logo

मापदण्ड बिपरित पानी उत्पादन, नियामक निकाय चिरनिन्द्रामा उपभोक्ता संकटमा

      2/29/2020 गते 00 00 मा प्रकाशित     955   पटक पढिएको

वीरगञ्ज १७ फाल्गुण ।  निजगढमा उत्पादन उधोग रहेको मैत्री ड्रप्सले उत्पादन गरेको प्रशोधित पानी गुणस्तरहीन पाइएको छ । पानी प्रशोधीत भनिएपनि बोत्तलमा छ्याक्रा फेला परेको छ ।

 

उधोगले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्दा पनि नियमन गर्ने कार्यालय कानमा तेला हालेर बसेको छ । नागरिक स्वास्थ्यमा प्रतिकूल असर नपरोस भनेर राज्यले पानी निर्देशिका जारी गरेको छ । त्यसलाई कार्यानवयन गर्ने निकायमा बसेका कर्मचारीहरु भने जनताको स्वास्थय संग खेलवाड हुनेगरि मापदण्ड बिपरित पानीको उत्पादन र बिक्री बितरणकोलागि सहयोगी बनेका छन ।  

निर्देशिकाअनुसार बोतल पानी उत्पादनमा बोतलको वासिङ, फिलिङ र क्यापिङको काम स्वचालित मेशिनबाट गर्नुपर्छ । तर मैत्री ड्रप्स तथा रौतहटको चन्द्रपुरमा रहेको मुनड्रपले पनि पानी निर्देशिकाको उललंघन गरेको छ । 

प्रशोधित पानीको गुणस्तर सुधार्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पानी उद्योगमा असल उत्पादन अभ्यास ९जीएमपी० सरहको मापदण्ड लागू गर्दै नयाँ निर्देशिका जारी गरेको थियो । सो निर्देशिका कार्यान्वयन नगर्ने  पानी उद्योगलाई कार्यालयले केही पनि गरेको छैन । उधोगको अनुगमन समेत कार्यालयले नगरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बीरगंजका प्रमुख रत्नकान्त झाले बताउनु भयो । । 

अन्य प्रदेशमा मापदण्ड पुरा नगरी पानी उत्पादन गर्ने उधोगहरुमा शिलबन्दी गरिएका समाचार आएपनि प्रदेश २ मा भने त्यस्तो भएको पाइएको छैन । 


निगढमा रहेको मैत्री ठ्रप्सले अनुज्ञा पत्र नविकरण समेत गरेको छैन । अनुज्ञा पत्र नविकरण नभएपनि उत्पादन भने निरन्तर छ । उधोगले उत्पादन गरेको पानीको ल्याव परिक्षण कहि पनि भएको छैन । पानी गुाणत्मक छ की छैन भन्ने कुराको निक्र्योल गर्न बसेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बीरगंज चिर निन्द्रामा छ । मुनड्रपले पनि आफनो उत्पादनको ल्याव परिषण गराएको छैन । ल्याव परिक्षण नभएको पानी खान योग्य छ की छैन भन्ने कुरा निक्र्योल नभएपनि उपभोक्ता पैसा तिरेर पानी पिउन बाध्य छन ।  


निर्देशिकाअनुसार स्वचालित मेशिन नराख्ने उद्योगले बोतलको पानी उत्पादन गर्न पाउँदैनन् । उनीहरुको अनुज्ञापत्र समेत नवीकरण नहुने कानूनी पवधान छ । बारा पर्सामा कति उधोगले मापदण्ड पुरा गरेका छन भन्ने कुराको तथ्यांक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बीरगंजमा छैन ।  । 

निर्देशिकाको बारेमा उद्योगीलाई जानकारी गराएर स्वचालित प्लान्टलगायतका पूर्वाधार निर्माण गर्न दिइएको समयसीमा सकिएपनि  कार्यालयले अनुगमन नगरी बसेको छ  । सरकारले जार र बोतलमा सिलप्याक भएर आउने प्रशोधित पानीको गुणस्तर कायम गर्न खाद्य ऐन २०२३ अन्तर्गत बनेको खाद्य नियमावली २०२७ को नियम ३३ को ‘क’ बमोजिम नयाँ ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ जारी गरेको थियो । 

कतिपयले सुरुबाटै स्वचालित प्लान्ट जडान गरेकोमा कतिपयले निर्देशिका जारी भएपछि प्लान्ट थपेर बजारमा पानी पठाएका छन् । तर सबै उद्योगमा अनुगमन हुन नसक्दा कतिपयले हातैले बोतलमा पानी भरेर बजारमा पठाउने गरेका छन् । मानव स्वास्थ्यमा पानीको महत्वपूर्ण भूमिका रहनेभएकाले यसको अनुगमनलाई प्रभावकारी बनाइनु पर्नेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय र त्याहा कार्यरत कर्मचारीहरु हेर्छौ र गर्छौ भनेर टार्नमा ब्यस्त छन ।  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.