logo

प्रशासकीय अधिकृत देउ भन्दै डेलिगेशन जानु पर्ने कस्तो संघीयता होः प्रमुख रौनीयार

      3/4/2020 गते 00 00 मा प्रकाशित     1055   पटक पढिएको

पोखरिया २२ फाल्गुण ।

०७६ मंसीर ८ मा पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मीको सरुवा भयो । २ महिना पछि माघमा संघीय मामिला तथा स्थानीय बिकास मंत्रालयले प्रमुख प्रशासकीय अधिकृत पोखरियामा पठायो । सरुवा भएको २५ दिन पछि अधिकृत हाजिर भए पाँच दिन बसेर गए । त्यस पछि ४८ दिने सेवा तालिम शुरु भयो र प्रशासकीय अधिकृत तालिममा भाग लिन जानु भयो । यसरी यो आर्थिक वर्ष भरि पोखरिया नपाले यस्तै यस्तै भोग्यो र प्रशासकीय अधिकृत बिहिन भयो ।

पाँच फाल्गुणमा उपभोक्ता समिति र  ठेकेदारले पोखरिया नगरपालिकामा तालाबन्दी गरे । ताला खोलनकालागि नगरपालिकाले वार्ता ग¥यो र भूक्तानी दिन बाँकी ३ करोड फाल्गुण १३ गते सम्म दिने सहमती पछि ताला खुल्यो तर भूक्तानी अझै पनि भएको छैन ।

पोखरिया नगरपालिकाले गत वर्षकै भुक्तानी दिन ढिलाइ गरेको भन्दै विभिन्न उपभोक्ता समिति र ठेकेदारले सोमवार पोखरिया नपाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

 

भूक्तानी मात्र रोकिएको छैन । पोखरिया नगरपालिकामा रहेका ६ वटा स्वास्थ्य संस्था र पोखरिया अस्पतालबाट निशुल्क बितरण हुने औषधी यो वर्षमा खरिद नै भएको छैन । राज्यले नागरिक स्वास्थ्यलाई मौलीक हकको रुपमा ब्यवस्था गरेको छ । कुनै पनि नागरिक आधारभूत स्वास्थ्य उपचारको अभावमा रहनु पर्ने छैन भन्ने सम्बैधानिक ब्यवस्थाको खिल्ली उड्ेको छ । कर्मचारीले तलव खान पाएका छैनन ।

    प्रमुख प्रशासकीय अधिकृत नआएको अवस्थामा पोखरिया नपाका योजना तथा कार्यक्रममा ढिलाइ हुनुका साथै भुक्तानीमा समस्या छ ।  नगरपालिकाले उधोरोमा इन्धन नपाउने बिजुलीका समान नपाउने अवस्था आएको छ । गत वर्षको भूक्तानी भएको छैन यो वर्ष एउटा पनि योजना कार्यान्वयन भएको छैन ।

 

३९ हजार जनसंख्या भएको पोखरिया नगरपालिका एउटा प्रशासकीय अधिकृतको अभावमा राज्यबिहिनताको अनुभव गर्न बाध्य भएको छ । पोखरिया नगरपालिकाका प्रमुख दीप नारायण रौनीयारले औषधी खरिद नभएको बताउनु भयो । उहाँले टेण्डर मार्फत औषधी खरिद गर्ने निर्णय भएको तर प्रमुख प्रशासकीय अधिकृतको अभावमा सम्पूर्ण काम नै ठप्प भएको बताउनु भयो ।

 

उहाँले संघीय मंत्रालयले पोखरिया नगरपालिकामा प्रमुख प्रशाकीय अधिकृत पठाउन शुरुदेखी नै चासो नदेखाएको भन्दै रोस ब्यक्त गर्नु भयो । उहाँले नागरिकको स्वास्थ्यलाई सम्बैधानिक रुपमा मौलीक हकको रुपमा स्थापित गरेको छ तर म जनप्रतिनिधि भएर त्यो हक लाई प्रचलनमा ल्याउन नसक्ने निरिह भएको छु  उहाँले भन्नु भयो प्रशासकीय अधिकृतको सरुवा हुन्छ, अर्को पठाउने छाँटै देखिदैन ,प्रशासकीय अधिकृत देउ भन्दै मंत्रालयमा डेलीगेशन जानु पर्छ एउटा प्रशासकीय अधिकृत पठाउन नसक्नेहरुले देश चलाएका छन कस्तो उद्धेक लागदो छ ।

 

जनताबाट निर्वा्चित म, जनतालाई मैले जवाफ दिनु पर्छ औषीधको ब्यवस्था मिलाउन नसक्दा मलाई चिन्ता लागेको छ तर यो सरकारलाई पोखरियाको समस्याले छुन नसकेको भन्दै यस्तो पनि संघीयता हुन्छ भन्दै प्रश्न गर्नु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.