logo

माफियाहरु मुलुक बेच्न तयार छनः सासद यादव

      2/13/2020 गते 00 00 मा प्रकाशित     871   पटक पढिएको

वीरगंज १ फाल्गुण । संचार माध्यम नभए माफियाहरुले मुलुक बेच्ने अवस्था रहेको संघीय सासद प्रदीप यादवले बताउनु भएको छ । वीरगंज न्यूज २४ दैनिकको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यादवले यस्तो बताउनु भएको हो ।

सांसद यादवले वाइडबडी, यती, एनसेल, ललिता निवास लगायतका काण्ड पत्रकारले नै बाहिर ल्याएको वताउदै पत्रकारिता नभए देश बेच्न पनि माफियाहरुले बेर नलाउने स्पष्ट पार्नु भयो । पत्रकारले ललिता निवास काण्ड उजागर गरेका कारण अख्तियारले एक सय ७५ जना माथी मुद्दा दर्ता गरेको समेत बताउनु भयो  । उहाँले अख्तियारले ठुलो माछो समातेन भन्ने थियो अहिले निकै ठुलो माछो सामातिएको छ यो भन्दा पनि ठुला माछा समातिने उहाँले बिश्वास ब्यक्त गर्नु भयो । 

पुर्व उपप्रधान मन्त्री सहितका एक सय ७५ जना माथी मुद्दा दर्ता भएकोले पनि ठुलो माछो पनि समातिने तथ्य स्थापित भएको उहाँले बताउनु भयो । 


सांसद यादवले  पत्रकार नभए कुनै पनि आन्दोलन सफल नहुने वताउनु भयो । उहाँले मधेश आन्दोलन सहित अन्य आनदोलनमा पनि पत्रकारहरुको भूमिका मत्वपूर्ण रहेको चर्चा गर्दै पत्रकारहरुको योगदानलाई सलाम गर्छु भन्नु भयो । 

उहाँले संघीय समाजवादी फोरम बाट निर्वाचित भएपनि  आफू जनताको सांसद भएकोले हरपल पत्रकारलाई सहयोग गर्न तयार रहेको बताउनु भयो । 

उहाँले पत्रिकाको लोक कल्याणकारी विज्ञापनको भुक्तानिको लागि जनकपुर जानु पर्ने बाध्यताको गुनोसोको सन्दर्भमा वोल्दै यादवले जिल्ला हुलाका कार्यालय पर्साबाट नै भुक्तानीको व्यस्था मिलाउन पहल गर्न र सांसदमा समेत आवाज उठाउने समेत आश्वासन दिनु भयो  ।

पत्रिकाका प्रकाशक अखलेश कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले पत्रकारिताले जनताको भावनालाई प्रतिनिधित्व गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले संचार क्षेत्रले पस्कने कन्टेन्ट समाजकालागि हुनु पर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा, समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमद,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने  भिजिट मधेशका राष्ट्रिय संयोजक समेत रहेका राजपाका वीरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फ,नेपाल पत्रकार महासंघ , पर्सा अध्यक्ष श्याम बंजारा,  प्रेस संगठन नेपालका केन्द्रिय सदस्य वृजलाल पासवान, राघव साह, इजाका अध्यक्ष बिजय कुशवाहा गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, प्रेस युनियन पर्साका उपाध्यक्ष शेखर छतकुली लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

वीरगंज स्थित रोयल पार्टी प्यालेसमा भएको कार्यक्रमको संचालन संचारकर्मी उजवल घिमिरेलेगर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.