logo

इमान्दारीतामा प्रश्न उठाउने दिन नदिने वाचा गर्छुः प्रहरी उपरिक्षक पन्त

      2/14/2020 गते 00 00 मा प्रकाशित     1728   पटक पढिएको

वीरगंज, २ फाल्गुन । पर्सामा भर्खरै आउनु भएकी प्रहरी उपरिक्षक गंगा पन्तले जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा स्थापति गर्ने पर्सा प्रहरीको मुख्य काम रहने बताउनुभएको छ ।

पर्साको ्रप्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेको आज ९ औ दिनमा पर्साका संचारकर्मीहरुसंग अन्तरक्रिया गर्ने क्रममा उहाँले यसतो बताउनु भएको हो ।

 

लामो खुला सीमाका कारण अपराध नियन्त्रणको बिषय पर्सा जिल्लामा आफैमा चुनौतीपूर्ण रहेको बताउदै उपररिक्षक पन्तले आफनो समुह यो चुनौतीलाई सामना गर्दै नागरिकलाई शान्तिपूर्ण वतावरण दिन अहोरात्र क्रियाशिल रहने बताउनु भयो  ।उहाँले  कर्मचारी संयन्त्र भित्रको शुद्धिकरणलाई पनि बिशेष रुपमा चर्चा गर्दै भन्नु भयो “आन्तरिक शद्धीकरणमा पनि मेरो ध्यान रहने छ । 


उहाँले प्रहरीले मात्र चाहेर अपराध मुक्त समाजको परिकल्पना गर्न नसकिने भएकोले यसमा सबैको साथ र सहयोगले मात्र  शान्ति अमन चयन कायम गर्न सकिने  बिश्वास ब्यक्त गर्नु भयो । प्रहरी संगठनको परिभाषित काम नै आफनो काम हुने भन्दै उहाँले काम गर्ने तौर तरिकामा केही फरक हुन सक्ने प्रष्ट पार्नु भयोे ।

 

थुनुवा कक्ष भरियोस भन्ने आफनो उद्धेश्य नरहेको बताउदै उपरिक्षक पन्तले भन्नु भयो “ आफनो कार्यकालमा थुनुवा कक्ष खाली भएको देख्न चाहन्छु,” ।

समस्यामा परेका मान्छेहरु एक्लै जिल्ला प्रहरी कार्यालयमा आउने वतावरण नभएको नोटीस गरेको चर्चा गर्दै उपरिक्षक पन्तले पीडितले प्रहरीलाई आफनो ठानेर भरोसा गर्ने वतावरण बनाउनेमा आफनो ध्यान जाने स्पष्ट पार्नु भयो । 

खुला सिमाको कारण हुने अवैध माल समानको भन्सार चोरी तस्करी र अपराध नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने भन्दै उपरिक्षक पन्तले आफनो तर्फबाट पूर्ण इमान्दारीता पूर्वक काम गर्ने वाचा ब्यक्त गर्नु भयो । उहाँले इमान्दारीतामा प्रश्न उठने ठाउ दिने छैन यो तपाईहरुका अगाडि मेरो वाचा मात्र हैन दवा समेत हो भन्नु भयो । 


सादा पोशाकमा खटिने घुमुवाहरूले तस्करूलाई सहयोग गरिरहेको सञ्चारकर्मीको प्रश्नमा एसपी पन्तले अपराधीक गतिविधि नियन्त्रण भन्दा अन्य कुनै काममा सादा पोशाकमा प्रहरी नखटिने दावी समेत गर्नु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.