logo

रामपुर टोकनीको करोडौ पर्ने जग्गा किर्ते गरेर दर्ता गर्ने पाण्डे सहित ७ जना फक्राउ

      2/18/2020 गते 00 00 मा प्रकाशित     1136   पटक पढिएको


सीमरा ६ फागुन ।
बाराको जीतपुर सीमरा उपमहानगरपालिकाको वडा नं २३ को सार्वजनीक ऐलानी जग्गा ब्यक्तिको नाममा दर्ता गर्नकालागि सरकारी कागज छाप र दस्तखत किर्ते गर्नेहरुलाई  बारा प्रहरीले गिरफ्तार गरेको छ । 


सरकारी कागज, छाप र दस्तखत किर्ते गरी सार्वजनिक जग्गा हडप्न खोज्ने क्रममा बारा प्रहरीले सर्वोच्च अदालतका निबर्तमान सुब्बा सहित सात जनालाई पक्राउ गरेको हो।पक्राउ परेका सर्वोच्चका निवर्तमान सुब्बा सहितका सातै जनालाइ प्रहरीले म्याद थप गरी सरकारी काजग किर्ते मुद्दामा कार्यवाही चलाएको छ । ईलाका प्रहरी कार्यालय बारा सिमराले आज पत्रकार सम्मेलन गरी सरकारी कागजपत्र किर्ते गर्ने सर्वोच्चका निर्वतमान कर्मचारी  नेपाली सहित ७ जनालाई  सार्वजनिक गरेको हो ।


अनुसन्धानको प्रक्रियामा रहेको बारा जितपुर सिमरा वडा नम्बर २३ को साविक कित्ता नम्बर ६१ को एक बिगहा १० कठ्ठा सार्वजनिक जग्गा काठमाण्डौ निवासी प्रधुम्नराज पाण्डेको नाममा दर्ता गर्न सर्वोच्च अदालतको अभिलेख शाखाको कागज किर्ते गरेको अभियोगमा प्रहरीले सर्वोच्च अदालतका निबर्तमान नायब सुब्बा हस्तबहादुर नेपालीलाई पक्राउ गरेको हो ।


सोही कार्यमा संलग्न बारा महागढिमाई नगरपालिका वडा नं ८ का  वोहाव अन्सारी, बारा कलैयाका  प्रह्लाद प्रसाद रेग्मी र कैलाली जिल्ला गोदावरी नगरपालिकाका  चन्द्र बहादुर सिंहलाई समेत प्रहरीले पक्राउ गरेको छ। चारै जनाको मिलेमतामो सर्वोच्च अदालतको कागज किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रहरीको भनाई छ ।


पथलैया–विरगञ्ज औधोगिक करिडोरको मुल सडकसँग जोडिएको  बाराको करोडौ मुल्य पर्ने   सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराउन दुषित कार्य गर्दैआएको प्रद्युम्नराज पाण्डेले सर्वोच्च अदालतकै कर्मचारीलाई समेत प्रभावमा पारी बाराको बिभिन्न स्थानको २० बिगाहा  जग्गा आफ्नो नाममा दर्ता  गराईसकेका छन् ।


साथै सरकारी कागज र छाप किर्ते गरी जितपुर सिमरा वडा नम्बर २ स्थित ज्ञानेश्वरी थपलियाको नाममा रहेका  जग्गा बेचबिखन गरेको  अर्को मुद्दामा प्रहरीले पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका वडा नं १८ का बलराम रौनियार, पर्सा बहुदरमाई नगरपालिका २ बस्ने सलिम मियाँ र  सोही ठेगाना बस्ने  अर्का सुनिल कुमार यादवलाई समेत यस अघीनै पक्राउ गरिसकेको छ  ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनी,इलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोविन्द पुरी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्र लगायतको  सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.