logo

पत्रकारले मुलुकको लोकतन्त्र जोगाएः प्रदेश सासद शर्मा

      3/1/2020 गते 00 00 मा प्रकाशित     1111   पटक पढिएको

वीरगञ्ज १८ फाल्गुण । तीन दिने  आधारभूत फोटो पत्रकारिता तालिम तथा प्रदेश स्तरीय फोटो प्रदर्शनी कार्यक्रम आज सम्पन्न भएको छ । 

कार्यक्रमको समापन सत्रमा प्रदेश सांसद ओमप्रकाश शर्माले पत्रकारिताका कारण मुलुकको लोकतन्त्र बचेको बताउनु भयो । उहाँले मिडिा नभएको भए मुलुक एकदलीय कम्युनिष्ट शासनमा गइसकेको  हनुेथियो भन्नु भयो । 

नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले पत्रकारिता अनुसासित र मर्यादित हुनु पर्ने वताउनु भयो । तालिमबाट प्राप्त ज्ञान  व्यवहारमा लागु गर्दै अनुसासशत पत्रकारिता गर्न उहाँले सुझाव दिनु भयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृ्ष्ण गिरीले पत्रकार आचारसंहिताको अधिनमा रहेर पत्रकारिता गर्नु पर्ने वताउनु भयो ।उहाँले नेपाल पत्रकार महासंघको बाँकी अवधीमा तालिम तथा प्रशिक्षणलाई बिशेगा ध्यान दिइने बताउदै आधारभूत पत्रकारिता त्यसको एउटा नमुना रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी .लामिछाने,वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासचिव माधवराज पाल, लगायतको बिशेष उपस्थिती रहेको थियो ।

नेपा पत्रकार महासंघ प्रदेश २ का सचिव गुरु गौतमले संचालन गरेको कार्यक्रममा फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफाले धन्यावाद ज्ञापन गरेका थिए । समापन कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा भएको थियो ।

तालिममा वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, किरण पन्थी, बालकृष्ण थापा, विजय सिंह लगायतकाले प्रशिक्षण दिएका थिए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ र नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को आयोजना तथा नेपाल पत्रकार महासंघ पर्सा र नेपाल फोटो पत्रकार महासंघ पर्साको सहआयोजनामा फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनी गरिएको थियो । आयोजकले वताए अनुसार तालिममा नेपाल पत्रकार महासंघ, केन्द्रिय तालिम विभागको सहयोग रहेको थियो ।

वीरगञ्ज मुर्ली स्थित नेपाल पत्रकार महासंघ पर्साको भवनमा फोटो पत्रकारिता तालिम भएको थियो भने वीरगञ्ज मा उद्योग वाणिज्य संघको सभा हलमा फोटो प्रदर्शनी भएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.