logo

नियामक निकायकै चेपुवामा व्यवसायी

      1/7/2020 गते 00 00 मा प्रकाशित     1164   पटक पढिएको

वीरगन्जका सुमन क्यालले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा शौरभ क्यालको नाममा सुरभी इन्टरनेशन नामको फर्म दर्ता गरेर २०७२ सालदेखि आहारपूरक(डाइटरी सप्लिमेण्ट) खाद्यपदार्थ आयातको कारोबार गर्दै आएका थिए । उनले भारतको अलकेम लेवोरोटोरिज लिमिटेड इण्डियाले मार्केटिङ गरेको तीन प्रकारको आहारपूरक खाद्य पदार्थ अल्टीकेम प्लस क्याप्सुल, लाईकोलाईफ क्याप्सुल र लाईकोलाईफ सिरप नेपालमा आयात गरेका थिए ।


तर, २०७६ असार ३१ गते औषधि व्यावस्था विभाग वीरगन्जको कार्यालयले उनले आयात गरेको आहारपूरक खाद्यपदार्थहरूशिलबन्दी गर्नुपर्ने बेहोराको पत्र सहित आएर गोदाम शिलबन्दी गरिदियो । गोदाम शिलबन्दी गरेपछि उन गर्दै आएको व्यवसायमा नै धक्का लाग्यो । नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट पाएको अनुमति अनुसार र तोकिएको मापदण्डअनुसार नै आहारपूरक खाद्य पदार्थ आयातको कारोबार गर्दा समेत अर्को नियामक निकाय औषधि व्यावस्था विभागले आएर गोदाम शिलबन्दी गरेपछि उनी तनावमा छन् ।

 

  • औषधि व्यवस्था विभागले आहारपूरक खाद्य पदार्थ औषधिको रुपमा विक्री वितरण गरेको भन्दै शिलबन्दी गर्न पत्राचार गरेपछि औषधि व्यावस्था कार्यालय वीरगन्जले सुरभी इन्टरनेशनलको गोदाममा शिलबन्दी गरेको हो । तर, सुरभी इन्टरनेशलका संचालक सुमन क्याल भने आहारपूरक खाद्य पदार्थहरू खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्ड अनुसार नै विक्री वितरण गरेको भन्दै आफ्नो गोदाममा लगाएको तालाबन्दी गलत भएको दावी गरेका छन् ।सुरभी इन्टरनेशनले भने आहारपूरक खाद्य पदार्थ भनेर आयात गरि औषधिको रुपमा विक्री गरेको भन्ने औषधि व्यावस्था विभागको कुरा आधारहिन भएको बताएको छ ।



औषधि ऐन २०४९ को बुँदा नम्बर ९ मा उल्लेख गरिए अनुसार एकभन्दा बढी तत्व समावेश, भिटामिन वा टनिक किसिमका औषधिको थेराप्यटिक मात्रका (अनुसूची १ बमोजिम भएका) समिश्रण तथा थेराप्युटिक मात्राका (अनुसूची १) भिटामिन बी कम्प्लेक्ससँग इन्जाञ्इम र वा एमिनोएसिड वा प्रोटिन वा खनिज पदार्थ समावेश भएका भिटामिन वा टनिक औषधि, थेराप्युटिक मात्राका अनुसूची १ भिटामिन र अन्य औषधिको औषधिस्तर नियमावली २०४३ को नियम ५ को अनुसूची १ बमोजिम मान्यता प्राप्त फरमा कोपयामा समावेश समिश्रण अनुसारको औषधि विक्री वितरणमा रोक लगाएको छ ।


सोही आधारमा औषधि व्यवस्था विभागले सुरभी इन्टरनेसनलको गोदाममा शिलबन्दी गरेको हो । तर, आहारपूरक खाद्य पदार्थको नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कायम भएको अन्तराष्ट्रिय मापदण्ड अनुसारको आहारपूरक खाद्य पदार्थहरू आयात गर्न पाउने गरि अनुमति दिएको र औषधिको मात्रामा पनि उक्त खाद्य पदार्थ नभएको जनाएको छ ।


भिटामिनसम्बन्धी व्यवस्था अनुसार खाद्य ऐनको अधिनमा रही खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आन्तराष्ट्रिय मान्यता अनुरुप भारतको खाद्य पदार्थ सम्बन्धि नियामक निकाय, फुड सेफ्टी स्ट्याण्डर्ड अथोरिटी अफ इण्डिया (एफएसएसएआई)ले समेत मान्य गरि दैनिक जीवनमा खाद्य पदार्थको स्वच्छता एवं उचित स्तर कायम राख्न आहारपूरक खाद्य पदार्थको नियमन गरेको छ । आहारपूरक खाद्य पदार्थ भन्नाले ट्याब्लेट, क्याप्सुल, झोल, पाउडरको रुपमा मल्टिभिटामिन र मल्टिमिनरल मिश्रित सबै खाद्य वस्तुहरू पर्छन् भनेर उल्लेख गरेको छ ।


खाद्य पदार्थको रुपमा भिटामिनको मात्रा समेत विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन, इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले तोकेको मापदण्डमा नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्तर कायम गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्डमा रहेर कारोबार गरेको सुरभी इन्टरनेशनललाई अहिले औषधि व्यवस्था विभागले भने औषधि विक्री वितरण गरेको भन्दै गोदाम शिलबन्दी गरेको छ ।

आपूmले कारोबार गर्न लिएको अनुमति र कारोबार गरेको व्यहोरा सहितको विवरण पेश गरेर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री समेतलाई लिखित बुझाएको भएपनि समस्या समाधान नभएपछि उनले कानुनी उपचारको बाटो रोज्न बाध्य भएका छन् । उनको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको स्वच्छता एवं उचित स्तर कायम राख्न वान्छनीय भएकोले खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ २०७२ चैत ३० गतेदेखि नै लागू भईसकेको छ । आहारपूरक खाद्य पदार्थ विभागमा दर्ता स्वीकृत भई उत्पादन, आयात एवं विक्री वितरण गर्न पाईने स्पष्ट उल्लेख गरेको छ ।

यस्ता आहारपूरक खाद्य पदार्थहरू औषधि नभई रिकमेण्डेट डाइटरी एलाउवेन्स (आरडिए) को मात्राको आधारमा उपभोग गर्ने प्रचलन रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट नै निमयन भईरहेको र उच्च अदालत पाटनले पनि २०७४ फागुन १६ गते डाईटरी सप्लिमेन्टलाई प्रतिबन्धित औषधी र गैरकानुनी भनेर रोक नलगाउन आदेश पनि गरि सकेको अवस्था रहेको छ ।


औषधि व्यावस्था विभागले आहारपूरक खाद्य पदार्थलाई प्रतिबन्धित औषधि भनेर चिकित्सकहरूबाट सिफारिस गर्न नहुने सूचना जारी गरेपछि नेपाल चिकित्सक संघले समेत यसको अधिकार सरोकारवाला निकाय बाहेक अन्य कुनै निकायलाई अधिकार नरहेको भन्दै विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको छ ।यसरी एउटा विभागले परिभाषित गरेको कारोबारको लागि दिएको अनुमति अनुसार व्यावसाय गर्दा अर्को विभागले शिलबन्दी गरिदिँदा व्यावसायीहरूमा मानसिक तनाव मात्रै होईन आर्थिक क्षति पनि बेहोर्नु परेको सुमन क्याल बताउछन् ।


एउटा विभागले अनुमति दिने र अर्को विभागले रोक लगाउने हो भने उद्योगी व्यवसायीहरूले व्यावसाय गर्ने वातावरण नै नरहने उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।उनले भने, “अन्तरमन्त्रालयको विभागबीच आन्तरिक समन्वय नहुँदा व्यवासायीहरूले विभिन्न किसिमका समस्या झेल्नुपरेको छ । शिलबन्दी गरेर गोदाममा सामान राख्नु परेको छ । यसको आर्थिक क्षतिपूर्ति कस्ले दिने ?” यो एक पटकको मात्रै समस्या होईन पटक पटक व्यवसायीहरूले यस्तै समस्या झेल्नु परिरहेको उनीहरूको गुनासो छ ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.