logo

समाचार प्रभावः आकाशबाट खस्यो ताडीको रुखमा अड्क्यो, मैत्री ड्रप्समा खाद्यको अनुगमन अव १५ दिन ढुक्क 

      3/2/2020 गते 00 00 मा प्रकाशित     1140   पटक पढिएको

वीरगञ्ज,१९ फाल्गुन  ।   निजगढमा उत्पादन उधोग रहेको मैत्री ड्रप्सले उत्पादन गरेको प्रशोधित पानी गुणस्तरहीन पाइएको सामाचार इसीमाना डटकमले प्रकाशन गरेपछि नियामक निकायले उधोगमा अनुगमन गरेको छ । उधोगको  पानी प्रशोधीत भनिएपनि बोत्तलमा छ्याक्रा फेला परेको थियो । उत्पादीत पानीको शुद्धताको बिषयमा प्रयोगशाला परिषण समेत नभएको कुरा समाचारमा आएपछि नियामक निकायको निन्द्रा भंग भएर आज अनुगन भएको हो । 
 
उधोगले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्दा पनि नियमन गर्ने कार्यालयले अनुगमन नगरेको समाचार १७ गते प्रकाशन भएको थियो । नागरिक स्वास्थ्यमा प्रतिकूल असर नपरोस भनेर राज्यले पानी निर्देशिका जारी गरेको छ । त्यसलाई कार्यान्वयन गर्ने निकायमा बसेका कर्मचारीहरु भने जनताको स्वास् संग खेलवाड हुनेगरि मापदण्ड बिपरित पानीको उत्पादन र बिक्री बितरणकोलागि सहयोगी बनेको आरोप लागेपछि मात्र कार्यालय जागेको हो ।  कार्यालय तथा उपभोक्ता अधिकारकर्मी र सुरक्षा निकायका ब्यक्तिहरु सम्मिलीत टोलीले अनुगमन गर्दा पनि उधोगले पानी निर्देशिका बिपरित काम गरिरहेको फेला परेको छ । सामाचार प्रकाशन भएपनि उधोगले केही सुधार गर्न थालेको र सुधारको प्रतिवद्धता जनाएकोले १५ दिनको म्याद दिएको अनुगमन टोलीका प्रमुख खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन बीरगंजका श्रवण कुमार साहले जानकारी दिनु भयो ।

निर्देशिकाअनुसार बोतल पानी उत्पादनमा बोतलको वासिङ, फिलिङ र क्यापिङको काम स्वचालित मेशिनबाट गर्नुपर्छ । तर मैत्री ड्रप्स तथा रौतहटको चन्द्रपुरमा रहेको मुनड्रप्सले पनि पानी निर्देशिकाको उललंघन गरेको छ । तर साहले भने स्वचालित मेशीनबाट काम भएको आफूहरुले पाएको बताउनु भयो । 

प्रशोधित पानीको गुणस्तर सुधार्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पानी उद्योगमा असल उत्पादन अभ्यास ९जीएमपी० सरहको मापदण्ड लागू गर्दै नयाँ निर्देशिका जारी गरेको थियो । सो निर्देशिका कार्यान्वयन नगर्ने  पानी उद्योगलाई कार्यालयले अनुगमन ग¥यो । १५ दिने म्याद दियो अरु केही पनि गरेको छैन । 

अन्य प्रदेशमा मापदण्ड पुरा नगरी पानी उत्पादन गर्ने उधोगहरुमा शिलबन्दी गरिएका समाचार आएपनि प्रदेश २ मा भने त्यस्तो भएको पाइएको छैन । आज अनुगमन गरिएको उधोगमा पनि केही गरिएन । 


निगढमा रहेको मैत्री ठ्रप्सले अनुज्ञा पत्र नविकरण समेत गरेको छैन । अनुज्ञा पत्र नविकरण नभएपनि उत्पादन भने निरन्तर छ । उधोगले उत्पादन गरेको पानीको ल्याव परिक्षण कहि पनि भएको छैन । पानी गुाणत्मक छ की छैन भन्ने कुराको निक्र्योल गर्न बसेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बीरगंज अहिले पनि पानीको गुणत्मकताको बिषयमा यकिन गर्ने अवस्थामा छैन । तर अनुगमनको नेतृत्व गर्नु हुने  साहले पनि पानी गुणात्मक रुपमा ठिक रहेको दावी गर्नुहुन्छ । कुनै प्रयोगशाला पानीको परिषण नभएपनि पानी गुणात्मक रहेको उहाँको भनाई छ । प्रयोगशाला परिक्षण बिना पानी ठिक छ भन्नुलाई अर्थपूण रुपमाm  हेरिएको छ ।
 । मुनड्रपले पनि आफनो उत्पादनको ल्याव परिक्षण गराएको छैन । ल्याव परिक्षण नभएको पानी खान योग्य छ की छैन भन्ने कुरा निक्र्योल नभएपनि उपभोक्ता पैसा तिरेर पानी पिउन बाध्य छन । झन अनुगमन टोलीले १५ दिनको म्याद दिएको छ । अवको १५ दिन मैत्रीड्रप्सले जती पानी उत्पादन गरेपनि हुन्छ । त्यसको गुणत्मकता कही चेक जाँच हुदैन । त्यो पानी पीउन योग्य छ भनेर कसैले प्रमाणीत गरिदिनु पर्दैन । राज्यले जारी गरेको पानी निर्देशिका नै ब्यवहारिक नभएको नियमन गर्ने निकायको बुझाई छ । त्यो लागूगर्नेहो भने कुनै पनि उधोग चल्ने अवस्था रहदैन । अवको १५ दिन मुन ड्रप्सले खनुज्ञापत्र नविकरण पनि गर्नु पर्दैन ।   

निर्देशिकाअनुसार स्वचालित मेशिन नराख्ने उद्योगले बोतलको पानी उत्पादन गर्न पाउँदैनन् । उनीहरुको अनुज्ञापत्र समेत नवीकरण नहुने कानूनी प्रवधान छ । मैत्रीड्रप्सलाई यो कुरा अव लागू हुदैन १५ दिन उसको अगाडि उपलब्ध छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.