logo

जफ्त गर्नु पर्ने ट्रक छोड्न सरकारी वकीलको पत्र,अभियोग लगाउने बेलादेखिनै प्रपन्चमा लिप्त रहेको आशंका

 इसीमाना सम्वाददाता     २०७८ सावन २० गते ०६: ३० मा प्रकाशित     957   पटक पढिएको

जिल्ला न्यायधीवक्ताको कार्यालय पर्साले लागू औषध चरेश बरामद भएको एउटा ट्रक छोडन जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेको सार्वजीक भएपछि कानूनी क्षेत्रमा यो बिषय एकाएक चर्चामा आएको छ । 

 


जिल्ला प्रहरी कार्यालय पर्साले ०७७ पुष २२ गते बीरगंजबाट ना ६ ख ५६४३ को कन्टेर ट्रक र त्यसका चालक रविन तमाङलाई नियन्त्रणमा लिएको थियो ।

 

प्रहरीले कन्टेनर ट्रकको बाँया पट्टी बाहिर भागमा रहेको टुलबक्समा चारवटा जर्किन र चालकको पछाडी सिट मुनीको भागमा दुईवटा र्जिकन गरि ६ वटा जर्किनबाट १ सय ७ किलो चरेश बरामद गरेको थियो ।

 

चरेश बरामद सहित प्रहरीले दशीको रुपमा कन्टेनर ट्रक समेत प्रमाणको रुपमा उल्लेख गरेको छ । तर जिल्ला न्यायधिवक्ताको कार्यालयले दशीको रुपमा रहेको कन्टेर पत्र लेखेर छोडन भनेपछि न्यायीक निरुपणको बिषय बिवादमा आएको छ ।

 

जिल्ला न्यायधिवक्ताको कार्यालयबाट जिल्ला प्रहरी कार्यालय पर्सालाई लेखिएको पत्रमा चरेश सहित बरामद गरिएको कन्टेनर ट्रक दशी प्रमाणको रुपमा राख्न दावी नगरिएकोले छोड्नु भन्ने उल्लेख छ ।

 

तर प्रहरीको प्रतिवेदनको प्रमाण खण्डमा ट्रकको नम्बर उल्लेख छ भने उसको प्रतिवेदनमा ट्रकबाटै १ सय ७ किलो चरेश बरामद भएको उल्लेख छ ।

 

यस सम्बन्धी समाचार बिभिन्न संचार माध्यमले पनि प्रमुखता साथ प्रकाशन तथा प्रशारण गरको समेत अहिले स्मरण गर्न थालिएको छ ।

 

पर्सा जिल्ला अदालतमा जिल्ला न्यायधीवक्ताको कार्यालयले अभियोजन दर्ता गर्दा ट्रक कन्टेर जफ्त हुनु पर्ने दावी नलिएको हुन सक्ने कानून ब्यवसायीहरुको तर्क छ । शुरुबाट नै कैफियत गरिएको हुन सक्ने एक कानून ब्यवसायीले आशंका ब्यक्त गरे । 

 


ट्रक कन्टेनरबाटै चरेश बरामद भएको प्रहरीको प्रतिवेदनमा छ भने ट्रक समेत जफ्तको माँगदावी लिएर जानु पर्छ । जफ्तको माँगदावी लिएर मुद्धामा जानु पर्ने प्रष्ट कानूनी ब्यवस्था रहेको अधिवक्ता कमल मोहन पोख्रेलले बताउनु भयो ।

 

अभियोग लगाउने बेलादेखिनै प्रपन्च शुरु गरिएको र त्यसले अन्तत कानूनी निरुपणको बिषयलाई जटिल र अबिश्वसनीय बनाउने काम गरेको अर्का एक अधिवक्ताको टिप्पणी छ । 

 


पर्सा जिल्ला अदालतले प्रतिवादी ट्रक कन्टेनरका चालक रविराज थिङलाई ०७७ चैत २५ गते पूर्पक्षकालागि बीरगंज कारागार चलानको आदेश गरेको छ । सरकारी वकील कार्यालयले भने चैत ३० मा जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेको छ । सहन्यायधिवक्ताको नाममा कार्यालयले पत्राचार गरेको छ । 


ट्रक कन्टेनर छोडनकालागि पूर्व गृहराज्यमंत्री नेपाली कांग्रेसका नेता तथा निर्माण ब्यवसायी इन्द्र बानियाले समेत भरमग्दुर प्रयास गरेको स्रोतको दावी छ ।

 

जिल्ला न्यायधीवक्ताको कार्यालयको सरकारी अड्डाहरुलाई कानूनी सल्लाह र सेवा दिने प्रमुख दायित्व हो । तर यो मुद्धामा प्रहरीको मेहनत र परिश्रमलाई अवमूल्यन गर्दै प्रतिवादीको  हित हुने गरि काम गरेको भन्दै आलोचना शुरु भएको छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.