logo

सवारी ब्यवस्थापन शुल्क शर्तभन्दा बिपरित छैनः ठेक्का कम्पनी, मलाई नकारात्मक रुपमा प्रस्तुत गरियोः मिया

      2/28/2020 गते 00 00 मा प्रकाशित     954   पटक पढिएको

बीरगंज १६ फाल्गुण । बीरगंज महानगरपालिका वडा नं २५ लिपिनी बिर्ताका वडाध्यक्ष हवीव मियाले बीरगंज महानगरपालिकाले ठेक्का बन्दोवस्त गरेको सवारी ब्यवस्थापन शुल्क संग आफनो जोड्ने काम भएकोमा गुनासो गर्नु भएको छ ।

 

उहाँले पेशा ब्यवसाय संचालन गर्ने स्वतन्त्रता सम्बैधानिक रुपमा प्रत्याभूत गरिएको बिषयलाई नजरअन्दाज गरेर आफूलाई बदनाम गर्ने काम भएकोमा गुनसो गर्नु भएको हो । उहाँले संचार माध्यमले आफूलाई दोषीको रुपमा देखाउने प्रयास गरेको प्रति पनि दुखेसो पोख्नु भयो ।

 

उहाँले असम्बन्धीत मान्छेको नाम समाचारमा लेखिनु हुदैन भन्ने आचार सहिताको खिलाफमा गएर संचार माध्यमले आफूलाई नकारात्मक रुपमा प्रस्तुत गरेकोमा आश्चर्य ब्यक्त गर्नु भयो ।

बीरगंज महानगरपालिकाले जुन शर्तको अधिनमा रहि  आय संकलनकालागि इजाजत दिएको र त्यो शर्तको पालना गरिएको ठेक्का कम्पनी एच.एण्ड.जे. ट्रेडर्सका संचालक एजाजुल मियाले बताउनु भयो ।

 

ठेक्का सम्झौतामा जुन स्थान कर संकलनकालागि तोकिएको छ। त्यही ठाउबाट कर संकलन गरिएको उहाँले बताउनु भयो । कर संकलनकालागि जुन सवारी साधानकालागि जे मूल्य तोकिएको छ त्यसमा भ्याट थप गरेर सवारी ब्यवस्थापन शुलक उठाइएको उहाँले बताउनु भयो ।

 

उहाँले नेपाली सवारी साधनमा वार्षिक रुपमा लिन पाउने शुल्क आफूहरुले नलिएको समेत बताउनु भयो । उहाँले महानगरपालिकाले तोकेको दर मा उठाउदा ठेक्का कम्पनीलाई जर्वजस्ती ग¥यो भन्नु हास्यास्पद भएको बताउनु भयो । दर र स्थान महानगरले तोकेको हो प्रतिस्पर्धा गरेर ठेक्का लिएको हो यस्तोमा महानगरकोलागि कर उठाईदिने कम्पनी र त्यो संग सम्बन्धीत ब्यक्तिहरु बदनाम हुनु पर्ने कुरा उचित नभएको उहाँको भनाई छ । 


सवारी कर सकलनका बिषयमा समेत स्थानीय प्रहरी र प्रशासनले चासो देखाएको बुझिएको छ । स्थानीय प्रशासनले महानगरले निर्धारण गरेको शुल्क  र तोकेको स्थान  भन्दा बाहिर कर उठाएको भए चासो देखाउनु स्वभाविक हो तर चासो देखाउने नाममा ठेक्का कम्पनीलार्ए हातोत्सही गर्नु उचित नहुने करबिज्ञहरुले  टिप्पणी गरेका छन ।

 

ठेक्का बन्दोबस्तीमा ठेकेदार कम्पनीको बारेमा आएको गुनासोको बिषयमा कारवाही गर्ने निकाय बीरगंज महानगरपालिकानै भएकोले स्थानीय प्रशासनले महानगरलाई सहयोग गर्नु पर्नेमा ठोकेदारका आफन्तजनलाई बोलाएर निरुत्साहित गर्न खोजेको स्रोतले दावी गरेको छ ।

 

स्थानीय सरकारको एकल अधिकार सूचीमा रहेको कर संकलनको बिषयलाई नियमित बनाउन महानगरले तत्काल पहल लिनु पर्ने केही जनप्रतिनिधिहरुले बताएका छन । 


वीरगंज महानगरपालिकाबाट चालू आवमध्ये २१३ दिनका लागि सवारी व्यवस्थापन सेवा शुल्क उठाउन ठेक्का लगाएको हो । पुष २४ बाट महानगरले ठेकेदार कम्पनीलाई चलनपूर्जी दिएको छ । चलन पूर्जी दिदा नै सम्झौतापत्रको कपी सहित जिल्ला प्रशासन कार्यालय पर्सा, आन्तरिक राजस्व कार्यालय पर्सा,नारायणी अञ्चल यातायात कार्यालय ,जिल्ला प्रहरी कार्यालय,शसस्त्र प्रहरी बल,वडा प्रहरी कार्यालय, प्रहरी चेकपोष्ट आइसीपी,इनर्वा प्रहरी चौकी,छपकैया प्रहरी चौकी, ड्राइपोर्ट अस्थायी प्रहरी चौकी,नयाँ बसपार्क, गण्डक,परवानीपुर  बोधार्थ पठाएको छ । 


बीरगंज महानगरपालिकाले ठेक्का लगाएको नेपाली सवारी साधन मध्य माइक्रोबस,नीजी जिपकार भाडाको जीपकार टयाक्टर टेम्पो पावर टेलर मोटर साइकल र रिक्सा तथा ठेलामा आफूहरुले कर नलिएको ऐजाज मियाको भनाई छ । महानगरले सबैसंग कर लिनु भनेको छ तर हामीले ब्यवहारिकतालाई ध्यान दिएर कतिपय सवारी साधनमा लगाइएको कर लिएका छैनौ यो बिषयलाई नजर अन्दाज नगरिदिन समेत उहाँले आग्रह गर्नु भएको छ ।


    
    

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.