logo

संघीय साँसद यादवको प्रश्न ५० लाख कहिले दिने ?

      1/19/2020 गते 00 00 मा प्रकाशित     945   पटक पढिएको

बीरगंज ५ माघ । पर्साको क्षेत्र नं १ बाट संघीय संसदमा निर्वाचित साँसद प्रदीप यादवले मधेश आन्दोलनका शहीदहरुलाई पूर्व घोषणा अनुसार ५० लाख रुपैया दिन माँग गर्नु भएको छ ।

 

बीरगंजको नगरसभा गृहमा प्रदेश २ को सरकारले आयोजना गरेको माध्श आन्दोलनको १४ औ वर्ष तथा बलिदानी दिवशलाई सम्बोधन गर्दै उहाँले यस्तो माँग गर्नु भएको हो ।

 

नेपालको समिबधा ०७२ प्रति बिमती राखेर  सिमाकंन परिर्वतनकालागि गरिएको आन्दोलनमा सहभागी हुदा शहीद हुनेहरुलाई ५० लाख रुपैया दिने भन्दै तत्कालीन मधेशी मोर्चाले आम अपिल गरेको थियो ।

 

मोर्चाको तर्फबाट ०७२ भाद्र २ गते जारी बिज्ञप्तिमा ५० लाख रुपैया दिइने निर्णय सार्वजनीक गरेको थियो । ५० लाख दिने कुरालाई ब्याख्या गर्दै नेताहरुले प्रदेश सरकार बनेपछि ५० लाख रुपैया दिइने बताउने गरेका थिए ।

 

त्यही कुरा स्मरण गर्दै साँसद यादवले ५० लाख कहिले दिने भन्दै प्रदेश सरकारलाई प्रश्न गरे ।

 

आज प्रदेशमा सरकार छ आज नदिए कहिले दिने भन्दै ५० लाख रुपैया ततकाल दिन घोषणा गर्न उहाँले माँग गर्नु भयो ।

 

उहाँले मधेश आन्दोलनका क्रममा शहीद भएका १ सय १७ जनाको परिवारकालागि एउटा एउटा घर बनाई दिन समेत प्रदेश सरकारसंग माँग गर्नु भयो । सासद यादवले मधेश आन्दोलनका घाइतेलाई जीवनबृतिको ब्यवस्था मिलाउन माँग गर्दै उनीहरुलाई मासिक भत्ताको ब्यवस्था गर्न माँग गर्नु भयो ।

 

उहाँले प्रदेशका मुख्यमंत्रीलाई सम्बोधन गर्दै पर्साको तिलावे पुलमा शहीद पार्क बनाउनकालागि शिलान्यास गरियो तर शहीद पार्क कहिले बन्ने हो भन्दै प्रश्न गर्नु भयो ।उहाँले प्रदेश सत्ता आफनो हातमा भएको बेला शहीदलाई माला मात्र लगाउने होइन काम गरेर देखाउनु पर्ने जोड दिनु भयो ।

 

उहाँले समाजवादी पार्टी र राजपा वीचमा आएको बेमेल नैरश्यता आएको चर्चा गर्दै ओलीको झोलीमा नपर्न नेताहरुलाई सुझाव दिनु भयो । उहाँले राजपा सपा गठबन्धन नेताहरुले भन्दा पनि मधेशका १ सय १७ शहीदले बनाएको चर्चा गर्दै कांग्रेस कम्युनिष्टको दलाली गरेर गठबन्धन तोडने प्रयास गर्ने नेतालाई मधेशका जनताले नछोडने चेतावनी पनि दिनु भयो ।

 

सासँद यादवले भन्नु भयो जुन नेताका कारण गठबन्धन तोडिन्छ त्यसको घर घेरिन्छ । सासद यादवले जनताको वीचमा बसेर आन्दोलन गरेकोे स्मरण गर्दै आन्दोलनको गतीकालागि शहीद भएकाहरुको सम्मानमा शहीद गेटहरुको निर्माण गर्ने उद्धघोष गर्नु भयो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.