logo

अस्पतालमा तोडफोड गर्ने बिरुद्ध जाहेरी दर्ता, फरार रहेकाको खोजी गर्दै प्रहरी

 इसीमाना सम्वाददाता     २०७८ सावन १८ गते ०८: ३३ मा प्रकाशित     831   पटक पढिएको

अस्पतालमा तोडफोड गर्ने बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले आपराधिक उपद्रव मच्चाएको भन्दै जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको छ । 



बीरगंजको भवानी अस्पतालले वीरगञ्ज महानगरपालिका–१६ बस्ने ३२ वर्षीय राकेश राम, ४४ वर्षीय अक्षयकुमार राम, परवानीपुर–१ बस्ने २८ वर्षीय भीम राम र नेपाल टेलिकममा सवारी चालक पदमा कार्यरत समिम हवारी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएको अस्पतालका निर्देशक रामराज श्रेष्ठले जानकारी दिनु भयो  ।


हवारी बाहेक चार जनालाई प्रहरीले साउन १७ गते  नै पक्राउ गरिसकेको छ । ‘पक्राउ परेका चार जना विरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरेका छौं ।

 

फरारको खोजी गरिरहेका छौं,’ पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले भन्नु भयो , स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ अनुसार पनि अनुसन्धान गरिने  छ ।

जीवित व्यक्तिलाई मृत्यु भएको भनी घोषणा गरेको भन्दै आइतबार अस्पतालमा तोडफोड गर्नुको साथै चिकित्सक र नर्समाथि समेत आक्रमण भएको थियो । 


यसैवीच निजी स्वास्थ्य संस्थाहरुको संगठन अफिनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अफिनका महासचिव हेमराज दाहालले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गनुृ भएको छ।

घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन र शान्तिपूर्वक सेवा गर्ने सुरक्षित वातावरण तयार गरिदिनुहुन सम्बन्धित सबै पक्षसँग अफिनले आग्रह गरेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.