logo

मानव अधिकार सम्बन्धी एक दिने तालिम सम्पन्न

      2/19/2020 गते 00 00 मा प्रकाशित     950   पटक पढिएको

बीरगंज ७ फाल्गुण । 
नेपाल मानव अधिकार संगठन पर्साको आयोजनामा उक दिने मानव अधिकार तालिम सम्पन्न भएको छ । संगठनका जिल्ला उपाध्यक्ष दीलीप बरालको अध्यक्षतामा भएको कार्यक्रममा तालिमको उद्धेश्यका बारेमा प्राध्यापक  डा,   गोबिन्द  ढकालले प्रकाश पार्नु भएको थियो ।

 

उहाँले नेपालमा सम्बैधानिक रुपमा नागरिकका अधिकारका बिषयमा गरिएको ब्यवस्थाको बारेमा चर्चा गर्नु भएको थियो । 


कार्यक्रममा बीरगंज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले गर्भवस्था देखी लिएर मरण सम्म सम्मान  पाउनु नै मानव अधिकार हो  भन्नु भयो । बीरगंजका बिभिन्न कलेजमा अध्ययनरत बिद्यार्थी शिक्षक र सामाजिक अगुवाहरुको सहभागिता रहेको सो कार्यक्रममा उपप्रमुख कार्कीले हरेक क्षेत्रमा राजनीतिले दुष्प्रभाव पारेको चर्चा गर्नु भयो ।

 

उहाँले मान्छेको सम्मानीत जीवन वाँच्न पाउने वतावरणको निर्माणमा तीनै तहको सरकारले काम गर्नु पर्नेमा जोड दिनु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले मानव अधिकारको अवस्थाको बारेमा चर्चा गर्नु भएको थियो ।

 

उहाँले मानव अधिकारको क्षेत्र ब्यापक भएको चर्चा गर्दै शिक्षा ,स्वास्थ्य ,आवास खाद्य सुरक्षा ,अभिब्यक्ति स्वतन्त्रता जस्ता सबै बिषयहरु मानव अधिकार संग सम्बन्धीत रहेको बताउनु भयो ।

 

उहाँले मानव अधिकारको उल्लंघन राज्यले गर्ने चर्चा गर्दै राज्यलाई जिम्मेवार र जवाफदेह बनाउन नागरिक सचेत हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगर लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 


कार्यक्रमको संचालन नेपाल मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादवले गर्नु भएको थियो । कार्यक्रममा बरिष्ठ अधिवक्ता डी.पी.त्रिपाठीले पनि प्रशिक्षण दिनु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.