logo

१९ वर्षिय महिला माथि काठमाण्डौ देखी बीरगंज सम्म पटक पटक बलात्कार, दुई पक्राउ अन्यको खोजी हुदै

अमानवीय अपराधको निकृष्ट श्रृखंला, एक बलात्कारीद्वारा पीडित महिला अर्को बलात्कारीलाई हस्तान्तरण

 इसीमाना सम्वाददाता     २०७८ असार ३१ गते ०८: ३४ मा प्रकाशित     960   पटक पढिएको


१९ वर्षिय महिलालाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले महानगरपालिका वडा नं।२१ बस्ने २७ वर्षिय सुनील महतो र पोखरिया न.पा. वडा नं.६ बस्ने  २५ वर्षिय शिवबालक महतोलाई ०७७ असार ३० गते गिरफतार गरेको छ । 

असार २७ गते बिहान रुकुम जिल्ला घर भएकी १९ वर्षिय महिला २ वर्षिय छोरा सहित बुटवल जानकोलागि कलङ्की चोकनिर सार्वजनीक सवारी साधनको प्रतिक्षा गर्दै थिइन ।

 

सोही बखत  ना.५.ख.२८७० नम्बरको ट्रक चालक   सुनील महतोले  नारायणगढसम्म पुर्‍याइदिन्छु भनी उनलाई ट्रकमा चढाए । पहिरोका कारण चितवनमा बाटोमा जाम थियो ।

 

जाममा गाडी रोकिएको अवस्थामा महतोले  ट्रकको क्याबिनभित्र सीटमा जबरजस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन । असार २८ गते जाम खुलेपछि महतोले  युवतीलाई चितवनको रामनगरसम्म ल्याई दिउसो १ बजे  शिवबालक महतोले चलाएको ना.६ख.३३६९ नं. को ट्रक रोकी उक्त ट्रकमा चढाइदिए ।

 

ट्रक बुटवल जाने भन्दै आफूलाई ट्रकमा चढाएको ति युवतीले बताइन । महतोले ट्रकमा उनलाई बीरगञ्जतर्फ ल्याएको र बीरगञ्ज ल्याउने क्रममा  पथलैया अमलेखगंज सडक खण्डको जङ्गल एरियामा पुगेपछि राजमार्ग छेउमा ट्रक रोकी पटकपटक करणी गरिएको पीडित महिलाले बताइन ।

 

असार गते बिहान ८ बजे महतोले   सोही ट्रकका सहचालक सोही ठाउका २७ वर्षिय  इन्दल चौहानलाई गाडी चलाई ड्राइपोर्टसम्म पुर्‍याउन भनेकोमा निज सहचालक इन्दल चौहाननाको ४०  वर्षिय ब्यक्तिले   पीडितलाई ड्राइपोर्ट परवानीपुर सडकखण्डको बिचतिर गाडी रोकी पालैपालो जबर्जस्ती करणी गरी ड्राइपोर्टमा ल्याई अलपत्र अवस्था छोडी हिँडेका थिए । 

 

दिउसो ५ बजेको समयमा र्सिसिया प्रहरी चौकीबाट निस्किएको गस्ती टोलीले ति महिलालाई फेला पारी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताउनु भयो ।

 

 प्रहरीले पीडित महिलाको नालीबेली ससनीसकेपछि  घटनामा संलग्न सुनील महतो र शिवबालक महतोलाई उनीहरुले  चलाएको दुइटा ट्रसहित गिरफतार गरेको छ ।

 

पीडित महिलाले असार ३० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । महिलाको स्वास्थ्य परिक्षण आसार ३१ गते बीरगंजको नारायणी अस्पतालमा भएको छ ।

 

प्रतिवादीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थमाई जिल्ला प्रहरी कार्यालय पर्साको न्यायीक हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिनु भयो ।  २ घट्नामा सलंग्न अन्य २ जना व्यक्तिहरुको खोजतलाश भइरहेको उहाँले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.