logo

प्रशासकीय अधिकृतमाथि दूब्र्यवहार गर्ने वडाध्यक्षलाई कारवाही माग्दै कार्मचरीले प्रशासन गुहारे

      2/20/2020 गते 00 00 मा प्रकाशित     1124   पटक पढिएको

वीरगन्ज, ८ फागुन । 
निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारलाई दुव्र्यवहार गर्ने विन्दबासिनी गाउँपालिकाका वडा नं ५का वडाध्यक्ष लाई कारबाही गर्न कर्मचारीले माग गरेका छन् ।

 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतलाई  निवेदन बुझाउदै उनीहरुले यस्तो माँग गरेका हुन । गाउँपालिकामा कार्यरत कर्मचरीहरुले सार्वजनिक अपराध मुद्दा दर्ता गरी वडाध्यक्ष सुकदेव राउत अहिरलाई कारबाही गर्न माग गरेका हुन् ।

वडानम्बर ५ का अध्यक्ष अहिरले  बुधवार गाउँपालिकाको कार्यालयमै निमित्त प्रमुख प्रशासकीय अधिकृत रौनियारलाई गाली गलौज गर्दैर् कुटपिट गर्ने र ज्यान मार्ने धम्कीसमेत दिएको दाबी उनीहरुको छ ।

गाउँपालिकाको लेटर प्याडमा अहिरमाथि सार्वजनिक अपराध मुद्दा दर्ता गरी हदैसम्मको कारबाहीको माग गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई बुझाएको निवेदनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रौनियारसहित गाउँपालिकामा कार्यरत २० जना कर्मचारीले हस्ताक्षर गरेका छन् ।

सहायक प्रजिअ बस्नेतले नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएका छन् । 
गाउँपालिका उपाध्यक्ष किरणदेवी गुप्तासहितको एउटा समूहले निमित्त प्रशासकीय अधिकृतले मनोमानी गरे भनेर समेत गुनासो लिएर प्रशासनमा आएको उनको भनाइ छ । निवेदन दिन निजमती कर्मचारी युनियननका पर्साका अध्यक्ष सुवेदार यादव  नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अमित गिरी सहित कर्मचारीका नेताहरुको टोली पनि गएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.