logo

प्रशासकीय अधिकृतमाथि दूब्र्यवहार गर्ने वडाध्यक्षलाई कारवाही माग्दै कार्मचरीले प्रशासन गुहारे

      2/20/2020 गते 00 00 मा प्रकाशित     888   पटक पढिएको

वीरगन्ज, ८ फागुन । 
निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारलाई दुव्र्यवहार गर्ने विन्दबासिनी गाउँपालिकाका वडा नं ५का वडाध्यक्ष लाई कारबाही गर्न कर्मचारीले माग गरेका छन् ।

 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतलाई  निवेदन बुझाउदै उनीहरुले यस्तो माँग गरेका हुन । गाउँपालिकामा कार्यरत कर्मचरीहरुले सार्वजनिक अपराध मुद्दा दर्ता गरी वडाध्यक्ष सुकदेव राउत अहिरलाई कारबाही गर्न माग गरेका हुन् ।

वडानम्बर ५ का अध्यक्ष अहिरले  बुधवार गाउँपालिकाको कार्यालयमै निमित्त प्रमुख प्रशासकीय अधिकृत रौनियारलाई गाली गलौज गर्दैर् कुटपिट गर्ने र ज्यान मार्ने धम्कीसमेत दिएको दाबी उनीहरुको छ ।

गाउँपालिकाको लेटर प्याडमा अहिरमाथि सार्वजनिक अपराध मुद्दा दर्ता गरी हदैसम्मको कारबाहीको माग गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई बुझाएको निवेदनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रौनियारसहित गाउँपालिकामा कार्यरत २० जना कर्मचारीले हस्ताक्षर गरेका छन् ।

सहायक प्रजिअ बस्नेतले नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएका छन् । 
गाउँपालिका उपाध्यक्ष किरणदेवी गुप्तासहितको एउटा समूहले निमित्त प्रशासकीय अधिकृतले मनोमानी गरे भनेर समेत गुनासो लिएर प्रशासनमा आएको उनको भनाइ छ । निवेदन दिन निजमती कर्मचारी युनियननका पर्साका अध्यक्ष सुवेदार यादव  नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अमित गिरी सहित कर्मचारीका नेताहरुको टोली पनि गएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।

खयर लोड गरिएको ट्रक नियन्त्रणमा, निकुञ्जले चेकजाँच गर्दै, रक्षकहरु नै भक्षक भएको आरोप

वीरगंज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.