logo

बीरगंजमा माघीको रौनक,थारु परम्परा र संस्कृतिको बेजोड प्रस्तुती,अधिकार प्राप्तिको लडाई जारी रहेको उद्धघोष

      1/15/2020 गते 00 00 मा प्रकाशित     1166   पटक पढिएको

बीरगंज  १ माघ । माघे संक्रान्ति नेपालका थारु र मगर समुदायको प्रमुख चाड । थारुहरुले यो पर्वलाई खिचडी भन्छन ।

माघे संक्रान्ति थारु समुदायकोलागि नयाँ वर्षको रुपमा महत्व राख्ने पर्व पनि हो । यस पटक थारु समुदायले आफनो सम्वत २६४४ भब्य रुपमा मनाएका छन ।

देशभरी उत्साह उल्लास र उमंगका साथ माघी मनाइएको छ । मध्य तराईको वारा पर्सा रौतहट पनि माघीमय भयो । पर्साको बीरगंज ,सेढवा र सखुवा प्रसौनीमा माघी महोत्सवको आयोजना गरियो । त्यस्तै बाराको छाता पिपरामा पनि भब्य कार्यक्रमको आयोजना गरियोको छ ।

 

रौतहटको बिभिन्न स्थानमा माघीको अवसरमा बिभिन्न कार्याक्रमको आयोजना भएको छ । बीरगंजमा पनि माघी मुल समारोह समितिको आयोजनामा भब्य कार्यक्रम सम्पन्न भएको छ । 


मुल समारोह समितिका अध्यक्ष लायन बिजया ओझैयाको अध्यक्षतामा भएको कार्यक्रममा थारु संगीत र संस्कृतिको बेजोड प्रस्तुती रहेको थियो । पर्सागढी नगरपालिका वडा नं ३ बिरुवगुठीको आमा समुहले झम्टा नाच प्रस्तुत गरेका थिए ।

 

बीरगंज पाठशाला,साउथ जोन एकेडेमीका छात्र छात्राहरुले थारु गीतमा उतकृष्ट नृत्य प्रस्ुतत गरेका थिए । थारु गीत संगीतले माहोललाई निकै मानोरन्जनात्मक बनाएको थियो ।

पर्सा जिल्लामा माघीलाई महोत्सवको रुपमा मनाउन थालिएको करिब एक दशक हुन थालेको छ । थारु समुदायले माघीलाई महोत्सवको रुपमा मनाउन थालेपछि माघीको महत्व बढेको छ ।

 

महोत्सवमा के थारु के गैर थारु सबैको उल्लेख्य सहभागिता रहने गरेको छ । महोत्सवमा थारु परिकार झनै आर्कषकको केन्द्र बन्ने गर्दछ । घोंघी,माछा,परेवा,हाँसका बिभिन्न परिकारहरु माघी महोत्सवको अर्को महत्वपूर्ण पक्ष हो । महोत्सव स्थलमा राखिएको परिकार एकैछिनमा सकिने गरेको छ ।

 

घोघीको सबैभन्दा बढी खपत हुन्छ । हरेक वर्ष घोघीको आपूर्ती कम हुन्छ यस वर्ष पनि घोंघी आवश्यकता अनुसारको ब्यवस्थापन गर्न नसएिको माघी मुल समारोह समितिका सदस्य राजेन्द्र चौधरीले बताउनु भयो । जता जतै अर्डर त गरियो तर त्यसले पुगेन उहाँले भन्नु भयो घोंघीको आपूर्ती मिलाउन हम्मे हम्मे नै पर्ने भयो ।

 

थारु समुदायले माघी महोत्सवको आयोजना गरेर आफनो पर्व मनाउने उल्लास र उमंगमा रमाउने मात्र गर्दैन । संग संगै आफनो सामाजिक दायित्वलाई समेत ख्याल राखेको हुन्छ ।

 

माघी महोत्सव स्थल स्वीमिङपुलमा गत वर्ष झै यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरियो । रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको आयोजनकले बताएका छन ।

 

थारुको नयाँ वर्षको अवसर पारेर आयोजना गरिने महोत्सवमा समाजमा बिभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिनु अर्को बिशोता रहेका रहेको छ । यस वर्ष अनुप दिपनी मावि कोल्हवी  बाराको बिद्यालय निर्माणकालागि जग्गादान गर्ने परिवारका सदस्य बिपिन बिहारी चौधरीलाई कार्यक्रमको प्रमुख अतिथि बनाएर सम्मान गर्ने काम भयो ।

 

यस्ता कार्यक्रममा सामाजिक ओहदामा पुगेका ठुला मान्छेहरुलाई प्रमुख अतिथि बनाउने प्रचलनको बिकल्पमा यस्तो परम्पराको शुरुवात गरिएको अर्का आयोजक सदस्य नन्द किशोर पंजियारले बताउनु भयो ।

 

महोत्सवमा यस पटक आयोजकले बाराको डुमरवाना माध्यामिक बिद्यालयलाई १७ कठ्ठा जग्गा दान दिने परिवारका सदस्य बिश्वनाथ चौधरी,११ कठ्ठा जग्गा दान दिने परिवारका कृष्ण चौधरी ,४ कठ्ठा जग्गा दान दिने परिवारका सदस्य रुपलाल चौधरी,१० कठ्ठा जग्गा दान दिने परिवारका सदस्य फूलेना चौधरी,५ कठ्ठा जग्गा दान दिने परिवारका सदस्य श्याम सुन्दर चौधरी ,फत्तेपुरको नेपाल राष्ट्रि माध्यामिक बिदालयमा १२ कठ्ठा जग्गा दान  दिने परिवारका सदस्य लालबाबु चौधरी पर्सा बाराका बिभिन्न शिक्षण संस्थाको निर्माण र संचालनकालागि जग्गा दान दिने १५ दानवीर  परिवारका सदस्यहरुलाई कार्यक्रममा दोसल्ला ओढाई सम्मान प्रत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

सामाजिक बिकासमा गरिएको योगदानको कदर स्वरुप भब्य समारोहमा सम्मानीत हुने अवसर पाएकोमा दाता परिवारका सदस्य बिश्वनाथ चौधरीले खुशी ब्यक्त गर्नु भएको थियो । 

 


आफनो छुुट्टै भाषा,संस्कृति रिती थिति भएको थारु समुदाय शान्तिप्रिय समुदाय हो । नेपालको एकिकरण अभियानमा समेत सामेल यो समुदाय प्रकृतिको पुजक हुन ।

 

माघीको अवसर पारेर थारुले आफनो परम्परा मूल्य मान्यताको संरक्षणको अपिल गर्छन । नयाँ समाजको बिकासक्रमलाई अंगिकार गर्ने पहल गर्छन । माघी महोत्सवको अवसर पारेर बीरगंजमा थारु समुदायले यही संकल्प गरे  अनि आफनो अधिकार प्राप्तिको आन्दोलनमा अविचलित रुपमा लागिरहने प्रण गरे ।


कार्यक्रममा  प्रदेश सभाका सदस्य शंकर महतो थारु,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने,नेकपा बीरगंज महानगरका अध्यक्ष रहवर अन्सारी प्राध्यापक राजेन्द्र चौधरी ,,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रेस संगठन नेपाल पर्साका अध्यक्ष निरज पिठाकोटे,मेलमिलाप थारु परिवारका अध्यक्ष मनोज चौधरी,नगवा टोलका सुखल चौधरी,प्रकाश फाउण्डेशनका संयोजक प्रकाश थारु,थारु शिक्षक समिति पर्साका बिन्दा दास थारु,पटेर्वा सुगौली गाउपालिकाको उपाध्यक्ष ममता महतो थारु, अधिवक्ता अभय दास लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन दीपेन्द्र चौधरी र पूनम चौधरीले गरेका थिए ।


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.