logo

चारजना हुण्डी कारोबारी पक्राउ

      2/25/2020 गते 00 00 मा प्रकाशित     1805   पटक पढिएको

वीरगन्ज, १२ फागुन । पर्सा प्रहरीले२६ लाख ७१ हजार अवैध नेपाली रुपैया सहित वीरगञ्जबाट ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय र तीन जना नेपाली नागरिक रहेका छन् ।

स्रोत खुलाउन नसकेको अबैध नेपाली रुपैयासहित पक्राउ पर्नेमारौतहट पिपरा पोखरिया १ घर भई हाल पर्साको बिरगञ्जमहानगरपालिका.वडा नंम्बर १६ नगवा बस्ने ४१ बर्षीय संजय कुमार साह, सोही ठाउँका ३० बर्षीय जयलाल महतो, ३१ बर्षीय राजु कुमार कलवार र भारत रक्सौल डुमरिया टोल बस्ने ३५ बर्षीय  विजय कुमार ठाकुर रहेका छन् ।

साह र महतोलाई प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट बा.४८.प.६५९७ नम्बरको मोटरसाईकलसहित पक्राउ गरेको हो । पक्राउ परेका साहको साथबाट प्रहरीले स्रोत खुलाउन नसकेको नगद नौ लाख ७१ हजार र महतोको साथबाट नगद दश लाख नेपाली रुपैया बरामद गरेको छ । यस्तै बि आर ०५ ए ए ७२५५ र बी आर ०५ डी ५०१८ नम्बरको भारतीय मोटरसाईकलमा आउदै गरेको अवस्थामा कलवार र ठाकुर प्रहरीले ंवीरगञ्ज १६ स्थित भंसार कार्यालयको गेट अगाडीबाट नियन्त्रणमा लिएको हो ।

कलवारको साथबाट स्रोत खुलाउन नसकेको अबैध तीन लाख र ठाकुरको साथबाट ४ लाख नेपाली रुपैया बरामद भएको पर्सा प्रहरीले जनाएको छ । स्रोत खुल्न नसकेको अवैध रुपैंया सहित पक्राउ परेका चारै जना बिरुद्ध अवैध वित्तिय कारोवार (हुण्डी) शीर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाईएको पर्साकी प्रहरी उपरिक्षक गँगा पन्तले जानकारी दिईन् ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.