logo

बीरगंजमा पत्रकारको दक्षता अभिबृद्धिकालागि तालिम तथा तीन दिने फोटो प्रर्दशनी हुने

      1/25/2020 गते 00 00 मा प्रकाशित     1011   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश नं २ र नेपाल फोटो पत्रकार महासंघको संयुक्त आयोजनामा बीरगंजमा फोटो पत्रकारहरुकालागि आधारभूत तालिम र  तीन दिने फोटो प्रर्दशनी हुने भएको छ ।

आउदो फागुन १६,१७ र १८ गते बीरगंजमा प्रदेशस्तरीय अधारभुत फोटो पत्रकारिता तालिम र फोटो प्रर्दशनी हुने नेपाल पत्रकार महासंघ केन्द्रीय प्रशिक्षण बिभागका प्रमुख कृष्ण गिरीले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय समितिले साझेदारीमा फोटो पत्रकारहरुको बृतिबिकासमा काम गर्न सहमती जनाएका छन ।

नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रमा त्यस कामको जिम्मेवारी केन्द्रीय प्रशिक्षण बिभागलाई दिइएको छ । बिभागले तालिमका बिषयमा समन्वय गर्ने गर्दछ । र प्रदेश र जिल्ला स्तरमा संयाुक्ता आयोजनामा कार्यक्रमहरु संचालन हुने गरेको छ । 


फागुनमा हुने तालिम तथा फोटो प्रर्दशननी कार्यक्रमको स्थानीय ब्यवस्थापको जिम्मेवारी भने नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखालाई दिइएको छ ।  शाखा स्थानीय ब्यवस्थापलाई लिएर आज शाखाको बैठक सम्पन्न गरेको छ । शाखा अध्यक्ष बिजय चौहानको अध्यक्षतामा भएको बैठकले नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको बीरगंजमा आयोजना हुने तालिम तथा प्रर्दशनीको भब्य ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।

 तालिममा प्रदेश नं २ ८ वटै जिल्लाका क्रियाशिल फोटो पत्रकार ३० जनाको सहभागिता रहने जनाइएको छ । प्रर्दशनीमा प्रदेश नं २ को कला संस्कृति,परम्परा जनजीवन ऐतिहासिकता झल्काउने खालका ६० भन्दा बढी फोटोको प्रर्दशनी गरिने नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिनु भयो ।

 

आठबटै जिल्लाका फोटो पत्रकारहरुले प्रर्दशनीमा आफनो फोटो राख्न पाउने छन  ।  नेपाल फोटो पत्रकार महासंघले छनौट गरेका फोटो मात्र प्रर्दशनीमा समावेश हुने छ । पत्रकारिता तालिममा पाँच जना प्रशिक्षकले सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिने छन । तालिम बाट प्रदेश नं २ का कम्तिमा ६ जना फोटो पत्रकारिता सिकाउन सक्ने प्रशिक्षकको उत्पादन हुने अपेक्षा लिइएको छ ।

 

फोटो बिनाको समाचार खल्लो हुने र समाचारको सत्यताकोलागि फोटोको महत्व अत्यधिक हुदै गएकोले गुणात्मक फोटो आवश्यक रहेकोले फोटो पत्रकारिता तालिमको आयोजना गर्न लागिएको नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले बताउनु भयो ।

बैठकमा नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी नेपाल पत्रकार महसांघका केन्द्रीय प्रशिक्षण बिभाग प्रमुख कृष्ण गिरि नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछाने, पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, सचिव युवराज खडका,   लगायतको उपस्थिति रहेकोे फोटो पत्रकार महासंघ पर्साका सचिव तिवारी यादवले वताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.