logo

निलम्वीत सासँद रौनीयारले स्थापना गरेको पप्पु कन्स्ट्रक्शन तीन वर्षकालागि कालो सूचीमा 

      2/17/2020 गते 00 00 मा प्रकाशित     1365   पटक पढिएको

काठमाडौं, ५ फागुन । पर्साको क्षेत्र नं ३ बाट निर्वाचित भएर निलम्वीत भएका सासद हरिनारायण रौनीयारले  स्थापित गरेको बहुचर्चीत निर्माण कम्पनी पप्पु कन्सट्रक्सन तीन वर्षकालागि कालो सूचीमा परेको छ । 

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले  सोमबार सूचना प्रकाशित गर्दै पप्पु सहित केही कम्पनीहरूलाई कालोसूचीमा राखेको सार्वजनीक गरेको हो । सूचना अनुसार ती कम्पनीहरू न्यूनतम एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

ठेकेदारहरुले जताततै ठेक्का लिने तर, काम भने लथालिङ्ग बनाउने गरेको व्यापक गुनासो बढिरहेका बेला सरकारले नाम चलेका ६ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

यसरी कालोसूचीमा पर्ने निर्माण कम्नपीहरुका पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनी रहेका छन् ।

थुप्रै निर्माणका कामहरू अलपत्र पारेको र गुणस्तरहीन काम गरेको भन्दै सर्वाधिक आलोचना हुँदै आएको श्री पप्पु कन्स्ट्रक्सन प्रा.लि.लाई सडक विभाग अन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरको उजुरीका आधारमा कालोसूचीमा राखिएको छ ।

अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेका ६ कम्पनीमध्ये तीन वर्षको लागि प्रतिबन्धित हुने एक मात्र कम्पनी हो ।

पप्पु कन्स्ट्रक्सनसँगै कालोसूचीमा परेका अन्य ६ कम्पनीहरूमा निशा सप्लायर्स–हेटौंडा, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रा.लि. (काठमाडौं), बारा कन्स्ट्रक्सन (काठमाडौं), एच.बि. केसी निर्माण सेवा (सिन्धुपाल्चोक) तथा श्रीदेव सप्लायर्स(काठमाडौं) रहेका छन् । काठमाडौंको श्रीदेव सप्लायर्सलाई प्रहरी प्रधान कार्यालयले आफ्ना दुई ठेक्काका लागि कालोसूचिमा राखेको हो ।

पप्पु कन्स्ट्रकसन संघीय समाजवादी फोरम नेपालका निलम्बित सांसद हरिनारायणप्रसाद साह रौनियारले स्थापना गरेको कम्पनी हो । हाल यो कम्पनीलाई उनका छोरा सुमित रौनियारले चलाउँदै आएका छन् । संस्थापक रौनियारविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनको सांसद पद २०७५ साल असोज १९ गते स्वतः निलम्बनमा परेको थियो ।

कार्यालयले अन्य ६ कम्पनीलाई समान एक–एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको छ । यी सबै कम्पनीहरूलाई फागुन ४ गते आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका कम्पनीले अबदेखि तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.