logo

आफनो ओछ्यानमा श्रीमती नदेखेपछि ......जन्मदिने पिताको इहलिला समाप्त

      2/23/2020 गते 00 00 मा प्रकाशित     1115   पटक पढिएको

गौर ११ फाल्गुण । 
०७६ माघ २७ गते । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका । मत्सरी वडा नं ३ देवी पर्सा टोलको एउटा गोठमा ७० वर्षिय बृद्ध फेकन पण्डित कुम्हार मृत फेला परे । उनको टाउकोमा गम्भिर प्रकारको चोट थियो । अनुहारमा धारिलो हतियारले काटिएको थियो । घटना बिहानको ३ देखी ४ बजेको समयमा भएको रौतहट प्रहरीले जनाएको छ । गोठमा सुतिरहेका पण्डितको हत्या किन र कसले ग¥यो रौतहट प्रहरीका सामु यो गुत्थी सुलझाउनु पर्ने दायित्व थियो । 
प्रहरीले घर भित्रबाटै अनुसन्धान शुरु ग¥यो । सामाजिक रुपमा उठने टिकाटिप्पणीका कारण प्रहरी घर भित्रबाटै अनुसन्धान थाल्नु पर्ने निष्कर्षमा पुगेको थियो । गाउँ समाजमा पण्डितको बुहारीका बिषयमा नकारात्मक टिप्पणी हुने गरेको थियो । त्यही टिप्पणीलाई प्रहरीले अनुसन्धानको प्रस्थान बिन्दुका रुपमा प्रयोग ग¥यो र रौतहट प्रहरी अन्तत निष्कर्षमा पुग्यो । निष्कर्ष  भने अत्यन्तै ह््दयबिदारक रहेको छ । सामाजिक सम्बन्धहरुमा बिश्वासको संकट पैदा गर्ने खालको छ । समाजको बिश्वास र सम्बन्धको सम्मान  आदर र प्रेम माथि अविश्वास पैदा गर्ने खालको रहेको छ । 

पण्डितका माइला छोरा  २५ वर्षिय राजकुमार पण्डितले हथौडी र धारिलो हतियार प्रहार गरेर आफनै पिताको विभत्स  हत्या गरेको प्रहरीले गरेको गहन अनुसन्धानबाट पुष्टि भएको प्रहरी उपरिक्षक रबीराज खड्काले जानकारी दिनु भएको छ 
 
जिल्ला प्रहरी कार्यालय रौतहटले आईतवार पत्रकार सम्मेलनको आयोजना गरेर  अभियुक्तलाई सार्वजनिक गर्दै माघ २७ गते विहान करिव ३ देखि ४ बजेको समयमा गोठमा सुतिरहेका ७० बर्षिय फेकन पण्डित कुम्हालको हत्याको गुत्थी सुल्झाएको जनाएको हो  । 

अनुसन्धानमा तालिम प्राप्त कुकुरको प्रयोग

गत माघ २७ गते विहान ६ः०० बजे  स्थानीयहरु सहित राजकुमारले घटनाका बारेमा इलाका प्रहरी कार्यालय गंगापिपरालाई जानकारी गराएका थिए । त्यही जानकारी जिल्ला प्रहरी काकार्यलय रौतहटले पाएपछि  जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नविनकुमार सिह सहितको पाँच सदस्यीय टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो । 


अनुसन्धान गर्दै जाँदा जटिल प्रवृतिको घटना भएपछि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको थियो ।  घटनामा मृतककै छोराको मात्रै संलग्नता रहेको प्रहरीले पत्ता लगाएपनि निरन्तर रुपमा अनुसन्धान एवं सोधपुछ गर्दै जाँदा  राजकुमारले आफनो अपराध स्वीकार गरेको एसपी खड्काले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो  ।


किन भयो घटना

२०७६ साल माघ २६ गते बेलुकी करिब ८ः०० बजेको समयमा खाना खाएर फेकन पण्डित गोठमा सुत्न गएका थिए ।  राजकुमारका  ३ जना छोरा सहित श्रीमती घरमै सुतेका थिए  । तर विहान ३ बजेको समयमा एक्कासी ब्यूझिएका राजकुमारले श्रीमतीलाई ओछ्यानमा देखेनन । श्रीमतीका बारेमा धेरै नराम्रा कुरा सुन्दै आएका राजकुमारलाई मनमा चिसो पस्यो । उनी श्रीमतीको खोजीमा निस्के  । श्रीमती खोज्दै गोठमा पुगेका राजकुमारको आँखामा जे दृश्य देखा प¥यो त्यसले आफनै पिताको जीवन लिला समाप्त पार्ने सम्मको अपराधकर्म उद्धत हुन पुगे । गोठमै रहेको हथौडीले पिताकोे अनुहारमा निर्मम प्रहार गरे । गोठमै रहेको घाँस काँटने गडासीले अनुहार छिया छिया हुने गरि काटे । राजकुमारले जे दृश्य देखे त्यसबेला उठेको रिसलाई उनले नियन्त्रण गर्न सकेनन । आवेशलाई थाम्न नसक्दा टाउकोमा हथौडाले ४ ५ पटक अन्धाधुन्ध प्रहार गर्नुका साथै धारिलो घाँस काट्ने गडासीले अनुहारमा ४ ५ पटक हिर्काएर हत्या पिताको हत्या गरे । हत्या गरेपछि घरमा आएर लुगा बदले । 

घटनाको बारेमा श्रीमतीलाई कसैलाई नभन्नु भनेका थिए ।  तर प्रहरीले  राजकुमार र उनको श्रीमती सहित अन्य ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनाको सत्यता बाहिरीयो  । राजकुमारले पनि हत्या गरेको  स्वीकार गरे । 

राजकुमारको श्रीमतीले फागुन ७ गते जिल्ला प्रहरी कार्यालय रौहतटमा श्रीमान विरुद्ध दिएको किटानी जाहेरीको आधारमा मुलुकी अपराध संहिता २०७४ को ज्यान कसुर अन्तर्गत मुद्दा दर्ता गरी  प्हरीले अनुसन्धान जारी राखेको छ । रौतहट जिल्ला अदालतबाट फागुन ८ गते ५ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको एसपी खड्काले बताउनु भयो ।

राजकुमारको ५ बर्ष, साढे तिन बर्ष र २ बर्षको छोरा छन ।  उनी गंगापिपरा बजारमा किराना पसल थापेर व्यवसाय संचालन गर्दै आईरहेका थिए ।  श्रीमतीको चालचलन राम्रो नरहेको सुनेका राजकुमारले  आफनो आँखाले नदेख्दा सम्म श्रीमतीलाई केही भनेका थिएनन । तर आफैले देखेपछि  रिस थाम्न सकेनन परिणाम उनैलाई जन्म दिने बाबुको इहलिला समाप्त भयो  ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.