logo

हुण्डीको पैसा खाने प्रहरी कर्मचारी कारवाहीमा

      2/27/2020 गते 00 00 मा प्रकाशित     1120   पटक पढिएको

बीरगंज १५ फागुन  । हुण्डी कारोवारीसंग मिलेर अनधिकृत रुपमा पैसा असुल गरेको आरोप लागेका तीन जना प्रहरी उपर पर्सा प्रहरीले कारवाही शुरु गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो कार्यालय वीरगञ्जमा कार्यरत प्रहरी जवान अवधेश राय यादव भने प्रतिवेदक बनेको हुनाले उनी कारवाही मुक्त भएका छन । 
हुण्डी कारोबारीसँग ७ लाख रुपैयाँ घुस लिएर भरियालाई छोडेको आरोपमा तीन जना प्रहरी कारबाहीमा परेका छन् । प्रहरी चौकी इनर्वाका इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङ, प्रहरी हवल्दार विष्णुदयाल चौधरी र प्रहरी जवान राजकुमार गुरुङ कारबाहीमा परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले घुस रकम लिएको पुष्टि भएपछि थप कारबाहीका लागि बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा बुझाइसकिएको प्रहरीको भनाइ छ । फागुन १४ गते नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान सुरु गरेको पर्साका प्रहरी नायव उपरीक्षक विरेन्द्र शाहीले जानकारी दिनु भयो  ।

घुस लिएको ६ लाख ३५ हजार रकमसहित उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाएको छ ।


असई तामांगको कमाण्डमा रहेको प्रहरी टोलीले एक हप्ता गत फाल्गुन ७ गते बुधबारका दिन दिउसो २ बजेको समयमा इनर्वा गाउकै भुटन देवी मन्दिर अगाडीबाट एकजना हुण्डी कारोबारीलाई २० लाख रुपैया सहित पक्राउ गरेको थियो ।

सिमावर्ती भारतीय शहर रक्सौलका हुण्डी कारोबारी फुल हसनको हुण्डीको रकम लिएर आईरहेको उनका भरियाको साथबाट असई तामांगले २० लाख नेपाली रुपैया बरामद गरेका थिए ।

तर अवैध वित्तिय कारोबार गरेको आरोपमा २० लाख रुपैया सहित पक्राउ गर्नुको साटो असई तामांग नेतृत्वको टोलीले १३ लाख रुपैया सहित कारोबारीलाई फिर्ता पठाएर बाकी ७ लाख रुपैया चारैजना प्रहरीले बाडिचुडी खाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

सशस्त्र प्रहरी बल नेपाल नं.४० रिर्जभ गणले मनायाे रजत महाेत्सव

सशस्त्र प्रहरी बल नेपाल नं.४० रिर्जभ षणले मनायाे रजत महाेत्सव

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.