्यले आर्थिक विकासमा सहयोग पुग्छ : अजरबैजानी राजदूत डाक्टर असर्रफ 

      3/6/2020 गते 00 00 मा प्रकाशित     1083   पटक पढिएको

वीरगन्ज, २३ फागुन । नेपाल र भारतका लागि अजरबैजानका राजदूत डाक्टर असरर्फ शिखालिएवले नेपाल र अजरबैजानले दुईपक्षीय व्यापारका लागि सहकार्यको विकास गर्नुपर्ने बताउनुभएको छ । पाठशाला नेपाल र एडभान्स ग्रुपले वीरगन्जको दियालो लर्ड्स होटलमा आयोजना गरेको सम्मान तथा परिचयात्मक कार्यक्रममा नेपाल र अजरबैजान भौगोलिक रुपमा समान रहेकोले यसको फाईदा दुवैदेशले लिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल कृषि र पर्यटनमा संभावना भएको देश रहेकोले यहाँबाट जडिबुटी उत्पादन गरेर अजरबैजान निर्यात गर्दा आर्थिक समृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । अजरबैजान २० बर्षअघि ४५ प्रतिशत गरिबीको रेखामुनी रहेको बताउदै उहाँले अहिले ७५ प्रतिशत सूचना प्रविधितको पहुँचमा पुगिसकेको र शतप्रतिशत साक्षरता रहेको बताउनुभयो । उहाँले देशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि शिक्षा र सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

पाठशाला नेपालका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले नेपालमा कृषिजन्य उत्पादनका उद्योगहरुमा प्रचुर संभावना भएकोले अजरबैजानले कृषिक्षेत्रमा लगानी गर्नेमा आपूm विश्वस्त रहेको बताउनुभयो । एडभान्स ग्रुपका अध्यक्ष अरुण कुमार कर्णले स्वागत गरेको कार्यक्रममा उद्योगी गणेशलाठले सहजीकरण गर्नुभएको थियो । परिचयात्मक कार्यक्रममा वीरगन्जका उद्योगी व्यवसायी, राजनीतिककर्मी तथा संचारकर्मीहरुले अजरबैजानले प्राप्त गरेको सफलता र त्यहाँको सामाजिक, आर्थिक, शैक्षिक विकासको बारेमा जिज्ञासा राखेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.