logo

महासंघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत, सामाजिक न्याय र समृद्धिका निम्ति फोटो पत्रकारिताको भूमिका अहमःचौहान

      3/2/2020 गते 00 00 मा प्रकाशित     800   पटक पढिएको

सिमरा,१९ फाल्गुन  । नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा पंकज श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ।महासंघको सोमवार बाराको सिमरामा सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा प्रभातकुमार झा, महासचिव दिवाकर भण्डारी, सचीव फणीदेव महत, सहसचिव परिश कर्ण, कोषाध्यक्ष गणेश साह रहनु भएको छ । यसैगरी समितिको सदस्यमा बिजय चौहान, श्याम गुप्ता, अच्युतम सापकोटा र नविन कुमार नवल चयन हुनु भएको छ ।
त्यसैगरि अधिवेशनले दीपेन्द्र चौहान, के.सी.लामिछाने,टंक क्षेत्री राजु बिश्वकर्मा  राम सर्राफ लगायत रहनु भएको सल्लाहकार समिति निर्माण पनि निर्माण गरेको छ ।

यसअघि अधिवेशनको उदघाटन नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले गर्नु भएको थियो । अधिवेशनको उदघाटन गर्दै अध्यक्ष चौहानले सामाजिक न्याय र समृद्धिका निम्ति फोटो पत्रकारको भुमिका अहम हुने बताउनु भयो । पत्रकारितालाई विश्वसनीय बनाउन फोटोपत्रकारिताको महत्त्व बढ्दै गएको भन्दै अध्यक्ष चौहानले यसको समग्र विकासका निम्ति महासंघले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछानेले फोटोपत्रकारितामा बढदो आकर्षणले समग्र पत्रकारिताको विकास हुनेमा आफू आशावादी रहेको बताउनु भयो । फोटोपत्रकारिता विशुद्ध प्राविधिक बिषय रहेको र तस्वीरको माध्यमबाट समाजलाई सूसुचित गर्ने क्षेत्र रहेको हुँदा फोटोपत्रकारको दक्षता र क्षमता अभिवृद्धिका लागि प्रशिक्षणमुलक कार्यक्रम निरन्तर आयोजना गरिनुपर्ने बताउनु भयो । 

नेपाल फोटोपत्रकार महासंघका केन्द्रीय महासचिव हरि रेग्मीले पत्रपत्रिका र टेलिभिजनमा फोटो, भिडियोको काम गर्ने पत्रकारहरुलाई संगठित बनाएर अघि बढाउन महासंघले भुमिका खेलिरहेको बताउनु भयो । महासंघले काठमाडौं मात्र नभई देशका सबै जिल्लामा सक्रियरुपमा काम गर्ने पत्रकारहरुलाई संगठित गर्ने, फोटो र भिडियोको माध्यमबाट सम्बन्धित जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने, क्षमता अभिवृद्धि गर्ने लगायत गतिविधिलाई अघि बढाइरहेको बताउनु भाये। 

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य जीतलाल श्रेष्ठले फोटोपत्रकारिताको विकासका लागि निजगढमा तालिम केन्द्रको अवधारणासहित भौतिक पूर्वाधार निर्माणको तयारी गरिरहेको बताउनु भयो । महासंघको बारा शाखाको नेतृत्वमा निर्माण हुने तालिम केन्द्रबाट दक्ष फोटोपत्रकार उत्पादन गर्न सकिने श्रेष्ठको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का सचीव गुरुप्रसाद गौतमले प्रदेशको समग्र विकासका निम्ति फोटोपत्रकारिताको भुमिका अहम रहेको बताउनु भयो । 

महासंघ प्रदेश २ तदर्थ समितीका अध्यक्ष राम सरराफको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचीव फणीदेव महतले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.