logo

बिहारीलाल लाठको योगदानको स्मरण, लाठ कर्मवीर सम्मानबाट रामरहिम सम्मानीत

      2/18/2020 गते 00 00 मा प्रकाशित     1020   पटक पढिएको

बीरगंज ६ फाल्गुण ।
 रिलीफ सोसाइटी आफ कर्मशाका संस्थापक महासभिव एवं पूर्व अध्यक्ष स्व. बिहारीलाल लाठको आठौ स्मृति दिवसको अवसर पारेर समाजमा बिभिन्न क्षेत्रमा योगदान पु¥याउनु भएका ब्यक्तित्वहरुलाई बिहारी लाठ कर्मवीर सम्मान प्रदन गरिएको छ ।

 

रिलीफका अध्यक्ष  अशोक लाठका सभापतित्वमा भएको कार्यक्रममा शिक्षा र समाजसेवामा योगदान पु¥याएका ब्यक्तिहरुलाई सम्मान गरिएको हो । 


बाराको कलैयामा राम रहिमका नामले परिचित जंगवहादुर यादव र म.सागिर र शिक्षा क्षेत्रमा योगदान पु¥याउनु भएका पर्साको झौवागुठीको बिद्यालयमा अध्यापनरत शिक्षक सुकदेव चारसियलाई सम्मान प्रदान गरिएको हो ।

झौवागुठीको राराचौरसिया माविको कक्षा पाँचका कक्षा शिक्षक रहनु भएका चौरसियाले कक्षालाई नमुनाको रुपमा बिकास गर्नु भएको छ ।

 

नमुना कक्षाका रुपमा नयाँ प्रयोग गर्नु भएका चौरसियाले बिद्यार्थी कक्षामा अनुपस्थित हुदा आफै अभिभावककोमा पुग्ने गर्नु भएको छ ।

 

बिद्यार्थीलाई शिक्षा र कक्षामा निरन्तर टिकार्य राख्न उहाँले सृजनात्मक भूमिका निर्वाह गर्दै आउनु भएकोले सोसाइटीले उहाँलाई सम्मान गरेको हो ।

 

त्यसैगरि बाराको कलैयामा सामाजिक सेवामा क्रियाशिल ७६ वर्षिय रामरहिमलाई सेवानिवृत जीवनलाई दीन दुःखीको सेवामा लगाएको र समाजमा धर्मका नाममा हुने अशान्ति रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले स्व.बिहारीलाल लाठ कर्मवीर सम्मानले सम्मान गरिएको सोसाइटीका सल्लाहकार गणेश लाठले जानकारी दिनु भयो । बीरगंज उधोग वािणज्यसंघका पूर्व अध्यक्ष अशोक बैद्यले तीने जना कर्मवीरलाई सम्मान पत्र र दोसल्ला लगाएर सम्मान गर्नु भएको थियो । 


कार्यक्रममा बीरगंज उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, पाठशालाका अध्यक्ष बालगोपाल थापा,नेपाल पत्रकार महासंघ पर्साक अध्यक्ष श्याम बन्जारा राजपा सह महासचिव नेजनुमदिन समानी लगाएतले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो ।

 

 

कार्यक्रममा राधादेवी बृजलाल लाठ ट्रष्टको सौजन्यमा बारा पर्साका १५ जना उद्यमी महिलाहरुलाई सिलाई कटाई मेशीन बितरण गरिएको थियो । उद्यमशीलताको बिकासकोलागि मेशीन बितरण गरेको गणेश लाठले बताउनु भयो । स्वरोजगारका माध्यमले आर्थिक रुपमा महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुगोश भन्ने ट्रष्टको आकांक्षा रहेको उहााले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.